किसान–प्रेमी एकजना मेरा प्रेमी छन्, म उनकी प्रेमिका चाहिं होइन । हामी दुवै एक अर्काका प्रेमी नै हौं, भन्दा हुन्छ । संयोग यस्तो कि प्रेमी रौतहट हुँदा म हेटौंडा थिएँ र म रौतहट आउँदा उनी चितवन पुगे । म यतै बस्न थालें, उनी उतै बस्न थाले ।
आजभोलि प्रविधिमैत्री युग छ । हामी सामाजिक सञ्जालमा नजोडिएका होइनौं तर हाम्रो संवाद अत्यन्त पातलो हुने गरेको छ । हृदयमा एक अर्काप्रति अनुराग भएपछि प्रेषित सामग्रीले भने अर्कालाई बुझिरहन सजिलो बनाइदिएको हुन्छ । हामीलाई यही माध्यम भएको छ संवादको ।
हृदयमा प्रेम छ भने निस्सन्देह एक अर्काप्रति श्रद्धाभाव आइरहन्छ । एकले गरेको काम अर्कोलाई राम्रो लागिरहन्छ । संवाद नै नहुँदा कसरी काम राम्रो लाग्ला त ? जे जति सामाजिक सञ्जालमा पोस्ट गरिन्छ, त्यत्तिबाटै हो अनुमान लगाउने । मैले पनि र प्रेमीले पनि ।
गौरमा रहँदा प्रेमी कर्मचारी थिए । कर्मचारीकै रूपमा आएका थिए र कर्मचारीकै रूपमा गए । कर्मचारी भएर आउनु वा जानुमा मात्र सीमित रहने हो भने समाजले खासै चिन्दैन । म हेटौंडा रहुन्जेल सयौं रौतहटेलीलाई देखेको हुँ भेटेको हुँ तर मैले गर्ने कर्मले तिनीहरूलाई चिनाएको हो । म पनि त्यहाँ शिक्षण पेशामा थिएँ, बोर्डिड्ढो मास्टर थिएँ । सबैलाई थाहा छ, बोर्डिड्ढो मास्टरलाई सितिमिति मान्छेले चिन्दैनन् । चिन्ने प्रयास नै गर्दैनन् किनभने बोर्डिड्ढा मानिसलाई केवल पढाउनुपर्ने हुन्छ । समय हुँदैन । रोजीरोटी अर्थात् दुःख–दुनियाँमा हराइरहन्छ । तर मैले भाषा, साहित्य र अन्य कामलाई पनि महŒव दिएँ । यसैले के भयो भने मानिसले चिन्न सके । मलाई चिने र मैले चिनें । मैले केहीलाई चिनाएँ र मलाई पनि केहीले चिनाए । किसान प्रेमी गौर हुँदा पनि यस्तै भएको थियो ।
प्रेमी कोठे–साहित्य–यात्रासित सम्बन्धित थिए । कोठे साहित्ययात्रा कुनै बेला रौतहटको पहिचान थियो र प्रेमी पनि यस यात्राका पहिचान थिए । म त कहिलेकाहीं कुनै कुनै कार्यक्रममा सहभागी हुन्थें वा हुन पाउँथे । गाउँगाउँमा हुने गरेको यो यात्रा घुम्दै मेरो घर गेडहीगुठीसम्म आइपुगेको थियो । गाउँका मानिसहरूसित भेटघाट तथा साहित्यको कुराकानी निकै रमणीय थियो । देशमा फरक परिवेश सिर्जना हुँदा यसले अलिकति विराम के पाएको थियो, यस यात्राका सहयात्रीहरू पनि तितरबितर भए । कोही कता गए त कोही कता । सबैले छोडेको इतिहास यहाँको माटोमा अझै सुगन्ध फैलाइरहेछ ।
यात्रामा कविता पनि सुनाउने कार्यक्रम हुन्थ्यो । कार्यक्रमले स्थानीय प्रतिभालाई पनि महŒव दिन्थ्यो । सामान्यतया यो पनि विचार गरिन्थ्यो कि पुराना सहयात्रीभन्दा नयाँले बढी समय पाओस् । प्रेमी साहित्यप्रेमी । त्यस युगमा प्रेमीका कविता निकै सरल हुन्थ्यो । गाउँघरमा पनि सजिलै सबैले बुझ्ने । उपनाम न हो किसान, यसकारण किसानसमेतले सजिलै बु†ने शैलीमा लेखिने हुँदा स्वाभाविक रूपमा अलिकति बढी ताली पाउँथे प्रेमी । प्रेमीले वाचन गरेपछि को होला ताली नबजाउने ? तर तालीको महŒव खुशी हुनु पनि हो । खुशी भएर बजाएको तालीले जसको लागि बजाइएको हुन्छ, ऊ पनि खुशी हुन्छ तर प्रेमीले गाउँ–बस्ती रोइरहेको देखे । अनि उनले कविता सङ्ग्रह प्रकाशित गरे– गाउँ–बस्ती रोइरहेछ ।
