चेतनता वा कान्ससनेस यस्तो चुनौती हो, जसको सम्यक समाधान वर्तमान वैज्ञानिक उपलब्धिहरूको परिक्षेत्रभन्दा बाहिरको विषयवस्तु भन्न सकिन्छ। सम्भवतः यही कारण हो कि वैज्ञानिकहरूले यसलाई आजको समयको सबैभन्दा गम्भीर वैज्ञानिक चुनौतीहरूमा सम्मिलित गरेका छन्। उनीहरूले यस्तो भन्नुका पछाडिको कारण पनि स्पष्ट छ।

हाम्रो खुट्टामा चोट लाग्दछ भने यो चोट, भौतिक घटनाक्रम भएर पनि, एउटा चैतन्य घटनाक्रमलाई जन्म दिन्छ, जसमा हामी त्यस चोटको दुःखाइलाई महसूस गर्न सक्छौं र कैयौंपटक त कुनै भौतिक घटनाक्रम पनि आवश्यक हुँदैन र एउटा चैतन्य घटनाक्रम घटित हुन पुग्छ। उदाहरणका लागि कुनैको सम्झना आउँदा मनमा जुन भावनाहरूको जन्म हुन्छ, त्यसलाई कुन रूपमा परिभाषित गर्ने ?

वैज्ञानिकहरूको दृष्टिमा प्रश्न स्पष्ट छ, उत्तर भने जटिल। प्रश्न यो हो कि यी घटनक्रमहरूको आधार के हुन्छ ? हामीभित्र चेतनतालाई जन्म दिने काम कसले गर्दछ ? १६ औं शताब्दीमा प्रसिद्ध वैज्ञानिक देकार्तले ड्युअलिज्मको सिद्धान्तको माध्यमले यो भन्ने प्रयास गरेका थिए कि यस संसारमा माइन्ड स्टफ वा मनसँग सम्बन्धित चेतनात्मक ज्ञान र मैटर स्टफ वा जड शरीरसँग सम्बन्धित ज्ञान एकअर्काभन्दा भिन्न छन् र यिनमा कहिले पनि एकात्मकता सम्भव छैन।

एक समय निकै प्रभावी मानिएको यो सिद्धान्त अब धेरैजसो वैज्ञानिकद्वारा निरस्त गरिसकिएको छ। आश्चर्यको कुरा यो हो वा यसरी भनौं कि यो अवश्यम्भावी नै थियो कि अब धेरैजसो वैज्ञानिक चेतनताको जुन सिद्धान्तलाई स्वीकार गर्दछन्–त्यो सिद्धान्त त्यही हो, जसलाई शताब्दीऔं पहिले आचार्य शङ्करले प्रतिष्ठापित गरेका थिए।

विगत वर्षहरूमा गरिएका वैज्ञानिक शोधहरूको के मान्यता रहेको छ भने जसलाई हामी संसार भन्दछौं वा संसारलाई अनुभव गर्ने जुन भाव वा चेतना हो, त्यो एउटा भ्रम मात्र हो, यसबाहेक केही होइन। उदाहरणका लागि यो थाहा पाएर धेरैलाई आश्चर्य लाग्ला कि अनेक वस्तुको आफ्नो कुनै रंग छैन तर हाम्रो मस्तिष्कले तिनको सरलीकरणका लागि तिनलाई एक प्रकारको कलर कोड गरिदिन्छ, जसले धेरै जानकारीहरूलाई एकै साथ सङ्ग्रहीत गर्न सजिलो होस्।

केही यस्तो वर्तमान समयमा सर्वमान्य वैज्ञानिक अवधारणाको मान्यता छ। टफ्टस विश्विद्यालय, अमेरिकाका वैज्ञानिक डेनियल डनेट भन्दछन् कि जसलाई हामी चेतनता वा अनुभव भन्दछौं, त्यो वस्तुतः मनद्वारा उत्पन्न गरिएको भ्रम मात्र हो। भ्रमवाद वा इल्युजनिज्मको नामले विख्यात यो वैज्ञानिक अवधारणले झन्डै त्यसै चिन्तनको पुष्टि गर्दछ, जसलाई वर्षौं पहिले आचार्य शङ्करद्वारा ‘ब्रह्म सत्यं, जगत् मिथ्या’ भनेर परिभाषित गरिएको थियो।

यस्तो पनि होइन कि यस निष्कर्षमा वैज्ञानिकहरू तुरून्त पुगे। सन् १९९८ मा प्रसिद्ध वैज्ञानिकहरूमा यस कुरालाई लिएर शर्त ठोकिएको थियो कि हाम्रो शरीरमा चेतनाको जुन केन्द्र छ, त्यसलाई वैज्ञानिक परीक्षण गरेर खोज्न सकिन्छ। क्रिस्टाफ काक सहमत थिए कि यस्तो सम्भव छस जबकि डेनियल चाल्टर्सले भने कि यस्तो हुनु सम्भव छैन।

