पछिल्लो एक दशकमा शहरी क्षेत्रको शिक्षामा केटीहरूको पहुँचमा बढोत्तरी भएको छ तर पनि केटाहरूको अनुपातमा सङ्ख्या निकै कम छ । ग्रामीण भेगको शिक्षामा शहरको तुलनामा केटीहरूको सङ्ख्या निकै कम देखिएको छ । उच्च र मध्यम समाजमा केटीहरूको स्वतन्त्रतामा परिवर्तन देखा परेको छ तर व्यवहारमा आज पनि उनीहरूसँग घरको कैदीजस्तै व्यवहार गरिन्छ । आज पनि तीमध्ये धेरैलाई दुईवटा जिम्मेवारी उठाउनु परिरहेको छ । पहिलो घरको र दोस्रो कामको । शिक्ष्Fामा धेरै राम्रो परिणाम हासिल गरे तापनि गणित र विज्ञानजस्ता तथाकथित अमूर्त विषयमा उनीहरू माथि शङ्का गरिन्छ । यसबाहेक उच्च पदमा पनि महिलाहरूको सङ्ख्या न्यून नै रहेको छ । यससँगै धेरै यस्ता वर्ग पनि छन् जहाँ महिलाहरूको भूमिका अत्यन्त जटिल रहेको छ तर के भन्न सकिन्छ भने प्राप्त अवसरले गर्दा उनीहरूको स्थितिमा केही सुधार भएको छ र उनीहरूका लागि सम्भावनाको बाटो खुल्न थालेको छ ।
केटा र केटीबीचको असमानताको जरो सामाजिक व्यवस्थाको सोचमा निहित छ । केटीहरूको समूह समान हैसियत भएको समूह पनि हैन । यसमा पनि धेरै श्रेणी छन् । उदाहरणका लागि पिछडिएका जाति, दलित, आदिवासी, जनजाति, गरीबीको रेखामुनि जीवनयापन गर्ने समुदाय आदि । यी श्रेणीहरूबीच कस्ता प्रकारका असमानता र द्वन्द्व छन् त्यो पनि बुझ्नु आवश्यक छ । यसबाहेक गाउँ र शहरबीच पनि अन्तर छ । अर्को महŒवपूर्ण पक्ष के हो भने आमाबुवा वा सरकार किन केटीहरूलाई शिक्षा दिन खोज्छ ? केटीहरू किन पढ्न खोज्छन् ? केटीहरूले पढाइसँंग के अपेक्षा राखेका छन् वा उनीहरूले के–के सपना देखेका छन् जस्ता कुरा कहिल्यै पनि उनीहरूसँग सोधिंदैन । केही केटीसँग यस सम्बन्धमा जिज्ञासा राख्दा उनीहरूले डाक्टर, इन्जिनीयर र शिक्षक बन्ने कुरा गरे तर कसैले पनि घरपरिवार राम्ररी चलाउन वा सन्तान पढाउनका लागि पढ्न चाहन्छन् भनेनन् । यो कुरा बुझ्नु अति आवश्यक छ ।
बालिका शिक्षामा कमीको एउटा कारण विद्यालयमा पर्याप्त शौचालयको अभाव हुनु पनि हो । सुदूर ग्रामीण भेगका विद्यालयहरूमा पर्खालको अभाव हुनाले विद्यालय मैदानलाई बाटो बनाएर अन्य मानिसको आवतजावत भइरहन्छ र यस्तोमा राम्रो शौचालयको प्रबन्ध नहुँदा पनि उनीहरूको पढाइ बाधित हुने गरेको छ । दोस्रो कारण घर र विद्यालयबीचको दूरी पनि हो । शहरी क्षेत्रमा जहाँ टोलैपिच्छे विद्यालय छ, त्यहीं गाउँमा विद्यालय र घरबीचको दूरी धेरै भएकोले पनि छात्राहरूको पढाइमा अप्ठ्यारो देखा परेको छ । जुन गाउँमा