काठमाडौं, २१ साउन/रासस
यो साताको कारोबारको पहिलो दिन सोमवार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा एक दशमलव ४७ प्रतिशतको वृद्धि देखिएको छ । नेप्से परिसूचक ४० दशमलव ७६ अङ्कले बढेर आज दुई हजार ७९६ दशमलव ३८ को बिन्दुमा कायम भएको हो ।

आज ३२६ कम्पनीका चार करोड ९७ लाख ७३ हजार ७३० कित्ता शेयर दुई लाख ३८ हजार ७८ पटक खरीद–बिक्री हुँदा रु २१ अर्ब ८६ करोड ४९ लाख ९२ हजार २७७ बराबरको कारोबार भएको छ ।

होटल तथा पर्यटन समूहको उपसूचक आज सबैभन्दा धेरै छ दशमलव ६९ प्रतिशतले बढेको छ । त्यस्तै, जलविद्युत् समूह तीन दशमलव ०९, लगानी तीन दशमलव ५२, जीवन बीमा तीन दशमलव २३, जीवन बीमा एक दशमलव २५, व्यापार पाँच दशमलव ७० र अन्य समूह पाँच दशमलव ७३ प्रतिशतले बढेका छन् । अरू समूहका उपसूचक भने रातो देखिएका छन् ।

आठवटा कम्पनीका शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । रूरू जलविद्युत् परियोजना लिमिटेड, सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड, सगरमाथा जलविद्युत् कम्पनी लिमिटेड, कुथेली बुखारी स्मल हाइड्रोपावर लिमिटेड, भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड, माथिल्लो मैलुङ खोला जलविद्युत् लिमिटेड, भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेड र मुक्तिनाथ कृषि कम्पनी लिमिटेडका शेयर मूल्य १० प्रतिशतल बढेका छन् । नेपाल फाइनान्स लिमिटेडको शेयर मूल्यमा भने आज नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको रु एक अर्ब २६ करोड चार लाख ८८ हजार ७७२ बराबरको १५ लाख ४९ हजार ९८ कित्ता शेयर किनबेच भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here