व्यक्तिको आन्तरिक उत्कृष्टताको आधारमा यो सुनिश्चित हुन्छ कि ऊ कति सुखी रहन्छ र आफ्नो सम्पर्क क्षेत्रलाई शािन्त एवं प्रगतिबाट कसरी लाभान्वित पार्छ। परिस्थितिहरू मनःस्थितिका प्रतिक्रिया मात्र हुन्, मानिस त आफ्नो भाग्यको निर्माता आफैं हो। यस सनातन तथ्यलाई कसैले पनि आफ्नो चिन्तन र चरित्रका अनुरूप उत्थान र पतनको अवसर प्रस्तुत गर्दै देख्न सक्दछ।
यसै आधारमा वर्तमानका विभीषिकाहरू निरस्त र भविष्यका उज्ज्वल सम्भावनाहरू साकार हुन्छन्। निस्सन्देहरूपमा यदि मानिसको अन्तरात्मालाई जाग्रत गर्न सकियो भने सुख–शान्तिको समग्रताले परिपूर्ण नवसृजन एवं युग परिवर्तनको आधार तयार हुँदै जान्छ।
यसै पृष्ठभूमिमा युगान्तरीय चेतना प्रकट र प्रखर भइरहेको छ। वातावरणको विषाक्ततामा सन्देह छैन, तर पनि मानव अन्तरात्मा यति समर्थ छ कि अँध्यारोको दबाबले उसलाई मूच्र्छितसम्म पार्न सक्छ–आत्यातिक हनन गर्न सफल हुन सक्दैन।
भयानक ग्रीष्ममा धरतीको घाँस सर्वत्र सुक्दछ तर पनि त्यसको जरामा अमृत–तत्व विद्यमान रहन्छ। जसै बादल बर्सन्छ, देख्दादेख्दै सुकेको जरा पलाउने र धरतीमा मखमली दरी फैलँदै जान्छ। पतनोन्मुखी गुरुत्वाकर्षण निश्चतरूपमा प्रबल छ, त्यो उत्थानलाई पतनमा परिणत गर्न सतत संलग्न रहन्छ, तर पनि ऊध्र्वगमनको प्रक्रिया निराश हुँदैन। आगोको लपटा माथि नै उठ्छ, पृथ्वीको गुरुत्वाकर्षणले यसलाई पराभूत पार्न सक्दैन।
यस शाश्वत सिद्धान्तले आजको विषम बेलामा आफ्नो प्रमाणिकताको परिचय दिन अग्नि परीक्षाबाट गुज्रन स्वीकार गरेको छ र भनेको छ–ध्वंस होइन, सृजन जीवन्त छस असत्य होइन, सत्य प्रबल छ।
नियन्ताको समर्थन पतनको होइन, उत्थानका साथ छ। अन्धकार कतिकै सघन वा विस्तृत किन नहोस्, त्यसलाई दियोको सानो धिपधिपले चुनौती दिइरहन्छ। यस्तोमा परिस्थितिको विषमता देखेर सृजनको मुख मलिन हुने कुनै कारण छैन।
नवजागरणको यस प्रभात बेलामा अचेल सर्वत्र नयाँ ढङ्गले सोच्ने र नयाँ क्रम अँगाल्ने हतारो दृष्टिगोचर भइरहेको छ। सघन तमिस्रामा गहिरो निद्रा लागोस् र प्राणी मृतवत् भइरहोस् यसमा कुनै आश्चर्य छैन, तर जब सूर्यको प्रखरता बढिरहेको हुन्छ र गतिविधिहरू आँधीको गतिशीलतामा क्रियान्वित भइरहेको हुन्छ भने प्रमादी मानिस पनि ओढ्ने ओढेर निष्क्रिय सुतिरहन सक्दैन।
स्वयं नउठ्नेलाई समयले ब्युँझाइदिन्छ। कसैले केही गर्न चाहेन भने पनि परिस्थितिले केही गर्न विवश पारिदिन्छ। अचेल केही यस्तै भइरहेको छ। जागरणको समय, शरीरगत सक्रियतामा होइन, मनोगत विचार–मन्थनमा पनि प्रकट र प्रखर भइरहेको छ। चिन्तनले विगत समयदेखि एउटा नयाँ दिशा पाएको छ। जबकि पछिल्लो दिनमा पेट भर्नु मात्र प्रमुख थियो।
लोभले प्रमुखता पाएको छ र विलास एवं सञ्चयलाई नै सौभाग्यको पहिचान ठान्न थालिएको छ, तर आज यस्तो रहेन। जीवन्तहरूमध्ये प्रत्येकले यो सोच्नुपरेको छ कि उसले पनि केही गर्नुपर्छ। समयका साथ हिंड्नुबाहेक के उसको कुनै निस्तार सम्भव छ ?
