बिहार पुलिस लोकसभा चुनावको लागि सक्रिय भएको छ। प्रहरीले निरन्तर चेकजाँच अभियान चलाइरहेको छ। यसैबीच, मोतिहारी प्रहरीले ठूलो सफलता हात पारेको छ। भारत–नेपाल सीमा शहर रक्सौल वडा नं ११ नागा रोडबाट प्रहरीले करीब ७१ लाख ५० हजार रुपियाँँ बरामद गरेको छ। मोतिहारीका एसपी कन्तेशकुमार मिश्रले गोप्य सूचनाको आधारमा कारबाई गरिएको बताए।
प्रहरीले ३४ लाख भारतीय र ६० लाख नेपाली रुपियाँँ बरामद गरेको छ। यस घटनामा दुईजनालाई पक्राउ गरी अनुसन्धान भइरहेको छ।
कारबाईमा प्रहरीले रक्सौलस्थित एकजनाको घरमा छापा मारी ७१ लाख ५० हजार रुपियाँँ बरामद गरेको हो। प्रहरीले नोट गणना गर्ने मेशीन पनि बरामद गरेको छ। सोधपूछको क्रममा अहिलेसम्म यति ठूलो रकमको कुनै स्रोत फेला परेको छैन।
पूर्वी चम्पारण जिल्लाका एसपी कन्तेशकुमार मिश्रले पक्राउ परेकाहरूसँग सोधपूछ जारी रहेकोले रकम पनि बढ्न सक्ने बताएका छन्। एसपी मिश्रले प्रारम्भिकरूपमा हेर्दा हवाला कारोबारसँग सम्बन्धित घटना भएको बताए।