फूड प्वायजनिड्ढो मतलब हुन्छ, यस्तो प्रदूषि खाना वा पेय पदार्थ, जसमा ब्याक्टेरिया, ब्याक्टेरियाले छोडेको विष, भाइरस, इनअर्गेनिक रसायन वा विषालु बिरुवा तथा जनावरबाट प्राप्त विष हुन्छस जसको पहिचान व्यक्ति वा समूह नै प्रायः एकै समय ग्रसित भई सबैमा समान लक्षण देखा पर्दा गरिन्छ ।
हामीले सुनेका छौं, फलानोको बिहे भोजको खाद्य पदार्थमा माउसुली खसेको थियो, जसलाई खाँदा पूरै जन्ती बिरामी प-यो । फलानो मन्दिरको प्रसाद खाएपछि सबै दर्शनार्थी बिरामी भए । एकजना प्रसिद्ध नेताका भाइ एउटा मेलामा चढाएको खसीको मासु खाएपछि विषाक्तताले ज्यान गुमाएको सम्झना छ । हामी प्रायः सुन्छौं कि जङ्गली च्याउ खाँदा परिवारका सबै सदस्य मरे, जबकि च्याउभन्दा बढी पोषक अरू तरकारीमा हुँदैन । विषालु च्याउ र खाने च्याउ बेग्लाबेग्लै हुन्छ, जसलाई चिनेर खानुपर्छ । विषालु च्याउले ज्याने लिन्छ । जापानमा पफरफिस हुन्छ, जसलाई छुँदा पनि एक घण्टाभित्र मान्छे मर्छ, त्यसलाई फुगु भन्ने एक किसिमको लक्जरी परिकार बनाएर खाइन्छ । टिटिएक्स नामक टक्सिन जसको कुनै पनि एन्टिडोट हुँदैन, त्यो त्यस माछाको छाला, कलेजो र अन्डाशयमा मात्र पाइन्छ । त्यसलाई जापानीहरू कुशलतापूर्वक फ्याँकिदिन्छन् अन्यथा मृत्यु अवश्यम्भावी हुन्छ । यी सब पूmड प्वायजनिड्ढा उदाहरण हुन् ।
फूड प्वायजनिङ हलुका, मध्यम र कडा सबै प्रकारका हुन्छन् । हलुका र मध्यम आफैं वा सानै उपचारले ठीक हुन्छ, त्यहीं कडाले ज्यानसमेत लिन सक्छ । विश्वमा प्रतिवर्ष ९.४ मिलियन फूड प्वाजनिड्ढा घटना हुन्छन् । यो डायग्नोसिस भएको सङ्ख्या हो । तर विनाडायग्नोसिसका घटना ३९ मिलियनसम्म अनुमान गरिएको छ । म स्वयं धेरैचोटि हलुका फूड प्वायजनिड्ढो शिकार भएको छु किनभने हामीकहाँ खाना र मिठाइ आदि सुरक्षित राख्ने चलन छैन ।
भाइरलबाहेक पूmड प्वायजनिङ मुख्यतः दुई प्रकारको हुन्छ– ननब्याक्टेरियल र ब्याक्टेरियल । ननब्याक्टेरियलमा–आर्सेनिक, केही बिरुवा र समुद्री खाना, फर्टिलाइजर, पेस्टिसाइड, कैडमियम, मर्करी आदि । यो खानामा मिसिएको हुन्छ, जसबारे सम्बन्धित आलेखमा बताइनेछ । ब्याक्टेरियल तीन प्रकारको हुन्छ : केवल जिउँदै ब्याक्टेरिया, ब्याक्टेरियाले छोडेको केवल टक्सिन तथा ब्याक्टेरिया र टक्सिन दुवै । ब्याक्टेरियल पूmड प्वायजनिङ निम्नलिखित प्रकारका हुन्छन्–
१. साल्मोनेला फूड प्वायजनिङ
२. स्टेफाइलोकोकल फूड प्वायजनिङ
३. बोटुलिज्म फूड प्वायजनिङ
४. क्लोस्ट्रेडियम परफ्रिजेन्स पूmड प्वाजनिङ, र
५. सिरस फूड प्वायजनिङ
