चुरोटको धूवाँ सुस्त विष हो, जसले तपाईंको शरीरलाई बिस्तारै नष्ट गरिरहेको हुन्छ। हालै गरिएको एक अध्ययन अनुसार धूमपानका कारण हरेक दिन १६० नयाँ व्यक्ति क्यान्सरबाट पीडित भइरहेका छन्। यो चकित पार्ने खुलासाले हाम्रो समाजको लागि गम्भीर खतराको घण्टी बजाउँछ।
क्यान्सर रिसर्च युकेले भर्खरै गरेको अध्ययनमा चुरोट पिउँदा डरलाग्दा नतीजाहरू उजागर गरेको छ। अध्ययन अनुसार बेलायतमा हरेक दिन करीब १६० जनामा धूमपानसम्बन्धी क्यान्सर पत्ता लागेको छ, जुन वार्षिकरूपमा ५८,००० मामिला हुने गर्छ। यो रिपोर्ट गम्भीर चेतावनी हो, जसले चुरोटको खतरा उजागर गरेको छ।
अध्ययनले बेलायतमा क्यान्सरको सबैभन्दा ठूलो कारण चुरोट भनिएको छ। चुरोट हरेक सातजनामध्ये एकजनामा क्यान्सरको मामिलाको जिम्मेवार हो। धूमपान गर्नेको सङ्ख्या घटे पनि जनसङ्ख्याको वृद्धि र वर्षाैं अघि भएको क्षतिका कारण क्यान्सरका बिरामी बढिरहेका छन्।
क्यान्सर रिसर्च युकेका नीति निर्देशक डा इयान वाकरले बेलायतमा हरेक घण्टा छजनामा धूमपानका कारण हुने क्यान्सर पत्ता लागेको बताए। चुरोट अत्यन्तै विषाक्त पदार्थ हो र हाम्रो भविष्यमा यसको कुनै स्थान छैन।
क्यान्सर रिसर्च युके एपिडेमियोलोजिस्ट क्यारिस बेट्सले भने कि धूमपान बेलायतमा क्यान्सरको सबैभन्दा ठूलो कारण बनेको छ र फोक्सो, स्तन र आन्द्रा जस्ता सबैभन्दा सामान्य क्यान्सरहरूसहित १६ प्रकारका क्यान्सरको लागि जिम्मेवार छ। धूमपान छोड्नु भनेको तपाईंको स्वास्थ्यको लागि गर्न सक्ने उत्तम कुरा हो।
क्यान्सर रिसर्च युकेले अनुमान गरेको छ कि सन् २०२३ मा ५७ हजार ५५५ धूमपानसम्बन्धी क्यान्सर पत्ता लागेका छन्। यो सन् २००३ मा फेला परेका ४९ हजार ३२५ मामिलाभन्दा १७ प्रतिशत बढी हो र २०१३ मा फेला परेका ५६ हजार ९१ मामिलाभन्दा पनि बढी हो, अर्थात् यो अहिलेसम्मकै उच्च सङ्ख्या हो। युकेमा हरेक वर्ष सबै प्रकारका क्यान्सरका मामिलाको कुल सङ्ख्या लगभग चार लाख छ।
चुरोटमा रहेको रसायन र टारले कोशिकाको डिएनएलाई हानि पु–याउँछ, जसले ट्युमरको विकास गर्न सक्छ। फोक्सोको क्यान्सर सबैभन्दा प्रत्यक्षरूपमा धूमपानसँग जोडिएको छ र धूमपानको कारण हुने क्यान्सरका आधा घटनाको लागि जिम्मेवार छ। तर यसले कलेजो, घाँटी र मिर्गौलाको ट्युमर पनि निम्त्याउने गर्छ, जसका मामिलाहरू विगत २० वर्षमा दोब्बर भएका छन्।