महिला भलिबल टोली घोषणा

काठमाडौं, १९ असार/रासस नेपाल भलिबल सङ्घले काभा यू–२० महिला भलिबल च्याम्पियनशिपमा सहभागी हुने टोली घोषणा गरेको छ। टोलीमा बाग्मती प्रदेशका छ, लुम्बिनी प्रदेशका चार तथा सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशबाट समान एक/एक खेलाडी गरी १२ सदस्य छनोट भएको नेपाल भलिबल सङ्घका अध्यक्ष जीतेन्द्रबहादुर चन्दले जानकारी दिए। टोलीमा बाग्मतीबाट जेनिशा विक, अनिशा मानन्धर, एन्जिला मानन्धर, निशा […]

परिपक्व पत्रकारिताका लागि सम्पादकीय स्वतन्त्रता आवश्यक’

काठमाडौं, १९ असार/रासस प्रेस काउन्सिल नेपालले परिपक्व पत्रकारिताका लागि सञ्चारमाध्यममा सम्पादकीय स्वतन्त्रता प्रदान गरिनुपर्ने आवश्यकता औंल्याएको छ। काउन्सिलद्वारा बुधवार आयोजित ‘समाचार सम्पादनमा पत्रकार आचारसंहिताको सवाल’ विषयक अन्तत्र्रिmयामा पत्रकारिताको महत्व र आकर्षण कायम राख्न सूचना तथा समाचार छुट्याएर सम्प्रेषण गर्न सक्नुपर्नेमा जोड दिइयो। काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले मर्यादित र विश्वसनीय पत्रकारिताका लागि प्रत्येक सञ्चारगृहले आआफ्नो आचारसंहिता […]

धार्मिकसभामा भागदौड हुँदा १२१ जनाको मृत्यु

हाथरस, भारत, १९ असार/एएफपी उत्तरी भारतमा आयोजित हिन्दू धार्मिकसभामा मङ्गलवार भएको घातक भागदौडका कारण घाइते भएका थप २४ व्यक्तिको मृत्युसँगै बुधवारसम्म मृत्यु हुनेको सङ्ख्या १२१ पुगेको छ। प्रहरी प्रतिवेदन अनुसार भारतको उत्तर प्रदेश राज्यमा भएको सभामा दुई लाख ५० हजारभन्दा बढी धर्मावलम्बीले भाग लिएका समय एक्कासि भागदौड हुँदा ठूलो सङ्ख्यामा हताहत भएको थियो। घटनाको केही […]

सुँघ्ने क्षमता किन कमजोर हुन्छ ?

सुँघ्ने क्षमता कमजोर हुनु गम्भीर रोगको सङ्केत पनि हुन सक्छ। यसबाट अल्जाइमर र पार्किन्सन्सजस्तो न्युरोडिजेनेरेटिभ रोगको खतरा रहन्छ साथै डिप्रेशन हुने सम्भावना पनि बढ्छ। अमेरिकामा जोन हपकिन्स मेडिसिनका वैज्ञानिकले गरेको शोध अनुसार जुन व्यक्तिको सुँघ्ने क्षमता जति कमजोर हुन्छ उसको मानसिक स्थिति पनि खराब हुन थाल्छ। यस शोधमा सहभागी प्राध्यापक विद्या कामथले भनिन्– मानिसमा सुँघ्ने […]

के हो फिजटिङ ?

कार्यालय वा घरमा कुर्सीमा बसेको समयमा खुट्टा हल्लाउनु, कुर्सी घुमाउनु वा पेनसँग खेल्नु अशिष्टता भएपनि यस्तो गर्नु स्वास्थ्यको लागि फाइदा पुग्ने विशेषज्ञले बताएका छन्। यस गतिविधिलाई फिजटिङ भनिन्छ, जुन एक प्रकारको व्यायाम हो। व्यक्तिको यो चञ्चलताले उसको शरीरलाई सक्रिय राख्नुका साथै विभिन्न रोगबाट बचाउने गर्छ। लिड्स युनिभर्सिटीका पोषण विशेषज्ञ जेनेट कैडको भनाइ छ, यस्तो व्यवहारलाई […]

मनसुनसँगै रोगहरूको उच्च जोखिम

मनसुन शुरू भएको एक हप्ता भइसकेको छ। निरन्तर दोहोरिने तथा जलवायु परिवर्तनबाट हुने असरको प्राकृतिक विपद् जोखिमले नेपाल विश्वमैं अग्रस्थानमा छ। उत्तरबाट दक्षिणतर्फ बहने खोलानाला र खहरेले बाढी, पहिरो, डुबान, हिमपहिरो तथा हिमताल बिस्फोटन, चट्याङ, डढेलो, आगलागीजस्ता प्राकृतिक विपद् बर्सेनि दोहोरिने गरेका छन्। भूकम्पीय जोखिमका हिसाबले नेपाल ११ औं, जल उत्पन्न प्रकोपमा ३०औं, जलवायु परिवर्तनको […]

आफ्नै पसल चोरीको अभिनय गर्दा …

चितवन, १९ असार/रासस बीमा रकमको लोभमा आफ्नै पसल लुटपाट भएको अभिनय गर्ने पसल सञ्चालकसहित पाँचजना पक्राउ परेका छन्।  यही असार १ गते साँझ कालिका नगरपालिका वडा नं ६ खोलेसिमलस्थित विनोद सुनचाँदी पसलमा लुटपाट गरेको आरोपमा पसलका सञ्चालकसहित पाँचजना मङ्गलवार पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा विनोद सुनचाँदी पसलका सञ्चालक कालिका […]

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौं, १९ असार/रासस नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ। बुधवार नेप्से परिसूचक तीन दशमलव ७९ अङ्कले बढेर दुई हजार १०४ दशमलव २२ को अङ्कमा कायम भएको हो। आज ३१४ कम्पनीका एक करोड ७१ लाख ३४ हजार ८२ कित्ता शेयर ६१ हजार १९९ पटक खरीद–बिक्री हुँदा कारोबार रकम रु पाँच अर्ब आठ […]

हेटौंडामा नबमूना सडक बनाइँदै

बागमती, १९ असार/रासस हेटौंडा उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्रका दुई सडकलाई नमूना सडक बनाउने भएको छ। हेटौंडा–४ स्थित रजतजयन्ती र हेटौंडा ७ र ८ को सिमानामा रहेको सडकलाई नमूना सडक बनाउन लागिएको हो। शहरी विकास मन्त्रालय अन्तर्गत एकीकृत शहरी पूर्वाधार विकास कार्यक्रममार्फत ती दुवै सडकलाई नमूना सडकको रूपमा निर्माण गर्न लागिएको हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाले जानकारी […]

लगानी सम्मेलनमा प्रस्तुत दुई आयोजनामा आशयपत्र प्राप्त

काठमाडौं, १९ असार/रासस गत वैशाख १६ र १७ गते आयोजित तेस्रो लगानी सम्मेलनमा प्रस्तुत दुई आयोजनाका लागि आशयपत्र प्राप्त भएका छन्। लगानी बोर्डका सहप्रवक्ता रमेश अधिकारीका अनुसार जानकी हेरिटेज होटल एन्ड कल्चरल भिलेजका लागि सोल्टी सिबक्रिम प्राइभेट लिमिटेड, ताहाचल र बबरमहल प्रशासनिक प्लाजा परियोजनाका लागि गान्सु–एसएस ल्यान्डमार्क, ब्लुबर्ड मल काठमाडौंले आशयपत्र पेश गरेका हुन्। लगानी […]

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।