सर्लाहीमा लाइसेन्सको लागि प्रयोगात्मक परीक्षा शुरू
नितेश कर्ण, वीरगंज, ६ जेठ/ सर्लाहीमा पहिलोपटक सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा शुरू भएको छ। मधेस प्रदेशको श्रम तथा यातायातमन्त्री बेची लुङ्गेलीले शुक्रवार मलङ्गवा नगरपालिका–९ स्थित रहेको मङ्गलबाबा ट्रायल सेन्टरको उद्घाटन गरेपछि सवारी चालकको प्रयोगात्मक (ट्रायल) परीक्षा शुरू भएको हो। प्रयोगात्मक परीक्षा तथा ट्रायल सेन्टर स्थलको अनुगमन तथा उद्घाटन गर्दै मन्त्री लुङ्गेलीले यातायात व्यवस्था कार्यालय, […]
गाजा युद्धको योजना माग, राजीनामाको चेतावनी
इजरायल, ६ जेठ/एएनआई गाजामा जारी युद्धलाई लिएर इजरायली नेताहरूमा बढ्दै गइरहेको तनावकाबीच इजरायली युद्ध मन्त्रिमण्डलका सदस्य बेनी गान्ट्जले तीन हप्ताभित्र गाजा युद्धको लागि नयाँ योजना नआए सरकारबाट राजीनामा दिने चेतावनी दिएका छन्। उनको यो कदमले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई आफ्नो अति–दक्षिणपन्थी सहयोगीहरूमा बढी निर्भर बनाउनेछ। पूर्व इजरायली रक्षामन्त्री गान्ट्जले युद्ध मन्त्रिमण्डललाई जून ८ सम्म हमासविरुद्ध युद्धको […]
घामबाट आउनेबित्तिकै यस्तो गलती नगरौं
देशभर तापक्रम बढ्दै गएको छ। चर्काे घाम र गर्मीले जनजीवन कष्टकर बनेको छ। तातो हावाको लहर पनि चल्दैछ। गर्मीमा डिहाइड्रेशन र हिट स्ट्रोकको जोखिम बढी हुन्छ। त्यसैले सकेसम्म घामबाट जोगिनुपर्छ। गर्मी मौसममा गर्मीले मात्रै स्वास्थ्य बिग्रँदैन। कहिलेकाहीं हामी अन्जानमा केही गल्ती गर्छाैं जसले रोग निम्त्याउँछ। चीसो कुरा तुरून्तै सेवन : गर्मीमा चीसो पानी, फ्रिजको खानेकुरा […]
बढ्दो उमेरसँगै मुटु स्वस्थ राख्ने तरीका
हामी जीवनमा अगाडि बढ्दै जाँदा हाम्रो शरीरमा विभिन्न परिवर्तनहरू हुन्छन् र यो हाम्रो उमेर अनुसार हाम्रो जीवनशैली समायोजन गर्न महत्वपूर्ण हुन्छ। उमेर बढ्दै जाँदा मुटुको स्वास्थ्य सही राख्नुपर्छ अन्यथा मुटुको स्वास्थ्यमा प्रतिकूल असर पर्छ। अपोलो अस्पताल, दिल्लीका वरिष्ठ कार्डियोलोजिस्ट डा. वनिता अरोराले यस खतराबाट बच्न महत्वपूर्ण टिप्स दिएकी छन् जसलाई तपाईंले आप्mनो दैनिक जीवनमा पालना […]
नामको सट्टा सर्वनाम
-कुमार रुपाखेती नामको सट्टा प्रयोग गरिने शब्दलाई सर्वनाम भनिन्छ। अहिले भारतीय लोकसभा निर्वाचनमा नामको सट्टा प्रयोग गरिने सर्वनामले धूम मचाएको छ। जस्तैः राहुल गाँधीको नामको सट्टा साहबजादे र पप्पु प्रयोग गरिन्छ, त्यस्तै मोदी–अमित शाहको जोडीलाई रङ्गा–बिल्लाको जोडी भनिन्छ। नीतीश कुमारलाई पल्टुराम र लालु यादवलाई लालटेन युगको बच्चा पैदा गर्ने मेशिन भनिन्छ। सोनिया गाँधीलाई साहबजादेकी अम्मा […]
