प्रस, रौतहट, १० असार/

कटुवा पेस्तोलसहित सशस्त्र प्रहरीले एकजना भारतीयलाई पक्राउ गरेको छ। भारत सीतामढी जिल्ला बैरगनिया–३ असोगी बस्ने २१ वर्षीय युवक राहुल रामलाई सशस्त्र प्रहरीले कटुवा पेस्तोलसहित पक्राउ गरी आफूलाई जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय, रौतहटले जनाएको छ।

सोमवार राति साढे १२ बजे नेपाल–भारत सीमा रहेको गौर नगरपालिका–२ महादेवपट्टिबाट सशस्त्र प्रहरीको टोलीले भारतीय युवक रामलाई पक्राउ गरेको थियो। भारतीय नम्बरको मोटरसाइकलबाट नेपालतर्फ आएका रामलाई चेकजाँच गर्दा मोटरसाइकलको टूल बक्समा लुकाएर राखेको अवस्थामा कटुवा पिस्तोल बरामद भएको सशस्त्र प्रहरीले दाबी गरेको छ।

पक्राउ परेका रामलाई आवश्यक कारबाहीका लागि जिप्रका, रौतहटको जिम्मा लगाएको सशस्त्र प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here