यो अन्तःमन्थले तिनलाई विशेषरूपले बेचैन पारिरहेको छ, जसलाई मानवीय आस्थाहरूले अहिले पनि आफू जीवन्त हुने प्रमाण दिएका छन् र केही सोच्न–गर्नका लागि झक्झकाइरहेका छन्। उनीहरूले सोच्नुपर्छ कि परिवर्तनले भरिएको यस युगसन्धिमा त्यसैगरी रहन सकिन्न, जस्तो पछिल्ला दिनमा भइरहेको थियो।
अचेल न समयको मागलाई बेवास्ता गर्न सकिन्छ न आत्माकै पुकारलाई धेरै बेरसम्म दबाउन सकिन्छ। विनाशसँग जुझ्ने र विकासका लागि सोच्न जब जागरुकहरूको सेना कम्मर कसेर अग्रगामी भइरहेको छ, प्रयोगको शंख–ध्वनिले दिगन्त गुँजिरहेको छ भने मुख लुकाएर बस्नु सरल छैन। लोक–भत्र्सनाबाट कुनै उपायले बच्न सकिएला, तर आत्म–प्रताडनाबाट कसरी मुक्ति पाइन्छ ?
यो एउटा अद्भुत समय हो, जसमा व्यक्ति एवं समाजको समानरूपले हित–साधन हुनेछ, जसमा आत्मा र परमात्मा समानरूपले सन्तुष्ट हुने अवसर छ। महानताको बाटो यस्तो छस जसमा वाहनको सहाराले होइन, आफ्नै खुट्टाले हिंड्नुपर्छ। जसले त्यति साहस बटुल्छ, तिनका लागि लक्ष्यको हरेक विराममा अपेक्षाकृत अधिकाधिक आनन्दको सामग्री प्राप्त हुँदै जान्छ।
प्रगतिको प्रत्येक पाइलामा पहिलोभन्दा बढी प्रसन्नताको स्थिति उपलब्ध हुन्छ। व्यष्टिलाई क्षुद्र र समष्टिलाई महत् भनिन्छ। विराट् नै ब्रह्म हो। सङ्कीर्ण स्वार्थपरताको हिलोमा मुछिएको व्यक्तिवाद नै भव–बन्धन हो। यसमा लतारिएको मानिस कुम्भीपाक नर्कमा कुहिनेजस्तो कष्ट प्राप्त गर्छ।
भनिन्छ एउटा यस्तो पनि नर्क छ जहाँ घैंटोमा बन्द भएर कष्ट सहनुपर्छ। यो कुम्भीपाक व्यथा अरू केही होइन, व्यक्तिवादी सङ्कीर्णतामा आबद्ध भएको उकुसमुकुस मात्र हो। पेट र प्रजननमा लिप्त मानिस सोच्दछ कि ऊ अरूको तुलनामा निकै बाठो छ।
लिनु सबैसँग, दिनु कसैलाई पनि होइन भन्ने नीति आकर्षक त लाग्दछ, बठ्याइँपूर्ण पनि, तर वास्तविकता केही अर्कै छ। यस्ता मानिस अत्यधिक घाटामा पर्छन्। आत्मसन्तोष, लोकसम्मान र दैवी अनुग्रहका तीनै महान् लाभबाट उनीहरूले सर्वथा वञ्चित हुनुपर्छ, र प्रगति पनि सीमित क्षेत्रमा मात्र सम्भव हुन्छ।