युवा समाज र ब्रह्मबाबा क्लब विजयी
प्रस, सेढवा, ६ जेठ/ दोस्रो जीराभवानी मेयरकप फूटबल प्रतियोगिताको दोस्रो दिन आइतवार भएको पहिलो खेलमा युवा समाज पकडीटोलले जीत हासिल गरेको छ। न्यू सनलाइट युवा स्पोट्र्स क्लब, सुपौलीद्वारा आयोजित प्रतियोगितामा पकडीटोलले भगौली बाबा क्लब, शङ्करसरैयालाई एक गोलका विरुद्ध तीन गोलअन्तरले पराजित गरेको हो। यस खेलमा पकडीटोलका जर्सी नं २९ का सूर्य चौधरी ‘म्यान अफ दी […]
स्रोत नखुलेको ठूलो परिमाणमा रकम बरामद
राजेश केशरीवाल, रक्सौल, ६ जेठ/ बिहार पुलिस लोकसभा चुनावको लागि सक्रिय भएको छ। प्रहरीले निरन्तर चेकजाँच अभियान चलाइरहेको छ। यसैबीच, मोतिहारी प्रहरीले ठूलो सफलता हात पारेको छ। भारत–नेपाल सीमा शहर रक्सौल वडा नं ११ नागा रोडबाट प्रहरीले करीब ७१ लाख ५० हजार रुपियाँँ बरामद गरेको छ। मोतिहारीका एसपी कन्तेशकुमार मिश्रले गोप्य सूचनाको आधारमा कारबाई गरिएको […]
अन्तर्राष्ट्रिय हाफ म्याराथनमा राजन र सुमित्राले स्वर्णपदक जिते
काठमाडौं, ६ जेठ/ रासस अन्तर्राष्ट्रिय हाफ म्याराथनको उपाधि पुरुषतर्फ राजन रोकाया र महिलातर्फ सुमित्रा चौधरीले जितेका छन्। दुवै विधाका विजेताले जनही रु ५० हजार प्राप्त गरे। राजनले २१ दशमलव एक किलोमिटर दौड एक घण्टा १६ मिनेट सात सेकेन्डमा पूरा गरे भने खिमबहादुर खत्रीले एक घण्टा १७ मिनेट २४ सेकेन्डमा दूरी पार गर्दै दोस्रो स्थानमा रहे। […]
पालिका जिम्मेवार भएन
बारा जिल्लाको स्थानीय तह कोल्हवी, निजगढ नगरपालिका र जीतपुुरसिमरा उपमहानगरपालिका गरी तीनवटा पालिका अन्तर्गतका पाँचवटा खोलाबाट नदीजन्य पदार्थ उत्खनन, सङ्कलन, ओसारपोसारमा रोक लगाइएको छ। जिल्ला समन्वय समिति बाराले तीन पालिकाले पाँचवटा खोलाबाट ठेक्कामा नदीजन्य पदार्थ उत्खनन गराउँदै आएकामा सो खोलाहरूको तीनपटक अनुगमन गर्दा तोकिएको मापदण्डविपरीत कार्य भएको पाएपछि नदीजन्य पदार्थको उत्खननमा रोक लगाएको हो। कोल्हवी […]
असल शिक्षकका केही विशेषताहरू
-अनन्तकुमार लाल दास आचार्य चाणक्यले भनेका छन्, “शिक्षक कहिले पनि साधारण हुँदैन। प्रलय र उत्पत्ति दुवै उसको काखमा फल्ने फुल्ने गर्छ।” यो कुरा आज पनि त्यत्तिकै सान्दर्भिक छ। शिक्षा यदि सही दिशामा दिइयो भने मानिसलाई देउता बनाइदिन्छ र यदि गलत दिशामा प्राप्त भयो भने राक्षस सरह। नेपालको शिक्षा सन्दर्भमा कुरा गर्दा कैंयन प्रश्नमध्येको एउटा प्रश्न […]