नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको वृद्धि देखिएको छ। मङ्गलवार नेप्से परिसूचक पाँच दशमलव ६० अङ्कले बढेर दुई हजार ७१ दशमलव ७७ को बिन्दुमा कायम भएको हो।
आज ३१९ कम्पनीका ९४ लाख ३५ हजार ४५४ कित्ता शेयर ६० हजार ८५८ पटक खरीद–बिक्री हुँदा रु चार अर्ब १८ करोड ७७ लाख ९६ हजार ८३३ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।
आज बैंकिङ समूह शून्य दशमलव ४६, वित्त समूह दुई दशमलव १५, निर्जीवन बीमा शून्य दशमलव २२, व्यापार शून्य दशमलव १८ र अन्य समूह शून्य दशमलव ०१ प्रतिशतले घटेका छन् भने अरू सबै समूहको उपसूचक बढेका छन्। विकास बैंक समूह शून्य दशमलव ३२, होटल तथा पर्यटन एक दशमलव १२, जलविद्युत् एक दशमलव १८, लगानी एक दशमलव ७०, जीवन बीमा शून्य दशमलव ५५, उत्पादन तथा प्रशोधन शून्य दशमलव ३९, लघुवित्त शून्य दशमलव ३४ र लघुवित्त शून्य दशमलव ४२ प्रतिशतले बढेका छन्।
ग्लोबल आइएमई बैंक डिबेन्चर २०८४/८५ को शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ। कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याको आधारमा सबैभन्दा धेरै रु १४ करोड ८३ लाख आठ हजार १६ बराबरको दुई लाख २४ हजार ९९२ बराबरको शेयर कारोबार भएको छ।