माध्यमिक वा निम्न माध्यमिक विद्यालय छैन, त्यहाँका छात्राहरूले लामो दूरीकै कारण बीचमैं पढाइ छोड्ने गरेको तथ्यले देखाएको छ । छात्राहरूको पढाइमा अर्को बाधा उनीहरू अनुत्तीर्ण हुनु पनि हो । यस सवालमा गाउँका धेरै अभिभावक भन्छन्–थोरै पढेका छन् भने बिहे गर्न सजिलो हुन्छ । छोरीहरू जबसम्म उत्तीर्ण भइरहन्छन् तबसम्म पढाउने हो । अनुत्तीर्ण भएपछि बिहे गरिदिने हो । अभिभावकहरूमा पनि छात्रा शिक्षाप्रति दृढताको कमी र अनुत्तीर्ण भएपछि अगाडि नपढाउने अलिखित नियम र बिहेको दबाब पनि छात्रा शिक्षाको एउटा प्रमुख बाधक देखिएको छ ।
यी सबका बावजूद धेरै अभिभावकको चाहना केटीहरूलाई बसमा भए पनि विद्यालय पठाउने रहेको छ । तर यस्ता अभिभावकहरूको सङ्ख्या न्यून छ । केटीहरूसँग यस सन्दर्भमा छलफल गर्दा उनीहरूले दुःखको एउटा कुरा के बताए भने बस, साइकल वा पैदल विद्यालय जाँदा पनि उनीहरूलाई हतोत्साहित गर्ने खालका टिप्पणीहरू बाटोमा सुन्न पाइन्छ । यस कारण सुरक्षा पनि एउटा महŒवपूर्ण मुद्दा बन्न पुगेको छ । यहाँ समाजद्वारा केटीहरूका लागि बनाइएको अवधारणाको कुनै औचित्य नरहेको पुष्टि हुन्छ । कसैले सिटी बजायो, कसैले उनीहरूलाई बाटोमा जिस्कायो, कसैले उनीहरूलाई छोयो भन्नासाथ के केटीहरूलाई घरमा बसाइदिने ? गल्ती केटाहरू गर्छन् र पढाइ भने केटीहरूको बाधित हुने ? मैले केही केटीहरूलाई सोधें के यो कुरा उनीहरूले घरमा बताउँछन् ? उनीहरूको जवाफ थियो आमालाई त भन्छौं तर अन्य सदस्यलाई पढाइ छुट्ने डरले भन्दैनौं । यहाँ प्रश्न के उठ्छ भने के हाम्रो समाजमा यस्ता कुराहरूको समाधान पढाइ छुट्टयाउनु मात्र हो ?
अर्कोतर्पm निम्न वर्गका आमाहरूले केटीहरूलाई पढाइका साथै घरमा पनि काम गर्ने, जस्तै– साना केटाकेटीहरूको हेरचाह, बीडी बनाउने, खाना बनाउने, सिलाइबुनाइ गर्ने जसबाट घरको गुजारा चल्ने जस्ता काम गर्न दबाब दिन्छन् । आमाहरूको मान्यता छ केटीहरूले जीवन धान्न घरको कामले सघाउँछ, पढाइले हैन । यस कारण केटीहरू यस्ता धेरै कठिनाईहरूमाथि चर्चा नै गर्दैनन् । यस प्रकारको परिस्थितिले गर्दा पनि केटीहरूको पढाइ उनीहरूको वशमा छैन भन्ने कुरा सोच्न थाल्छन् । विद्यालयमा अधिकांश शिक्षक पुरुष हुने भएकाले पनि यस्ता कुरामाथि गम्भीरतापूर्वक विचार गरिंदैन ।
