• अनन्तकुमार लाल दास

नेपाललाई बुद्ध र जानकीको देश भनेर पनि चिनाउने गरिन्छ । राजतन्त्रात्मक सत्ता हुँदा हरेक नेपालीले शान्तिको अनुभूति गरेका थिए । परिश्रम गर्ने मानिसको सम्मान गरिन्थ्यो । हाम्रो भाषा एक थियो । छिमेकी मुलुकका मानिसले पनि नेपालको गरिमाको बखान गर्दथे । ‘हाम्रो देश प्राणभन्दा प्यारो छ’ भन्ने नारा नै चलेको थियो तर त्यसबेला अधिकांश जनता अशिक्षित थिए । उनीहरूलाई आपूm शोषित रहेको कल्पना पनि थिएन । बिस्तारै ज्ञानको विस्तार हुँदै जाँदा कसरी उनीहरू शोषित भइरहेका छन् भन्ने थाहा पाएपछि वि.सं. २००७ सालमा भएको क्रान्तिले ‘प्रजातन्त्र’ भन्ने शब्द त प्राप्त ग¥यो तर वास्तविक प्रजातन्त्र प्राप्त गर्न सकेन । बिस्तारै यो प्रजातन्त्र राजा र स्वार्थी नेताहरूको षड्यन्त्रले गर्दा पञ्चायती शासन व्यवस्थामा परिणत भयो । ‘गाउँ फर्क अभियान’ जस्ता कार्यक्रम ल्याइयो तर गाउँको विकास हुन सकेन । पुनः २०४६ को जनान्दोलनबाट प्रजातन्त्र स्थापना भयो तर त्यो पनि गुम्यो । शिक्षाको अभाव, पछौटेपन, चरम शोषणको परिणाम स्वरूप पुनः जनान्दोलन भयो जसमा कैयन वीर नेपालीहरूले आप्mनो जीवन समर्पित गरे ।

नेपालको १७ प्रतिशत भूभाग ओगटेको तराई अन्नको भण्डार भनेर चिनिन्छ तर ती अन्न उब्जाउने किसानहरू चरम शोषणका शिकार भइरहेका थिए । आर्थिक र शैक्षिक दृष्टिले कमजोर भएका कारण उनीहरू केही बोल्दैनथे तर त्यस बेला एउटा उखान तराईमा बढी प्रचलनमा ल्याइएको थियो । त्यो थियो–“कमाए धोतीवाला, खाए टोपीवाला ।” यसको परिणामस्वरूप नै तराईवासीहरूले मौका छोपी आप्mनो अधिकारको खोजी गर्न थाले । यस खोजको प्रभावले गर्दा सम्पूण्र्F नेपाल आन्दोलित भयो, जसलाई मधेस आन्दोलन भनियो । परिणामस्वरूप संविधानसभा निर्वाचन भयो तर विडम्बना के रह्यो भने ती ६०१ नेताले पनि स्वार्थवश जनताको नासो जनतालाई सुम्पन सकेनन् । त्यसपछि दोस्रो संविधानसभा निर्वाचनले २०७२ असोज ३ गते जनताको नासो जनतालाई सुम्प्यो ।

नेपालको विकास नहुनुको एउटा महŒवपूर्ण कारण यहाँका बासिन्दा पनि हुन् किनभने हामीसँग प्रचुर प्राकृतिक स्रोत हुँदाहुँदै पनि दरिद्र सोचका कारण त्यसको उपयोग गर्न सकिरहेका छैनौं र जुन बेलादेखि हाम्रो एकता अनेकतामा छरियो, त्यस बेलादेखि हामीलाई यस्ता दुर्दिन देख्नुपरिरहेको छ जसको कल्पना हामीले गरेका थिएनौं । आज हाम्रो राष्ट्रिय गौरव ध्वस्त हुँदै गइरहेको छ र हामी मूक दर्शकझैं हेरिरहेका छौं । परिणामस्वरूप हाम्रो राष्ट्रिय जीवन दिन प्रतिदिन जर्जर हुँदै गइरहेको छ । हाम्रो सामूहिक शक्ति लोप हुँदै गइरहेको छ ।

एक युगसम्म शोषित भएपछि यो समय भाग्यवश हेर्न पाएका छौं । यो आत्म गौरव प्राप्त गर्नका लागि हामीलाई कुन मूल्य चुकाउनु परेको छ, कति बलिदान दिनुपरेको छ र कति यातना सहनुपरेको छ यो हाम्रो सामु छर्लङ्ग छ । सात दल र माओवादीको संयुक्त प्रयासले प्राप्त गणतन्त्रलाई आज हामी आपसी फुटको कारण बर्बाद गरिरहेका छौं । जसरी बाँदरले मालाको इज्जत र गधाले चन्दनको महŒवलाई बुझ्दैन त्यसैगरी हामी प्राप्त गणतन्त्रको महŒव बुझिरहेका छैनौं । भन्नुको तात्पर्य के भने आज हामी पुनः पारस्परिक फुटको कारण विनाशको बाटोतर्पm लम्किरहेका छौं । यस कारण वर्तमानमा राष्ट्रिय एकताको त्यतिकै आवश्यकता छ जति आवश्यकता जीवनका लागि भोजनको हुन्छ ।