क्रिस्टाफले यस्तो मान्नुको पछाडि एउटा कारण पनि थियो। उनी त्यस बेला एल इन्स्टिच्युटका निदेशक थिए, जसको स्थापना उनले म्ल्ब् को खोजकर्ता फ्रान्सिस क्रिकका साथ गरेका थिए। उनको यस्तो धारणा थियो कि जस प्रकार जीवनको आधार म्ल्ब् लाई खोज्न सकियो, त्यस्तै चेतनताका साथ पनि सम्भव छ।

दुर्भाग्यवश यस्तो हुन सकेन। वैज्ञानिक परीक्षणहरूमा कहिले क्लास्ट्रमलाई चेतनताको केन्द्र मानियो भने कहिले थैलेममलाई। सन् २०२१ मा न्युयोर्क विश्वविद्यालयमा ओमरी राकाद्वारा गरिएको परीक्ष्Fणमा के थाहा पाइयो भने प्रिफ्रन्ट कार्टेक्सलाई कान्ससनेसको रिले स्टेशन भन्न सकिन्छ, तर समग्र अनुभवका लागि यो एकाकीरूपले जिम्मेदार छैन।

यदि बाह्य जगत्को अनुभवहरूको सङ्ग्रहीकरण यहाँ भइ पनि रहेको छ भने पनि हाम्रो, हामीप्रति जागरूकता (हामी हौं) र हाम्रो जागरूकताप्रति जागरूकता (हामी यो अनुभव गरिरहेका छौं कि हामी हौं–यिनको केन्द्र यो होइन। सारांशमा यो भन्न सकिन्छ कि वर्तमान वैज्ञानिक परीक्षण यो सिद्ध गर्न असमर्थ छन् कि हाम्रो अस्तित्वमा कान्ससनेसको भौतिक केन्द्र कहाँ छ र के हो ?

यस क्ष्Fेत्रमा गरिएका परीक्षणहरूबाट यो स्पष्ट भएको छ कि मस्तिष्क एउटा ग्लोबल वर्कप्लेसजस्तै काम गर्दछ, जहाँ धेरैजसो अनुभव त अचेतन मनमा एकत्रित हुन्छन् र केहीलाई हाम्रो मस्तिष्क एकरूपता प्रदान गर्नका लागि चेतन मनलाई उपलब्ध गराउँछ।

यस सिद्धान्तलाई इन्टिग्रेटेड इन्फोर्मेशन सिद्धान्त भनेर नामाकरण गरियो। यस सिद्धान्तलाई चुनौती दिने वैज्ञानिकहरूमा प्रिन्सटन विश्वविदालयका माइकल ग्रेजिनो एवं ससेक्स विश्वविद्यालयका डा. अमित सेठ हुन्, जसको यो मान्यता छ कि चेतनता एउटा परिष्कृत मानसिक प्रक्रिया हो, तर तब पनि यो भ्रमबाहेक अरू केही होइन।

हामी चैतन्य हौं, यस कुराको परिचय वैज्ञानिक दृष्टिले अनेक माध्यमबाट पाइन्छ। उदाहरणका लागि, स्वयंलाई चिन्नु, आफ्नो मन एवं मानसिक क्रियाकलापहरूप्रति जागरूकता, निर्णय क्षमता र गलत निर्णय लिंदा दुःखी अनुभव गर्नु, तनाव महसूस गर्नु, निद्रा एवं सपना आउनु आदि। वैज्ञानिक दृष्टिले यी सबै अनुभवहरू हुनु हाम्रो चेतना वा कान्सस छ भन्ने प्रमाण हो।

बिस्तारैबिस्तारै अब सबै वैज्ञानिक शोध यसतर्फ सङ्केत गरिरहेका छन् कि यो अनुभव भ्रम वा इल्युजनका अतिरिक्त केही होइन। वैज्ञानिकहरू भ्रमको उत्पत्तिको कारण क्रमिक विकासवाद वा इभोल्युशनलाई मान्दछन् तर पूर्वीय अवधारणा यस दृष्टिसँग एकमत छ कि सम्भवतया यस भ्रमको कुनै कारण छैन।


यो भ्रम हामीले मायारूपी आवरणद्वारा स्वयं नै उत्पन्न गरेका हौं र अब त्यसबाट मुक्त हुने उपाय खोजिरहेका छौं। वेदान्त यसलाई मोक्ष वा मुक्ति भन्दछ र सम्भव छ कि अन्ततः समस्त वैज्ञानिक शोधहरू पनि यसै एक स्थानमा वा बिन्दुमा आएर एकमत हुनेछन्। विगत दिनका घटनाक्रमहरूले केही यस्तै परिलक्षित गरिरहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here