एकातिर राज्यको तर्पmबाट निश्शुल्क किताब र युनिफर्म दिने घोषणा गरिएको छ भने स्थानीय तहले शिक्षा निश्शुल्क गरेको छ तर विद्यालय व्यवस्थापनमा खर्च हुने रकम, जस्तै–मरम्मत सम्भार, चक र डस्टरको प्रबन्ध, खानेपानी, विद्युत् आदिको व्यवस्थापनका लागि चाहिने रकम समयमा नदिने गरेको हुनाले विद्यालयहरूमा समस्या देखा परेको छ र सम्बन्धित निकाय यसतर्पm मौन छ । अर्कोतिर जागरुकताको कमीले गर्दा दलित र आदिवासी समुदायका छात्राहरूलाई शिक्षाबाट वञ्चित हुन परिरहेको छ । त्यहीं सरकारले के भन्ने गरेको छ भने एउटी केटी यदि शिक्षित हुन्छे भने पूरा परिवार शिक्षित हुन्छ र परिवारलाई सानो राख्नमा पनि मदत हुन्छ । अधिकांश मानिसको के भनाइ छ भने केटीहरू पढेपछि उनीहरूका सन्तान शिक्षित हुन्छन्, सन्तानको हेरचाह सही तरीकाले हुन्छ, सभ्य नागरिकको निर्माण हुन्छ आदि । आमाबुवा भन्छन्, राम्रो ससुराली पाइन्छ, पढेलेखेका केटासँग बिहे हुन्छ, शायद नोकरी गरिरहेको केटा पाइन्छ । अर्थात् पढाउनु पछिको उद्देश्य कुनै न कुनै लाभ प्राप्त गर्नु हो ।
यसबाहेक पनि केटीहरूको उपस्थिति विद्यालयमा न्यून हुनुका कैयौं कारण छन् । तीमध्ये माहवारीको बेला विद्यालयमा उपस्थित नहुनु एउटा महŒवपूर्ण कारण हो । यसले के देखाउँछ भने केटीहरूका लागि चाहिने आधारभूत सुविधाको अभावमा पनि छात्राहरूको उपस्थिति न्यून हुन्छ । यस कारण यदि विद्यालयमा केटीहरूको लागि छात्रावास सुविधा उपलब्ध भयो भने उनीहरू घरको चिन्ताबाट मुक्त भई आप्mना साथीहरूसँग बस्न सक्छन्, खेल्न सक्छन् र पढ्न सक्छन् । यही कारण हो केटीहरू छात्रावासमा आएर धेरै खुशी हुन्छन् र उनीहरूको परिणाम पनि राम्रो हुन्छ । तर आजको छात्रावास भनेको उनीहरूका लागि एउटा जेलबाट अर्को जेलमा आउनुजस्तै हो । तर पनि छात्रावास पितृसत्तात्मक परिवेशबाट केही क्षणका लागि भए पनि मुक्त हुने महŒवपूर्ण माध्यम हुन सक्छ ।
एउटी केटी जो बाख्री चराउन जान्छे, दाउरा लिएर घर फर्किन्छे र आमासँगै खाना पकाउँछे । एउटी केटी जो पढ्न जान्छे र बेलुका घर फर्केर आमबुवासँग गृहकार्य गरिदिन अनुरोध गर्छे । दाउरा बालेपछि चुल्हो बल्छ भन्ने कुरा केटीलाई थाहा छ तर किताबमा पढेको कुरा कहिले काम लाग्छ यो कुरा नबुझिकनै उनीहरू रट्छन् । दाउरा लिएर आउनु, खाना पकाउनु जुन साँच्चीकै गुहकार्य हो तर होमवर्क होइन, तर विद्यालयबाट प्राप्त पाठ घरेलू काम नभए पनि होमवर्क हो । त्यो दिन कहिले आउला जब किताब साँच्चीकै होमवर्क अर्थात् गृहकार्यसँग जोडिएला । वर्तमान परिवेशमा छात्रा शिक्षा आम हुँदै गएको छ । सामाजिक सोचमा पनि परिवर्तन आएको छ । सम्भावनाको अनेक ढोका बालिकाहरूका लागि खुल्न थालेको छ ।