साउथजोन माविमा पुरस्कार वितरण समारोह

प्रस, परवानीपुर, २५ असार/ वीरगंज–१३ राधेमाईस्थित साउथ जोन माविले वार्षिक पुरस्कार वितरण समारोह सम्पन्न गरेको छ। विद्यालय परिसरमा आयोजित कार्यक्रममा नर्सरीदेखि कक्षा १० सम्मका प्रथम, द्वितीय, तृतीय एवं विभिन्न क्ष्Fेत्रमा पहिचान बनाएका विद्यार्थीहरूलाई प्रशंसापत्रसहित मायाको चिनो प्रदान गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि श्रीजङ्ग गण वीरगंजका प्रमुख सेनानी कुशल कार्कीले विद्यार्थीहरूको प्रदर्शन देखेर खुशी लागेको बताउँदै […]

कोशी प्रदेशस्तरीय महिला फूटबलको उपाधि झापालाई

खोटाङ, २५ असार/रासस कोशी प्रदेशस्तरीय महिला फूटबल प्रतियोगिताको उपाधि झापाले जितेको छ। दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित यलम्बर रङ्गशालामा मङ्गलवार सम्पन्न फाइनल खेलमा झापाले भोजपुरलाई १–० गोलले पराजित गर्दै उपाधिको रक्षा गरेको हो। झापाका लागि जेनिफर रानामगरले पहिलो हाफको १५औं मिनेटमा निर्णायक गोल गरिन्। उपाधिसँगै झापाले नगद रु दुई लाख पुरस्कार  प्राप्त गरेको छ। उपविजेता […]

परिवर्तित परम्परा

-कुमार रुपाखेती सन् १९८० को दशकमा नेपालको काठमाडौंमा हिप्पीहरूको निकै आवतजावत थियो। ठूलठूला जगल्टे कपाल पालेका हिप्पी (विदेशी) गाँजा तान्ने, जथाभावी घुम्ने गर्थे, त्यतिखेर काठमाडौंमा। यी हिप्पीहरू लागूपदार्थ मात्र खाने नभएर हिन्दू कार्यक्रममा समेत सहभागी हुन्थे। गाँजाको तालमा ‘हरे रामा हरे कृष्णा’ गाइरहन्थे। त्यतिखेर राजाखलकसित हेलमेल भएकाले भारतीय अभिनेता/निर्माता देव आनन्द नेपाल आइरहन्थे। हिप्पीहरूबाट प्रभावित […]

बालविवाह र महिला हिंसा घटाउन सक्रिय छन् गढवाका आमाहरू

रञ्जीता अधिकारी देउखुरी (दाङ), २५ असार/रासस गढवा गाउँपालिका–५ खजरौटामा आमा समूह गठन भएको तीन वर्ष भयो। मुक्तकम्लरी विकास मञ्चको बालविवाह न्यूनीकरण कार्यक्रम अन्तर्गत गठित आमा समूहले गाउँघरमा हुने हरेक कार्यक्रममा सहभागिता जनाउने गरेको छ । समूहकी अध्यक्ष आनन्दा यादव ४६ वर्षकी भइन्। उनी आमा समूहमा आबद्ध भएपछि धेरै कुरा सिक्ने अवसर मिलेको बताउँछिन्। बालविवाह न्यूनीकरण, […]

बेलायतमा हरेक दिन १६० क्यान्सरका बिरामी

चुरोटको धूवाँ सुस्त विष हो, जसले तपाईंको शरीरलाई बिस्तारै नष्ट गरिरहेको हुन्छ। हालै गरिएको एक अध्ययन अनुसार धूमपानका कारण हरेक दिन १६० नयाँ व्यक्ति क्यान्सरबाट पीडित भइरहेका छन्। यो चकित पार्ने खुलासाले हाम्रो समाजको लागि गम्भीर खतराको घण्टी बजाउँछ। क्यान्सर रिसर्च युकेले भर्खरै गरेको अध्ययनमा चुरोट पिउँदा डरलाग्दा नतीजाहरू उजागर गरेको छ। अध्ययन अनुसार बेलायतमा […]

