साउथजोन माविमा पुरस्कार वितरण समारोह

प्रस, परवानीपुर, २५ असार/

वीरगंज–१३ राधेमाईस्थित साउथ जोन माविले वार्षिक पुरस्कार वितरण समारोह सम्पन्न गरेको छ।

विद्यालय परिसरमा आयोजित कार्यक्रममा नर्सरीदेखि कक्षा १० सम्मका प्रथम, द्वितीय, तृतीय एवं विभिन्न क्ष्Fेत्रमा पहिचान बनाएका विद्यार्थीहरूलाई प्रशंसापत्रसहित मायाको चिनो प्रदान गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि श्रीजङ्ग गण वीरगंजका प्रमुख सेनानी कुशल कार्कीले विद्यार्थीहरूको प्रदर्शन देखेर खुशी लागेको बताउँदै बाल्यकालदेखि अनुशासित भएर पठनपाठनमा लाग्न सुझाव दिए। त्यसैगरी, वीरगंज महानगरपालिका शैक्षिक प्रशासन महाशाखाका शिक्षा अधिकृत आनन्द लामिछानेले नेपालको शिक्षा क्षेत्रमा संस्थागत विद्यालयहरूको योगदान महत्वपूर्ण बताए।

विद्यालयका संस्थापक प्रिन्सिपल सरोजप्रसाद चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्याब्सनका केन्द्रीय सदस्य छेडुप लामा, प्याब्सन पर्साका अध्यक्ष पुरन केसी, नेपाल पत्रकार महासङ्घ, पर्साका अध्यक्ष अनुप तिवारीलगायत अभिभावक, शिक्षक, विद्यार्थीहरूको सहभागिता थियो। कार्यक्रममा विद्यालयका चारवटा सदनले मार्चपास एवं विभिन्न समूहले साङ्गीतिक प्रस्तुति दिएका थिए।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्