खोटाङ, २५ असार/रासस

कोशी प्रदेशस्तरीय महिला फूटबल प्रतियोगिताको उपाधि झापाले जितेको छ। दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित यलम्बर रङ्गशालामा मङ्गलवार सम्पन्न फाइनल खेलमा झापाले भोजपुरलाई १–० गोलले पराजित गर्दै उपाधिको रक्षा गरेको हो। झापाका लागि जेनिफर रानामगरले पहिलो हाफको १५औं मिनेटमा निर्णायक गोल गरिन्। उपाधिसँगै झापाले नगद रु दुई लाख पुरस्कार  प्राप्त गरेको छ। उपविजेता भोजपुरले रु एक लाख पुरस्कार प्राप्त ग–यो। प्रतियोगिताभर नौ गोल गरेकी झापाकी जेनिफर उत्कृष्ट खेलाडी भइन्। उनले सेमिफाइनल खेलमा ताप्लेजुङविरुद्ध छ गोल गरिन्। उनले रु पाँच हजार प्राप्त गरिन्।

यस्तै, प्रतियोगितामा उत्कृष्ट गोलरक्षक झापाकी जशोदा राई, उत्कृष्ट डिफेन्डर भोजपुरकी कमला श्रेष्ठ, उत्कृष्ट मिडफिल्डर झापाकी सिमरन राई, उत्कृष्ट फरवार्ड भोजपुरकी आरती भुजेल र उदीयमान खेलाडी खोटाड्ढी रिया राई घोषित भए। उनीहरूले जनही रु तीन हजार पुरस्कार प्राप्त गरे।

विजेता खेलाडीलाई कोशी प्रदेश खेलकूद विकास बोर्डका सदस्यसचिव कृष्ण बस्नेत, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईलगायतले पुरस्कार प्रदान गरे। कोशी प्रदेश सामाजिक विकास मन्त्रालय र प्रदेश खेलकूद विकास बोर्डको रु २० लाख सहयोगमा प्रतियोगिता आयोजना गरिएको जिल्ला खेलकूद विकास समितिका प्रमुख लीलाभक्त केसीले जानकारी दिए। चन्दा सङ्कलन तथा दाताको सहयोगमा निर्माण गरिएको खेलमैदानमा पहिलोपटक प्रदेशस्तरीय महिला फूटबल प्रतियोगिता सञ्चालन गरिएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here