के हो डीप भेन थ्रोम्बोसिस

धेरै घण्टा एकै ठाउँमा बसेर काम गर्दा धेरै रोग लाग्ने खतरा हुन्छ। यीमध्ये मुटुरोग र मोटोपनको जोखिम सबैभन्दा बढी हुन्छ। लामो समय बसेर काम गर्दा क्यालोरी कम बर्न हुन्छ। यसले तौल बढ्न सक्छ। बढ्दो तौलले मधुमेह, मुटुरोग, गठियाजस्ता रोग निम्त्याउँछ। तर के तपाईंलाई थाहा छ कि घण्टौंसम्म बसेर काम गर्दा डीप भेन थ्रोम्बोसिस रोग लाग्न […]

भारी वर्षाका कारण मुम्बईमा विद्यालय बन्द

नयाँ दिल्ली, २५ असार/सिन्ह्वा भारी वर्षाका कारण मङ्गलवार भारतको आर्थिक राजधानी मुम्बई र वरपरका विद्यालय र अन्य शैक्षिक संस्थाहरू बन्द गरिएका छन् भने विश्वविद्यालयका परीक्षाहरू पनि स्थगित गरिएका छन्। भारी वर्षापछि रेल तथा उडान सेवा पनि प्रभावित भएका छन्। सोमवार विभिन्न स्थानमा ३०० मिलिमिटरभन्दा बढी वर्षा दर्ता भएपछि विभिन्न क्षेत्रमा गम्भीर जलप्रभाव देखिएको छ। अति […]

पर्सामा ६० प्रतिशत रोपाइँ

वीरगंज (पर्सा), २५ असार/रासस कृषि ज्ञान केन्द्र, पर्साका अनुसार पर्सामा ६० प्रतिशत रोपाइँ भएको छ। हालसम्म २८ हजार २७८ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको छ। यो जिल्लामा ४७ हजार १३० हेक्टरमा धानखेती हुने गरेको छ। केन्द्रका अनुसार साउनको दोस्रो सातासम्म पर्सा जिल्लाका सबै ठाउँमा रोपाइँ सकिनेछ। विगतका वर्षको तुलनामा यो वर्ष मनसुन पनि चाँडो भित्रिएको र […]

मगर समुदायको कथामा अभिनेता दयाहाङ

काठमाडौं, २५ असार/रासस अभिनेता दयाहाङ राई पछिल्लो समय विभिन्न समुदायसँग जोडिएका कथामा आधारित चलचित्रमा देखिंदै आएका छन्। पछिल्लो एक वर्षमा मात्रै उनले ‘जारी’मा लिम्बू, ‘दयारानी’मा गुरुङ, ‘गाउँ आएको बाटो’मा राई समुदायको कथामा आधारित चलचित्रमा अभिनय गरे। आउँदो शुक्रवार अर्थात् यही २८ असारबाट प्रदर्शन हुने ‘घरज्वाइँ’मा उनले मगर समुदायको कथामा अभिनय गरेका छन्। उक्त चलचित्रको कथा […]

कृषि प्राविधिकको धर्ना जारी

काठमाडौं, २५ असार/रासस कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतका ३७८ कर्मचारीले १० दिनदेखि मन्त्रालय परिसरमा धर्ना दिइरहेका छन्। कर्मचारी समायोजन अध्यादेश २०७५ अनुसार सङ्घमा समायोजन भएका एक हजार ३३९ कर्मचारीमध्ये ३७८ कृषि प्राविधिकको कार्यालय र पद अहिले नभएको भन्दै कर्मचारी १० दिनदेखि धर्नामा बसेका हुन्, जसका कारण कर्मचारीको २० वर्षदेखि बढुवा पनि हुन नसकेको कृषि […]

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।