बाठा मानिसहरूको अचेल भरमार छ। बुद्धिमानहरूको दर्शन दुर्लभ छ। बुद्धिमत्ताको निर्धारण र निर्देशन एउटै छ कि महानताको मार्ग अँगालौं। यसमा किसानले बीउ छर्न, उद्योगीले कारखाना लगाउन, विद्वानले अध्ययन गर्न समय खर्चनुपर्छ। लाभदायक प्रतिफल प्राप्त हुने हुँदा यो आरम्भिक विनियोग कुनै पनि दृष्टिले घाटाको व्यापार होइन।
महानताको वृक्षारोपण केही समयमैं कल्पवृक्षको नन्दनवनजस्तै फल्छ–फुल्छ। तत्काल यस्तो होस् भन्ने आतुरताले हत्केलामा तोरी उमार्ने बाजीगरीको कुचक्रमा फस्नु र जञ्जालमा भौंतारिनुबाहेक अरू केही हात लाग्दैन।
महानता अवलम्बन गरेर असङ्ख्य मानिस क्ष्Fुद्र परिस्थितिमा जन्मेर–हुर्केर पनि आफ्नो विशिष्टताको आधारमा उच्च स्थितिमा पुगेका छन् र यशस्वी बनेका छन्।
यी उदाहरणहरूबाट एउटै मात्र निष्कर्ष के निस्कन्छ भने महानता उद्यान लगाउनुजस्तै हो, जसले आरम्भमा परिश्रम र साधना खोज्छ, तर समय अनुसार सुरभि र सम्पदाको उभयपक्षी अनुदान उत्साहवद्र्धक मात्रामा प्रदान गर्छ।
त्यो महानता आखिर हो के, जसले व्यक्तित्व विशिष्टतायुक्त एवं वर्चस्व वैभवसम्पन्न बन्दै जान्छ ? यसको एउटै उत्तर छ, समष्टिको साधना, लोकसेवा, जन–कल्याण। यसलाई अँगाल्ने एउटै उपाय छ, स्वार्थलाई परमार्थका निमित्त विसर्जित गर्नु।
यस दुस्साहसलाई जसले जति मात्रामा क्रियान्विछ गर्न सक्छ, ऊ त्यति नै अनुपातमा आफूलाई बुद्धिमान् एवं भाग्यवान् अनुभव गर्छ। परिणामको धैर्यपूर्वक प्रतीक्षा गर्न सक्नेहरू आफ्नो अनुभव एक स्वरले यही सुनाउँछन् कि समष्टिको सेवा–साधनाभन्दा ठूलो लाभदायक उद्योग यस संसारमा अरू केही छँदैछैन।
यसलाई अँगाल्दा स्वार्थ र परमार्थको उभयपक्षीय पूर्ति सहज हुन्छ। यस युगसन्धिको ऐतिहासिक बेलामा दूरदर्शिता र सदाशयताको संयुक्त माग एउटै छ कि अचेल सङ्कीर्ण स्वार्थपरतामा अंकुश लगाइयोस् र जुन उब्रन्छ, त्यसलाई नवसृजनको पुण्य–प्रयोजनमा भावनापूर्वक लगाइयोस्।
धनको अभाव हुन सक्छ, तर श्रम, समय एवं मनोयोगको कसैसँग कुनै कमी हुन सक्दैन। आवश्यकता वैयक्तिक जन्जाललाई केही हलुको पार्नुमा छ, जसले त्यस बचतलाई ती परमार्थ प्रयोजनमा लगाउन सकियोस्, जुन नवसृजनको यस महापर्वमा मानवीय सभ्यता–संस्कृतिको संरक्षण–संवद्र्धन हेतु अभीष्ट छ।