प्रस, पोखरिया, ६ साउन/
वर्षा शुरू भएसँगै वीरगंज महानगरपालिका र पर्साका ग्रामीण क्ष्Fेत्रका बजारहरूमा हरियो तरकारीको मूल्य बढेको छ। अहिले पोखरिया नगरपालिका–४ स्थित बजारमा आलु रु ७०, प्याज रु ९०, भन्टा रु ८०, परवल रु ८०, काउली रु १२०, बन्दाकोभी रु ८०, गोलभेंडा रु ११०, खुर्दुनी रु ५०, बोडी रु १४०, घिरौला रु ४०, झिउनी रु ६० र रामतोरई रु ८० प्रतिकिलोमा बिक्री भइरहेको छ।
पानी पर्नुअघि हरिया तरकारीहरू सस्ता थिए तर पानी परेसँगै हरिया तरकारीहरूको उत्पादन कम भएर माग बढेपछि मूल्य बढेको व्यवसायीहरूले बताएका छन्।

पोखरिया नगरपालिका–४ स्थित बजारकै भाउ जिल्लाका अन्य पालिकाहरूमा लाग्ने बजारहरूमा थोरै मात्र थपघटमा बिक्री हुने गरेको छ।

साउन लागेसँगै बोइलर कुखुराको मूल्य भने सस्तो भएको छ। असारसम्म प्रतिकिलो रु ४४० सम्ममा बिक्री भएको बोइलर कुखुराको मासु अहिले रु ३३० मा बिक्री भइरहेको छ। ग्रामीण क्ष्Fेत्रमा रु ३३० मा बिक्री भएपनि वीरगंज महानगरमा भने रु ३६० मा बिक्री भइरहेको छ। ग्रामीण भेगमा खसीको मासु भने छाला भएको प्रतिकिलो रु ८०० र छालारहित प्रतिकिलो रु १००० मा बिक्री भइरहेको छ।

प्रस, पर्सागढी/
छालासहितको खसीको मासु प्रतिकिलो रु ७०० मा बिक्री भइरहेको हल्लासँगै बहुदरमाई नगरपालिकामा स्थानीयहरूले विरोध गरेका छन्।

छालासहित खसीको मासुमा पानीको मात्रा बढी भएको भन्दै स्थानीयले विरोध गरेका हुन्। केही दिन अघि सामाजिक सञ्जालमा बहुदरमाई नपामा छालासहित खसीको मासु प्रतिकिलो रु ७०० मा बिक्री भइरहेको समाचार भाइरल भएको थियो। यो समाचारसँगै स्थानीयहरूले छालासहितको खसीको मासु बिक्री गर्ने स्थलमा निगरानी बढाएका थिए। उनीहरूले ग्रामीण क्ष्Fेत्रमा खसीको मासु बिक्री गर्दा पानीको प्रयोग नहुने गरेकामा बहुदरमाईमा छालासहितको खसीको मासुका विक्रेताले पानीको मात्रा बढाएर मूल्य घटाएको भन्दै विरोध गरेका थिए।

त्यसपछि प्रहरीसमेतको सहभागितामा खसीको मासुमा पानी नराखी बिक्री गर्ने र प्रतिकिलो छालासहित रु ८०० मा बिक्री गर्न मूल्य निर्धारण गरिएको छ। योसँगै मासुको विवाद सकिएको छ र प्रतिकिलो रु ८०० मा बिक्री हुन थालेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here