कुनै पनि राष्ट्रको सार्वभौमिकता, अखण्डता र समृद्धिका लागि राष्ट्रियताको भावना एक अति आवश्यक शर्त हो । यस कारण देशको हित–अहित र मान– सम्मानका सम्बन्धमा प्रत्येक देशवासीले चिन्तन मनन गर्नु अति आवश्यक छ । केही वर्षदेखि हाम्रो देशमा यस्तो विषयुक्त हवा बगिरहेको छ जसको प्रभावले गर्दा सबैले आआप्mनै डम्फु बजाउन थालेका छन् । केही खास जाति र समुदायका मानिसबीच भिडन्त भइरहेको छ । सबै आआप्mनो स्वार्थमा तल्लीन छन् । हामी शहीदहरूको बलिदानलाई बिर्संदै गइरहेका छौं । सबैको मुखमा लागेको ताल्चा खुलिसकेको छ तर जुन कारणले हामी स्वतन्त्रताको अनुभूति गरिरहेका छौं यदि त्यही गुम्यो भने न हाम्रो भाषा कुनै काम लाग्छ, न संस्कृति नै ।

मुख्य रूपले हाम्रो देशमा राष्ट्रिय एकताको अभावका छवटा कारण हुन सक्छ । पहिलो कारण हो सङ्घीयता । यो यस्तो मन्द विष हो जसले बिस्तारै आप्mनो पाइला चाल्दैछ । आज पहाडी पहाडको उन्नति चाहन्छ, मधेसी तराईको, मैथिली भाषाभाषी आप्mनो क्षेत्रको प्रगति हेर्न चाहन्छन् भने भोजपुरी, नेवारी, लिम्बूहरू आआप्mनो क्षेत्रको उन्नति चाहन्छन् । आज हामी कैयौं वर्गमा विभाजित हुँदै गइरहेका छौं । यस कारण राष्ट्रतर्पm हाम्रो ध्यान जानै सको छैन । यही कारण हो हामी राष्ट्रप्रतिको दायित्व बिर्संदै गएका छौं किनभने हरेक क्षेत्रमा आआप्mनै सोच र स्वार्थ हाबी रहेको देखिन्छ ।

यसैगरी दोस्रो कारण हो भाषिक उन्माद । भाषाको नाममा हामी एक अर्कासँग भेदभाव गर्न थालेका छौं । आज हामी राष्ट्रगीत गुनगुनाउन चाहँदैनौं । कसैले भोजपुरीको आवाज बलियो पार्दैछ भने कोही मैथिलीको त केही नेवारीको त कोही थरूहटको । स्वार्थ भावमा वृद्धि भएको कारण आज यस्तो वातावरण बन्दै गएको छ जसमा हरेक मानिस आप्mनै लागि मात्र सोच्दछ । उसको ध्येय व्यक्तिगत सफलता प्राप्त गर्नु मात्र रहेको छ । उसलाई न आप्mनो समाजको चिन्ता छ, न राष्ट्रकै । आज मानिस राष्ट्रिय एकता वा राष्ट्रियतालाई समेत आप्mनो स्वार्थको लागि बेच्न तयार छ । झूटो प्रतिष्ठाका लागि जे पनि गर्न तयार छ ।

तेस्रो कारण हो सङ्कीर्ण मनोवृत्ति । आज मानिसमा सङ्कीर्ण विचारधारा बढ्दै गएको छ । व्यापक दृष्टिकोणको अभाव हुँदै गएको छ । यही कारण शान्ति, राष्ट्रको सट्टा परिवारमा निहित हुँदै गएको छ । सोच सकारात्मक छ भने जातिसम्म पुगेको छ । यसबाहेक कसैले नौलो सोच्न सकिरहेको छैन ।

चौथो कारण हो देशमा राष्ट्रप्रेमको अभाव । राष्ट्रिय भावना र राष्ट्रप्रतिको सोच जुन भीमसेनको पालामा देखिन्थ्यो त्यो आज पाइँदैन । त्यस बेला प्रत्येक मानिसको मुखमा एउटै आवाज थियो जुनसुकै हालातमा अङ्ग्रेजलाई नेपाल पस्न नदिने । यो नेपाल वीर गोर्खालीहरूको हो तर आज भोजपुरा क्षेत्र हाम्रो हो, थरूहट हाम्रो हो, मेथिली क्षेत्र हाम्रो हो, पहाड हाम्रो हो तराई हाम्रो हो तर हामी ‘नेपाल हाम्रो हो’ भन्दैनौं । हामी सबैभन्दा पहिले प्रदेश, त्यसपछि राष्ट्रबारे सोच्छौं जुन हाम्रो लागि अति नै घातक हो ।

