प्रस, परवानीपुर, २६ साउन/
अहिले भारतीय भोजपुरी कलकारहरू नेपाली भूमिमा रमाउँदै विभिन्न सिर्जनामा व्यस्त देखिन थालेका छन् । भोजपुरीका चर्चित गायक अलबेला अशोकले वीरगंजमा भोजपुरी लोकगीत रेकर्डिङ एवं छायाङ्कन गर्ने योजना अघि बढाएको बताएका छन् ।
वीरगंज प्रतिमा चोकमा रहेको इगो रेकडर््स भोजपुरी च्यानलको स्टुडियोमा रक्षाबन्धन र दशैंको गीत रेकर्डिङ गर्दै भेटिएका गायक अलबेलाले भारत, बिहारभन्दा नेपालको भौगोलिक अवस्था र शासन प्रणाली राम्रो लागेर काम गर्न सहज भएको बताए । उनले भारतीय रुपियाँको मूल्याङ्कन नेपालमा बढी भएकोले पनि खर्च काम जस्तो लाग्ने गरेको बताए । सन् २०१६ देखि वीरगंज छेउछाउ छायाङ्कन गरी विभिन्न गीती एल्बम बजारमा ल्याएको उनले बताए । नेपालमा गीत एल्बमको शुटिङ र रेकर्डिङ कम खर्चमा राम्रो लोकेशन पाइने हुँदF नेपाल मन परेको उनले बताए ।
भारत, बेतियाका गायक अमित पटेल समेत पछिल्लो समय वीरगंजमा छायाङ्कन गरिरहेका छन् । यस अघि चर्चित भोजपुरी कलाकार मनि मेराजले नेपालमैं छायाङ्कन गरिएको दुईवटा गीती एल्बम रिलिज गरेका थिए ।
लोकगायक अलबेलाको सबैभन्दा बढी बजेको गीत हो–दिल लेके गइल
हिरो हुन्डा सखी । उनी भोजपुरी अश्लील गीत गाउँछन् भन्ने बेलाबेलामा आरोप लाग्ने गरेको छ । भोजपुरी फिल्मजगत्मा प्रीति पासवान र सोम्या पोखरेल
पनि भारतको विभिन्न राज्यमा गएर गीति एल्बल बनाउन सक्रिय रहेका
छन् ।