प्रस, वीरगंज, २६ साउन/
वीरगंजमा रहेका मारवाडी समुदायमध्ये नेपाली मारवाडी ब्राह्मण समाजको शनिवार साधारणसभा सम्पन्न भएको छ ।

शनिवार भएको साधारणसभाले सञ्जय शर्माको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ ।

नयाँ कार्यसमितिमा रविशङ्कर शर्मा उपाध्यक्ष, विकाश शर्मा सचिव, सुनील शर्मा सहसचिव, सञ्जीव शर्मा कोषाध्यक्ष र मदन शर्मा सहकोषाध्यक्षलगायत सदस्यहरू छन् ।

यस अघि मनोज शर्माको अध्यक्षतामा रहेको नेपाली मारवाडी ब्राह्मण समाजले वीरगंजमा काम गर्दै आएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here