प्रस, जनकपुर, २५ असार/

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको श्री माध्यमिक विद्यालय बरमझियाका राहत शिक्षक ब्रह्मदेव यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। नक्कली अध्यापन अनुमतिपत्रको आरोपमा यादवविरुद्ध मङ्गलवार विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ।

आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार निमावि राहत शिक्षक यादवले नक्कली स्थायी अध्यापन अनुमतिपत्र पेश गरी नियुक्ति लिएर २०६३ सालदेखि तलबरभत्ता खाइरहेको पाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here