भेनेजुएलाका विपक्षीद्वारा मदुरोसँग ‘उत्पीडन’ अन्त्य गर्न माग

काराकस, २७ साउन/एएफपी भेनेजुएलाका विपक्षी उम्मेदवारले शनिवार राष्ट्रपति निकोलस मदुरोसँग ‘हिंसा र उत्पीडन’ अन्त्य गर्न आह्वान गरेका छन् । मुलुकको उच्च अदालतले जुलाई २८ को विवादित निर्वाचनमा आगामी फैसलाविरुद्ध पुनरावेदन गर्न नसकिने बताएको केही घण्टापछि विपक्षी उम्मेदवारले उक्त आहवान गरेका हुन् । ठूलो अन्तरले राष्ट्रपति पदमा विजयी भएको दाबी गर्ने एडमन्डो गोन्जालेज उरुटियाले सामाजिक सञ्जालमा […]

पर्सागढीका खोलाबाट अवैध उत्खनन, सरोकारवाला मौन

बलिराम शुक्ला, बिरुवागुठी, २६ साउन/ विन्ध्यवासिनी कोइलाभार साझेदारी वन अन्तर्गतका विभिन्न खोलाबाट दिनहुँजसो गिट्टी, बालुवाको अवैध उत्खनन जारी छ । गत असार १ गतेदेखि खोलाबाट नदीजन्य पदार्थको उत्खननमा रोक छ । भदौ मसान्तसम्मको लागि उत्खनन रोक रहेको बखत अहिले नदीजन्य पदार्थको अवैधरूपमा उत्खनन भइरहँदा सरोकारवाला पालिका, वन र सुरक्षाकर्मीहरू भने मौन छन् । पर्सागढी नगरपालिका […]

महानगरको जीत, सरुवाविरुद्धको रिट खारेज

प्रस, वीरगंज, २६ साउन/ शिक्षक तथा कर्मचारी सरुवाको विषयमा वीरगंज महानगरपालिकाविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा महानगरको पक्षमा फैसला भएको छ । स्थानीय तहमा कार्यरत शिक्षक तथा कर्मचारी सरुवाको अधिकार स्थानीय तहलाई हुने भएकोले सोविरुद्ध सरुवा रोकी पाउँ भनी सर्वाेच्चमा दायर भएको रिट शुक्रवार खारेज भएको हो । गत वैशाखमा महानगरपालिकाले विद्यालय सहायक र विद्यालय सहयोगीहरूको […]

मारवाडी ब्राह्मण समाजको नयाँ कार्यसमिति

प्रस, वीरगंज, २६ साउन/ वीरगंजमा रहेका मारवाडी समुदायमध्ये नेपाली मारवाडी ब्राह्मण समाजको शनिवार साधारणसभा सम्पन्न भएको छ । शनिवार भएको साधारणसभाले सञ्जय शर्माको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ । नयाँ कार्यसमितिमा रविशङ्कर शर्मा उपाध्यक्ष, विकाश शर्मा सचिव, सुनील शर्मा सहसचिव, सञ्जीव शर्मा कोषाध्यक्ष र मदन शर्मा सहकोषाध्यक्षलगायत सदस्यहरू छन् । यस अघि […]

६३ जनामा मोतीबिन्दु फेला दिनेशकुमार मिश्र, वीरगंज, २६ साउन/ पकाहामैनपुर गाउँपालिकाको मानिपुरमा शनिवार निश्शुल्क आँखा शिविर सम्पन्न भएको छ । शिविरमा कट्टिबलुवा, मानिपुर, सुर्जाहा र पकाहालगायतका स्थानबाट १७३ जनाले आँखा चेकजाँच गराएका थिए । आँखा चेकजाँचबाट ६३ जनामा मोतीबिन्दु फेला परेको वीरगंज सामुदायिक आँखा अस्पतालका स्वास्थ्य संयोजक महेशसिंह धामीले बताए । तिलगङ्गा आँखा अस्पतालको व्यवस्थापनमा […]

