सहकारीका समस्याबारे रजिस्ट्रार र पूर्वरजिस्ट्रारसँग छलफल

काठमाडौं, २५ असार/रासस प्रतिनिधिसभा, सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबीन विशेष समितिले संसद्ले दिएको कार्यादेश अनुसार मङ्गलवार सहकारी विभागका रजिस्ट्रार र पूर्वरजिस्ट्रारसँग छलफल गरेको छ। छलफलका क्रममा रजिस्ट्रार एवं पूर्वरजिस्ट्रारले नीतिगत, संरचनागत र प्रक्रियागत सुधार गरिनुपर्नेमा जोड दिएको समिति सचिव बबिता मिश्रले जानकारी दिइन्। समितिले सरोकार भएका निकायसँग कागजात मगाएर ती निकायका […]

डुबानमा परेकाको उद्धारमा सुरक्षा फौज

काठमाडौं, २५ असार/रासस निरन्तरको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा डुबानमा परेकाको स्थानीय तह र सुरक्षा फौजको समन्वयमा सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। सुनसरीको इटहरी उपमहानगरपालिका–८ गोइँसारस्थित टेङ्ग खोलाको बाँध भत्किएर जोखिममा परेका २० घरपरिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको सशस्त्र प्रहरी बल नेपालका नायब उपरीक्षक एवं सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए। त्यस क्षेत्रमा सशस्त्र प्रहरी […]

एसइई सकेका विद्यार्थीलाई सुझावः आफूभित्रको क्षमता पत्ता लगाउनुस्

काठमाडौं, २५ असार/रासस “तपाईंलाई आफूभित्र के छ भन्ने पत्ता लगाउन केही वर्ष लाग्नेछ। जुन दिन त्यो पत्ता लाग्नेछ, त्यसमा घोत्लिएर लाग्नुहोस्, तपाईंको जीवनमा सफलता मिल्छ।” माध्यमिक शिक्षा परीक्षा (एसइई) पार गरेर कक्षा ११ र १२ को तयारी र भविष्यको योजना बुन्दै गरेका विद्यार्थीमाझ उत्प्रेरणात्मक वक्ता रञ्जीत आचार्यको सल्लाह छ, “जसरी बेलुनभित्र रहेको शक्तिले उसलाई आकाशमा […]

दुई कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट

काठमाडौं, २५ असार/रासस नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५ दशमलव ७९ अङ्कले बढेको छ। मङ्गलवारको कारोबारमा परिसूचक शून्य दशमलव ७३ प्रतिशतले बढेर दुई हजार १५२ दशमलव १४ अङ्कमा पुगेको नेप्सेले जनाएको छ। विभिन्न ३१६ कम्पनीका ११ लाख ६६ हजार एक हजार २०८ कित्ता शेयर रु पाँच अर्ब ५३ करोड ५९ लाख ५८ हजार ८८५ मा […]

रास्वपाले महामन्त्रीबाट ढकाललाई हटायो

काठमाडौं, २५ असार/रासस राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी महामन्त्री मुकुल ढकाललाई पदबाट हटाएको छ। पार्टी केन्द्रीय समितिको मङ्गलवारको बैठकले पार्टी अनुशासन समितिको सिफारिशमा पार्टी केन्द्रीय सदस्य, प्रवक्ता र महामन्त्री पदबाट उनलाई हटाएको हो। उनलाई सर्वसम्मतिबाट पदमुक्त गरिएको कार्यवाहक प्रवक्ता मनीष झाले बताए। उनको साधारण सदस्यता मात्र कायम गरिएको छ। पार्टी अध्यक्ष एवं उपप्रधानमन्त्री रवि लामिछानेको […]

विद्युत् खरीद–बिक्री सम्झौता गर्न बङ्गलादेशको आमन्त्रण

काठमाडौं २५ असार/रासस बङ्गलादेश पावर डेभलपमेन्ट बोर्ड (बिपिडिबी)ले नेपालमा उत्पादित ४० मेगावाट विद्युत् खरीद–बिक्रीका लागि सम्झौता गर्न नेपाल विद्युत्  प्राधिकरणलाई पत्राचार गरेको छ। बिपिडिबीले वर्षायामको छ महीना ४० मेगावाट विद्युत् बिक्रीका लागि प्राधिकरणले पेश गरेको बोलपत्र सम्बन्धित निकायबाट स्वीकृत भएको जानकारी गराउँदै विद्युत् बिक्री सम्झौताका लागि पत्राचार गरेको प्राधिकरणले जनाएको छ। कानूनमा भएको व्यवस्थाबमोजिम बिपिडिबीले […]

हाम्रो सीमा समस्या र संवाद

-विनोद गुप्ता नेपाल–भारत खुला सीमा संवाद समूह, पर्साको आयोजनामा ‘खुला सीमा सुमधुर सम्बन्धको सेतु’ विषयक अन्तर्किया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा विभिन्न वक्ताहरूले आआफ्नो मन्तव्य राख्ने क्रममा यस समूहका राष्ट्रिय अध्यक्ष डा राजीव झाले इपिजी रिपोर्ट बनाउने समिति समावेशी नभएको र नेपाल–भारत सीमासम्बन्धी ज्ञान नभएका व्यक्तिहरूले बनाएकोले यसलाई नमान्ने बताए भने राष्ट्रिय मुक्ति क्रान्तिका नेता […]

शिक्षामा विकृति

शिक्षासम्बन्धी अधिकार स्थानीय तहमा आएपछि सकारात्मक परिवर्तन आउला भन्ने आशा गरिएको थियो। तर यो आशा निराशामा परिणत भइरहेको छ। हिजोका दिन सार्वजनिक शैक्षिक संस्था र निजी शैक्षिक संस्थाबीच तुलना गर्दा सार्वजनिक शैक्षिक संस्था सफल देखिए। निजी शैक्षिक संस्थाभन्दा परिपक्व, सुविधासम्पन्न शैक्षिक जनशक्ति र भौतिक पूर्वाधार सम्पन्न सार्वजनिक विद्यालयहरूको परिणाम पनि निजी विद्यालयहरूभन्दा तल परेपछि, यसमा […]

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।