पाँचौं कारण हो साम्प्रदायिकताको भावना बढ्दै जानु । साम्प्रदायिकताको भावनाले फेरि कतैकतै टाउको उठाउन थालेको छ । केही नेताहरूको दृष्टिमा देशको हित वा अहित प्रमुख नभएर आप्mनो उल्लू सीधा गर्नु मात्र हो । यो स्थिति राष्ट्रिय एकताको लागि घातक हो । बस दुर्घटना यसैको उदाहरण हो र अन्तिम कारण अलगाववादी प्रवृत्ति हो । पृथकतावादी शक्तिको वृद्धिको अर्थ यस दिशामा भएको खाल्डोलाई झन् गहिरो बनाउनु हो । केही स्वार्थी राजनीतिज्ञ र छिमेकी मुलुकले पनि नेपाललाई समृद्धशाली देख्न चाहँदैनन् ।

राष्ट्रिय एकताका लागि समयसमयमा प्रयास नभएको भने होइन । आज पनि प्रयास भइ नै रहेको छ । ‘हिमाल, पहाड, तराई, कोही छैनन् पराई’ जस्ता नाराहरू पनि नचलेका होइनन् तर एक अर्कामाथि विश्वासको कमीले गर्दा मित्रता पनि शत्रुतामा बदलिंदै गइरहेको छ । गणतन्त्र प्राप्तिको दुई दशकभन्दा बडी वर्ष बितिसक्दा पनि जनताले शान्ति र समृद्धिको अनुभव गर्न सकेको छैन । विश्वेश्वरप्रसाद कोइराला, गणेश मान सिंह, गिरिजाप्रसाद कोइराला लगायतले राष्ट्रिय एकताका लागि अनेकौं प्रयास गरेका थिए । आज पनि प्रतिदिन ‘सहमतिका लागि सहमति’ भइरहेको छ तर वास्तविक सहमति हुन सकेको छैन ।

देशमा विघटनकारीहरूको बोलबालाले गर्दा सर्वत्र अराजकता छाएको छ । महँगी र भ्रष्टाचार दिन प्रतिदिन बढ्दै गएको छ । हरेक कुराको व्यापारीकरण भइरहेको छ । हरेक पक्षबाट यसो गर्नुपर्छ, उसो गर्नुपर्छ भन्ने सुनिन्छ तर कार्यान्वयनमा आउन सकिरहेको छैन । यस कारण प्राप्त गणतन्त्रलाई बचाउन वर्तमान समयमा पूर्ण समझदारी आवश्यक छ । नेपालका विभिन्न जातजाति र धर्मावलम्बीहरूलाई एक सूत्रमा बाँध्नका लागि राष्ट्रलाई धर्मनिरपेक्ष घोषित गरिएको छ ।

राष्ट्रियताको भावनाले राष्ट्रको मात्र विकास नभई नागरिक पनि अनेक प्रकारले लाभान्वित हुन्छ । मानिसहरू आप्mनो सङ्कुचित ‘स्व’को सीमाबाट बाहिर निस्किन्छन् । ‘वसुधैव कुटुम्बकम्’जस्ता पवित्र आदर्शको उदय हुन्छ । यस परिवेशमा मानिस आप्mनो हितलाई पनि राष्टिूय हितसँग जोडेर हेर्छ । यस कारण राष्ट्रिय एकताको प्राप्तिमा आआप्mनो दायित्व निर्वाह गर्नु प्रत्येक नेपालीको कर्तव्य हुन जान्छ । सरकारमा सामेल वा सरकार बाहिर रहेका सबै राजनीतिज्ञ, नागरिक समाज र बुद्धिजीवीले प्रत्येक नागरिकमा राष्ट्रियताको भावना उत्पन्न गर्ने प्रयास गर्नुपर्छ । प्रत्येक मानिसले सङ्कीर्ण विचारधारा परित्याग गरी राष्ट्रिय हितको लागि चिन्तन–मनन गर्नु, राष्ट्रको समृद्धिका लागि प्रयत्न गर्नु वर्तमानको खाँचो देखिएको छ । यसमा विलम्ब भयो भने राष्ट्र पछाडि पर्छ । यसमा समय छँदै जागरुक हुनु बुद्धिमानी देखिन्छ । सशक्त र समृद्ध राष्ट्र निर्माणका लागि राष्ट्रिय एकता नितान्त आवश्यक छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here