यसपालिको मन्त्रिमण्डलमा पर्सा जिल्लाबाट तीनजना मन्त्री बनेका छन् । गठबन्धन सरकारमा समावेश तीनवटा राजनीतिक दलबाट एक/एक जना गरी तीनजना मन्त्री भएका हुन् । पर्सा जिल्लाले तीनजना मन्त्री पाएपछि कतै ईष्र्या कतै बधाई दिने धुइरो लागेको छ । ईष्र्या हुनु स्वाभाविक हो, तर बधाई दिनु पनि स्वाभाविक हो । यसै मेसोमा जिल्लावासीले खुशी प्रकट गर्नुलाई पनि स्वाभाविक मान्न सकिन्छ । खुशी हुने दुईथरीका मानिस छन् । पहिला ती, जो मन्त्रीहरूका निकट छन् । उनीहरूलाई यसै मेसोमा आप्mनो पनि उद्धार–कल्याण हुने आस जागेको छ । दोस्रा ती, जो तीनजना मन्त्री हुँदा थोरैथोरै भएपनि तीन क्ष्Fेत्रको केही न केही विकास त होला भन्ने आसले खुशी भएका छन् । यी दुईथरी खुशी हुनेहरूमध्ये कतिको आस पूरा होला, कतिको निराशाको ग्राफ उकालो लाग्ला अहिले नै भन्न सकिन्न । ठ्याक्कै यस्तै हुन्छ पनि भन्न सकिन्न । किनभने हामीकहाँ धेरै भनाइमध्ये एउटा यो पनि भनाइ घतलाग्दो छ कि साधु बन्नका लागि राजनीति गरेको होइन । साधु भनेको जसलाई निजी सुख–सुविधा चाहिन्न । जसलाई निजी सुख–सुविधा चाहिन्न, उसबाट नै समाज र जनताको हित हुने हो ।
पद पाउनेबित्तिकै सबैथोक भइहाल्छ भन्ने पनि होइन । पद पाउने व्यक्तिको व्यक्तित्व, मन्त्रिमण्डलमा उसको गुरुता, मन्त्रालय अन्तर्गतका विभिन्न विभागहरूसँग समन्वय, व्यक्तित्वको दबङ्गता र सबैभन्दा महŒवपूर्ण समाजका लागि केही गर्छु भन्ने भावना । यी सबै कुराको चाँजो मिलेको छैन भने व्यक्तिले केही गर्न सक्दैन । फेरि हामीकहाँ त यो भनाइ पनि बितेका दिनहरूमा निकै चर्चित मानिएको छ–घरमा दियो बालेर मात्र मन्दिरमा दियो बाल्नुपर्छ । यो भावना प्रबल भयो भने न आसेपासे, न तटस्थ जिल्लावासी कसैको पनि आस किनारा लाग्नेछैन । तर अहिले नै यस्तो निराशावादी कुरा नसोचौं । जिल्लाबाट नियुक्त भएका तीनजना मन्त्रीमध्ये दुईजना त पहिले पनि मन्त्री बनिसकेका छन् । पुरानाहरूले देशको कर्मचारीतन्त्र, कार्यपालिकीय व्यवस्थापनबारे अनुभव हासिल गरेका छन्स कुन काम कुन ढङ्गले गराउन सकिन्छ भन्ने हेक्का पनि राखेका छन् । नयाँ मन्त्रीलाई यी सबै तालमेल बुझ्न/मिलाउन केही समय लाग्ला । तर मन्त्रीहरूले केही गर्न सक्ने अवस्था त्यो हो, जब सरकार स्थिर रहन्छ ।
यसपालिको सरकार दुई ठूला दल मिलेर बनेको छ । दुई ठूला मिलेर बनेको हुँदा साना दलहरूले च्याँखे थाप्ने दाउ पाउनेछैनन् । अन्य परिस्थिति सामान्य रहे यो गठबन्धनको सरकार टिक्नेछ भन्ने आस गर्न सकिन्छ । यै बेला हो, गर्न चाहने/गर्न सक्नेले केही गर्छ । पर्सा जिल्लाले त्यो अवसर पाएको छ, जिल्लाको अवसरलाई कार्यरूपमा परिणत गर्न सके भने मन्त्रीहरूको सार्थकता देखिनेछ । त्यस्तै होला भन्ने प्रतीक्षा जिल्लावासीको छ । यसो त गर्ने आँट, चाहना, सामथ्र्य छ भने त एकजनाले पनि धेरै गर्न सक्छ । भनिएकै छ–एकश्चन्द्रस्तमो हन्ति, न च तारागणोऽपि च । रात्रिको अन्धकार सहस्रौं तारा मिलेर हटाउन सक्दैनन्, त्यसका लागि एउटा मात्र चन्द्रमा काफी छ । जिल्लामा त तीनवटा चन्द्रमा उदाएका छन् । मन्त्रीहरूलाई बधाईका साथै सफल कार्यकालको शुभकामना १ सफल कार्यकालको निहितार्थ अवधिभरि पदमा बसिरहनु नभएर, थोरै समय पाए पनि सार्थक काम गर्नु हो । मन्त्रीले जिल्ला मात्र नभएर देशकै स्थितिमा विचार गर्नुपर्छ । यस कुरालाई बुझ्दै जिल्लाको पनि विकास–उन्नतिमा मन्त्रीहरू सतर्क, सजग र क्रियाशील हुनेछन् भन्ने चाहना हो ।