श्रीसिया बन्दरगाहद्वारा ४६ अर्ब राजस्व सङ्कलन
प्रस, परवानीपुर, २५ असार/ वीरगंजस्थित श्रीसिया सुक्खा बन्दरगाह कार्यालयले चालू आव २०८०/८१ को असार २४ गतेसम्म ४६ अर्ब १७ करोड १९ लाख ३३ हजार राजस्व सङ्कलन गरेको छ। कार्यालयले सोही अवधिसम्म ६५ अर्ब ९४ करोड एक लाख २२ हजार लक्ष्य पाएकोमा ७०.०२ प्रतिशत अर्थात् ४६ अर्ब १७ करोड १९ लाख ३३ हजार राजस्व सङ्कलन गरेको […]
२०८१ असार २६ गते बुधवारको प्रतीक दैनिक
पढ्न यहाँ क्लिक गर्नुहोस्
जहाँ बढी पैसा पाइन्छ, नापीका अमिनहरू उतै खट्छन्
प्रस, परवानीपुर, २५ असार/ नापी कार्यालय, पर्सा मातहत काम गर्ने विभिन्न फाँटका अमिनहरू कार्यालयको नियम मिचेर आर्थिक प्रलोभनमा परी काम गर्ने गरेको गुनासो बढेको छ। सेवाग्राहीहरूले जग्गा नापजाँचको लागि रसीद कटाएर महीनौं बितिसक्दा पनि जग्गा नापजाँचमा अमिनहरू नआउने गरेको गुनासो गरेका छन्। तर जसले सबै प्रक्रिया पूर्याएर बढी पैसा दिएर अमिनलाई लैजान चाहन्छ, उसको जग्गा […]
कोइला वीरगंज आउन थालेपछि भारतीय रेलवेले लोडिङमा प्रतिबन्ध लगाउँदै
प्रस, परवानीपुर, २५ असार/ भारतीय रेलवेले वीरगंजस्थित सुक्खा बन्दरगाहसम्म आउने रेलहरूलाई कटौती गर्दै लोडिङमा प्रतिबन्ध लगाउँदै आएको छ। रक्सौलको लुज कार्गोको ह्यान्डलिड्ढो व्यापार प्रत्यक्षरूपमा श्रीसिया बन्दरगाह भन्सार कार्यालयमा स्थानान्तरण भएकोले बन्दरगाह भन्सार कार्यालयलाई असफल पार्नको लागि भारतीय रेलवेले विभिन्न बहानाबाजी गर्दै यस्तो प्रतिबन्ध लगाउँदै आएको छ। गत जून ८ देखि ११ सम्म चार दिन, जून […]
भुक्तानीको विषयलाई लिएर महानगरदेखि गापासम्म विवाद
प्रस, वीरगंज, २५ असार/ पर्साका अधिकांश पालिकामा भुक्तानीको विषयलाई लिएर अहिले विवाद शुरू भएको छ। चालू आर्थिक वर्षको भुक्तानीमा प्रमुख प्रशासकीय अधिकृत तथा लेखा अधिकृतहरूले आफूखुसी भुक्तानी दिने गरेको जनप्रतिनिधिहरूको आरोप छ। चालू आवमा जनप्रतिनिधिमार्फत भएका विकास निर्माण कार्यहरूको भुक्तानी नदिई कर्मचारीहरू संलग्न भएका कामहरूको मात्र भुक्तानी दिएको भन्दै ठेकेदार, उपभोक्ता समिति, विभिन्न आपूर्तिकर्ताहरूले अहिले […]
जीतपुरमा सडक तथा फूटपाथ अतिक्रमणमुक्त
प्रस, जीतपुर, २५ असार/ जीतपुरसिमरा उपमहानगरपालिका–७ मा सडक, फूटपाथ अतिक्रमणमुक्त गरिएको छ। मङ्गलवार सरोकारवालाहरूको सक्रियतामा वीरगंज–पथलैया छ लेन सडक तथा फूटपाथलाई अतिक्रमणमुक्त गरिएको जीतपुरसिमरा नगर उद्योग वाणिज्य सङ्घका प्रथम अध्यक्ष्F घनश्याम गिरीले बताए। सडक तथा फूटपाथ अतिक्रमण हुँदा बटुवा र सवारीसाधनलाई आवागमनमा समस्या भएपछि अतिक्रमणमुक्त गरिएको इलाका प्रहरी कार्यालय, जीतपुरका प्रमुख एवं प्रहरी नायब निरीक्षक […]
क्षतिग्रस्त लालबकैया बाँधको निरीक्षण
प्रस, वीरगंज, २४ असार/ बाढीले रौतहटस्थित लालबकैया नदी र बाग्मती नदीको बाँधमा क्षति पुर्याएको छ। लालबकैया नदी नियन्त्रणका लागि रौतहट जिल्ला विपद् व्यवस्थापन समितिद्वारा मर्यादपुरस्थित जोखिमपूर्ण बाँधको निरीक्षण तथा अनुगमन गरिएको छ। मौलापुर नगरपालिकाकी प्रमुख रीनाकुमारी साह, उपप्रमुख नागेन्द्र यादव, विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मी, प्रहरी उपरीक्षक दिलीप घिमिरे, सशस्त्र […]
माओवादी संसदीय दलको नेता हटाउन माग
प्रस, वीरगंज, २४ असार/ मधेस प्रदेशमा माओवादी केन्द्रका सांसदहरूले संसदीय दलका नेता भरतप्रसाद साहलाई हटाउन माग गरेका छन्। माओवादी केन्द्रका नौमध्ये छजना प्रदेश सांसदले दलको नेताबाट साहलाई हटाउन संसदीय दलमा प्रस्ताव पेश गरेका छन्। संसदीय दलको विधानको दफा २० (१) अनुसार प्रमुख सचेतक फकिरा महतो, जवाहर कुशवाहा, राजी हैदर, सुनीता यादव, मालाकुमारी कर्ण र रहबर […]
जीतपुरसिमरा नगरसभाविरुद्ध उत्प्रेषण परमादेशको आदेश दिन अस्वीकार
प्रस, वीरगंज, २५ असार/ उच्च अदालत अस्थायी इजलास वीरगंजले जीतपुरसिमरा उपमहानगरपालिकाको नगरसभाविरुद्ध उत्प्रेषण परमादेशको आदेश दिन अस्वीकार गरेको छ। गत असार १० गते सम्पन्न भएको भनिएको नगरसभा नियमविपरीत रहेको भन्दै उपप्रमुख भोलाप्रसाद अधिकारीसहित वडाअध्यक्ष र कार्यपालिकाका ९१ जना सदस्यले पुनः अर्काे नगरसभाको माग गर्दै नगरप्रमुख राजन पौडेल र प्रमुख प्रशासकीय अधिकृतविरुद्ध उत्प्रेषण परमादेशको माग राखेर […]
शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
प्रस, जनकपुर, २५ असार/ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको श्री माध्यमिक विद्यालय बरमझियाका राहत शिक्षक ब्रह्मदेव यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। नक्कली अध्यापन अनुमतिपत्रको आरोपमा यादवविरुद्ध मङ्गलवार विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ। आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार निमावि राहत शिक्षक यादवले नक्कली स्थायी अध्यापन अनुमतिपत्र पेश गरी नियुक्ति लिएर २०६३ सालदेखि […]