म्यासेन्जर, भाइबर, ह्वाट्सअप आदि वा फोन मोबाइलमा हामी त्यत्ति कुरा गरिरहने प्रेमी होइनौं । हामी हाम्रो प्रेमको आयतन अभ्यन्तरमा बढाइरहेका छौं, बढाइरहने छौं । एकले अर्कोलाई सम्मान गर्नु हाम्रो धर्म हो, कर्तव्य हो । एकको रचना सामाजिक सञ्जालमा पोस्ट हुँदा प्रशंसा गर्छौं । आलोचना पनि गर्छौं । आलोचना र प्रशंसाभन्दा माथि उठिसकेपछि दुवै बराबरी लाग्दछन् । समान दृष्टिकोण भएपछि आलोचना गर्न पनि सजिलो हुन्छ र आलोचना सुन्न पनि मन लाग्छ । प्रेमीको स्वभाव नै हो, प्रशंसा बढी गर्नु ।
दशक लामो समयपछि भौतिक रूपमा अचानक गत वर्ष भेट भयो िनेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौंमा गत वर्षको असार महीनामा । दुई प्रेमी एक ठाउँमा भेट भएपछि खुशीको कुनै ठेगाना रहन्छ र ? अनि साँच्चीकै दुई प्रेमी वर्षौंपछि भेट हुँदा कुरा गर्ने विषय के हुन्छ होला ? अनि केही समयपछि बल्ल यति विषय आउन शुरू हुन्छ कि अलिअलि कुरा गर्दा नि धेरै कुरा गर्न बाँकी रहेकोजस्तो लाग्छ । दुवैजना एउटा कार्यक्रममा सहभागी हुन गएका छौं । एकजना बागमती प्रदेश र अर्को चाहिं मधेस प्रदेशबाट । अनि भेट चाहिं काठमाडौंमा । एउटै मञ्चमा बसेका छौं र एउटै मञ्चमा पुरस्कृत पनि हुन्छौं । हामी यत्ति धेरै खुशी छौं कि हाम्रो खुशीको कुनै आयतन थिएन । खुशी हुनुपर्ने कारण चाहिं पुरस्कृत भएर भने होइन, भेट हुनु हो । एकले अर्काको प्रगतिको कुरा बुझ््नु र समर्पणको कुरा अर्काको मुखबाट सुन्नु हो । न एक अर्कालाई बोल्ने फुर्सद हुुनु हो र न सुन्ने नै । दुवैको बोल्ने र सुन्ने दुवै चाहना पूरा हुने अवस्था पनि थिएन ।
साथमा हुनुहुन्छ साहित्यकार किशुनदयाल श्रीकृष्ण । उहाँसित चिनजान गराउँदा प्रेमी भन्नुहुन्छ–भेट नभा मात्रै हो, अपरिचित भने होइनौं । एक अर्काका रचना पढेकै छौं । अनि त्यसपछि केही फोटा खिचौं । भेटको प्रमाण आजभोलि यही त हुन्छ । जब फोटो खिच्न शुरू हुन्छ तब असली रूप देखिन्छ । अरूलाई फोटो खिच्दा पोजिशन बनाउनुपर्छ तर जब दुई प्रेमी भेट हुन्छन् पोज बनाउनु होइन खिचिने फोटा स्वाभाविक हुनुपर्छ । अनि यसैमा निस्किन्छ, उन्मुक्त हाँसो । प्रेमी अलि कम हाँस्ने र म उन्मुक्त हाँसोमा कन्जुस ।
एक साथ दुई फाइदा भएपछि हामी केही अन्तरङ्ग कुराकानी गर्छौं जुन साहित्य यात्रासित सम्बन्धित छ तर समय भने कहाँकहाँ पुग्नलाई हतार भइसकेको बताइरहेको छ । हामी छुट्टिन्छौं, फेरि पनि उन्मुक्त हाँसोका साथ ।
अनि त्यस पछिका दिनमा फेरि पनि हामी छौं जस्ताको तस्तै । साहित्यले सम्बन्ध बनाउने र सम्बन्धलाई निकै कालसम्म विस्तार गरिरहने रहेछ । जहाँ पुग्न सकेका हुँदैनौं, त्यहाँ पु¥याइसकेको हुँदो रहेछ साहित्यले, आप्mनै सुगन्ध लिएर ।