नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ। यो साता कारोबारको पहिलो दिन आइतवार नेप्से परिसूचक २२ दशमलव १४ अङ्कले घटेर दुई हजार १०९ दशमलव ३४ को बिन्दुमा कायम भएको हो।
आज ३१५ कम्पनीका एक करोड १० लाख ४४ हजार ४८५ कित्ता शेयर ७० हजार ५८६ पटक खरीद–बिक्री हुँदा रु चार अर्ब ४४ करोड १५ लाख ३८ हजार ४७१ बराबरको कारोबार भएको छ। आजको कारोबारपछि कुल बजार पूँजीकरण रु ३३ खर्ब ४४ अर्ब ७९ करोड ७६ लाख ३९ हजार पुगेको छ।
आजको कारोबारमा होटल तथा पर्यटन समूह तीन दशमलव ३७ र म्युचुअल फन्ड शून्य दशमलव २१ प्रतिशतले बढेको छ भने अरू सबै समूहका उपसूचक घटेका छन्। सबैभन्दा धेरै वित्त समूह दुई दशमलव १९ र जलविद्युत् समूह एक दशमलव ६२ प्रतिशतले घटेका छन्।
कालिञ्चोक दर्शन लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ। सबैभन्दा धेरै गुमाउनेमा भने इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य छ दशमलव ३६ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको रु १५ करोड ६६ लाख १३ हजार ८३३ बराबरको कारोबार भएको छ। कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने रिडी पावर कम्पनी लिमिटेडको चार लाख २६ हजार ८९६ कित्ता शेयर किनबेच भएका छन्।