वडा कार्यालयको उद्घाटन

प्रस, परवानीपुर, २६ साउन/ बारा जिल्ला प्रसौनी गाउँपालिका–४ वडा कार्यालय भवनको शनिवार उद्घाटन भएको छ । गापा अध्यक्ष विनोद जैसवालले नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन गरेका थिए । करीब रु ३५ लाखको लागतमा निर्माण भएको वडा भवनमा तीन कोठा, शौचालय, भान्सा छन् । विगत लामो समयदेखि जीर्ण वडा कार्यालयबाट सेवाप्रवाह हुँदै आएको थियो । गापा […]

पाँचजना महिलासहित ४४ जनाद्वारा रक्तदान

प्रस, वीरगंज, २६ साउन/ हिन्दू परिषद् नेपालले शनिवार घण्टाघरमा आयोजना गरेको रक्तदान कार्यक्रममा पाँच जना महिलासहित ४४ जनाले रक्तदान गरेका रक्तसञ्चार केन्द्र, वीरगंजका प्राविधिक जीतेन्द्र कुशवाहाले बताए । कार्यक्रममा चन्दा शर्मा, ममता कुमारी, नजराना खातुन, नीता चौरसिया, वन्दना शर्मा, हरिओम सर्राफ, नन्दकिशोर साह, सुरज पण्डित, आदित्य शर्मा, रोशन फुयाँल, अनिल पटवा, सागर सोनार, आदित्यप्रकाश ठाकुर, […]

भारतीय भोजपुरी कलाकारहरूको नेपाल मोह

प्रस, परवानीपुर, २६ साउन/ अहिले भारतीय भोजपुरी कलकारहरू नेपाली भूमिमा रमाउँदै विभिन्न सिर्जनामा व्यस्त देखिन थालेका छन् । भोजपुरीका चर्चित गायक अलबेला अशोकले वीरगंजमा भोजपुरी लोकगीत रेकर्डिङ एवं छायाङ्कन गर्ने योजना अघि बढाएको बताएका छन् । वीरगंज प्रतिमा चोकमा रहेको इगो रेकडर््स भोजपुरी च्यानलको स्टुडियोमा रक्षाबन्धन र दशैंको गीत रेकर्डिङ गर्दै भेटिएका गायक अलबेलाले भारत, […]

सिम्रौनगढमा निषाद जातिको भेला सम्पन्न

प्रस, सिम्रौनगढ, २६ साउन/ सिम्रौनगढ नगरपालिका–६ मा शनिवार निषाद अगुवाहरूको भेला सम्पन्न भएको छ । निषाद जातिका अगुवा नेता बन्नु सहनीको अध्यक्षतामा भएको भेलामा निषाद् जातिको हकअधिकार, उन्नति र प्रगतिको विषयमा छलफल भएको थियो । भेलामा निषाद नेता रामप्रवेश मुखिया, जीवन मुखिया, रिना मुखिया, फूलपतीदेवी मुखिया, परमानन्द मुखिया, रामऔतार मुखिया, बुद्धराम मुखिया, मदन सहनी, तरुण […]

श्रद्धाञ्जलिसभा 

नितेश कर्ण, वीरगंज, २६ साउन/ स्व गुरुदेव कामतको मृत्यु भएको १०औं दिनमा शनिवार वीरगंजमा श्रद्धाञ्जलिसभा गरिएको छ । वीरगंजस्थित चित्रगुप्त मन्दिरमा मैथिली साहित्य परिषद्ले स्व गुरुदेव कामतको सम्झनामा श्रद्धाञ्जलिसभाको आयोजना गरेको हो । स्व गुरुदेव कामतको जन्म मधेस प्रदेशको सिराहा जिल्लाको पोखरभिरामा विसं २०१२ भदौ १२ गते भएको थियो । विगत ४० वर्षदेखि निरन्तर काठमाडौंमा […]

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।