काठमाडौं, २४ साउन/रासस
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीवार सामान्य अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक छ दशमलव ७० अङ्कले उकालो लागेर दुई हजार ७६६ दशमलव ३८ मा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव २१ अङ्कले उकालो लागेर ४८३ दशमलव ६८ मा पुगेको छ । कारोबार भएका कुल १३ उपसमूहमध्ये छ उपसमूहको शेयर मूल्य उकालो लाग्दा सात उपसमूहको शेयर मूल्यमा भने गिरावट आएको छ ।

नेप्सेका अनुसार पाँच करोड नौ लाख ४६ हजार ८३२ कित्ता शेयर रु २० अर्ब सात करोड चार लाख ३४ हजार १०३ मूल्यमा खरीद–बिक्री भएका छन् । नेप्सका अनुसार विभिन्न छ कम्पनीका शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । त्यसमा कर्णाली डेभलपमेन्ट बैंक, शिवम् सिमेन्ट, घोराही सिमेन्ट, मिड सोलु हाइड्रोपावर, सोनापुर मिनरल्स र सर्वोत्तम सिमेन्ट छन् ।
यस्तै, एनआरएन इन्फास्ट्रक्चर आठ दशमलव शून्य चार, सानिमा बैंकको ऋणपत्र सात दशमलव ६९, आरम्भ चौतारी लघुवित्त चार दशमलव ९३, रुरु जलविद्युत् परियोजना चार दशमलव ८४ र हाथवे इन्भेस्टमेन्टका लगानीकर्ताले चार दशमलव ५६ प्रतिशतले गुमाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here