१. साल्मोनेला पूmड प्वायजनिङ आजकाल सामान्य हुँदै गएको छ किनभने समाजमा यस्तो खानाको लत बढ्दै गएको छ र अन्तर्राष्ट्रिय खाना वितरण प्रणाली बढ्दैछ । फार्मिङ गरिएका जनावर बढी सङ्क्रमित भइरहेका छन्, घरेलु डिटर्जेन्टको प्रयोगले नाली सफाइमा बाधा पैदा गरिरहेको छ र तयारी खानाको चलन विस्तार हुँदैछ । अतः आज यो एकदम बढी भएको छ । साल्मोनेला ग्रुपमा पनि पूmड प्वायजनिड्ढो लागि साल्मोनेला टाइफी मुरियम, साल्मोनेला कोलेरी सुइस र साल्मोनेला इन्टराइटिस मुख्य हुन् । साल्मोनेला मुख्यतः फार्म र पोल्ट्री जनावरको सङ्क्रमण हो र मानिसमा यो सङ्क्रमित मासु, दूध, अन्डा, ससेज र दही आदि खाँदा हुन्छ । मुसा अर्को स्रोत हो, जो भारी मात्रामा सङ्क्रमित हुन्छ र आप्mनो पिसाब र दिसाले खाद्य पदार्थलाई सङ्क्रमित पार्छ । माउसुली यही साल्मोनेलाले विषाक्त बन्छ । साल्मोनेलाको इन्क्युवेशन पिरियड १२ देखि २४ घण्टा हुन्छ अर्थात् सङ्क्रमित खाना खाएको १२ देखि २४ घण्टामा यसको लक्षण देखा पर्छ । पेटमा पुगेर यो आन्द्रामा विकसित हुँदै इन्टर्राटिस, पेट बटारिने, कामज्वरो, वाकवाकी, बान्ता र पानीजस्तो पखाला हुन्छ, जुन दुई/तीन दिनसम्म चल्छ । यसबाट एक प्रतिशत मृत्यु देखिएको छ । तर कैरियर स्टेज धेरै सप्ताहसम्म चल्छ ।
२. स्टेफाइलोकोकल ब्याक्टेरिया चारैतिर पाइन्छ । यो छाला, मानिस र जनावरको मुख र नाकमा पनि पाइन्छ । यदि जनावरलाई मस्टाइटिस भएको छ भने त्यस्तो जनावरको दूध, दूधको उत्पाद, सङ्क्रमित सलाद र कस्टर्ड आदि खाएपछि यसले वाकवाकी, बान्ता, पेट बटारिने र डायरिया ल्याउँछ । यस ग्रुपको ब्याक्टेरियामा स्टेफाइलोकोकल औरियस मुख्य हो । त्यसमा कम्तीमा पाँच प्रकारका विष हुन्छन्, जसलाई उसले निरन्तर छोडिरहन्छ । खानालाई आगोमा तताउँदा ब्याक्टेरिया त मर्छ तर उसले छोडेको विष आधा घण्टा उमाले पनि मर्दैन । अतः विषको असर हुने निश्चित छ । छालामा फोका र पाक्ने घाउ यसैले गर्दा हुन्छ । एन्टिबायोटिक र लक्षणको उपचार आएपछि आजकाल मृत्यु भएको देखिंदैन । यसको इन्क्युवेशन पिरियड एकदेखि आठ घण्टाको हुन्छ, जसले गर्दा असर अर्कोभन्दा छिटो हुन्छ । यसमा ज्वरो लाग्दैन । जबकि साल्मोनेलामा लाग्छ ।
३. बोटुलिज्म सबैभन्दा कडा फूड प्वायजनिङ हो, जसले दुई तिहाइ सङ्क्रमित मान्छेको ज्यान लिन्छ । यो सङ्क्रमण गराउने ब्याक्टेरियाको नाम क्लोस्ट्रेडियम बोटुलिनम हो, जुन धूलोमा छरिएको हुन्छ । यो जनावरको आन्द्रामा हुन्छ, जहाँबाट मानिसमा पुग्छ । यसको वृद्धि अक्सिजन नभएको अवस्थामा हुन्छ, जुन डब्बाबन्द खाना, घरमा प्याक गरिएको अचार, बोतलबन्द चटनी र तारेर राखिएका मासु र माछामा वृद्धि हुन्छ । ल्याटिनमा बोटुलमको मतलब नै ससेज वा चटनी हुन्छ । जब यो बढ्छ, तब यसले एउटा एक्सोटक्सिन छोड्छ । अरूभन्दा यो यस मानेमा भिन्न छ कि यसमा पेट र आन्द्राको समस्या हलुका हुन्छ तर स्नायुमा बढी हुन्छ, जसले गर्दा मान्छेमा– डिसफेजिया अर्थात् निल्न कठिनाइ, डिप्लोपिया अर्थात् एउटै कुरा दुईटा देखिने, ब्लरिङ भिजन अर्थात् मधूरो दृष्टि, टोसिस अर्थात् आँखाको माथिल्लो परेला तल आउने, डिसआर्थि्रया अर्थात् बोल्न कठिनाइ, मांसपेशीको कमजोरी र यहाँसम्म कि हातखुट्टामा पक्षघातसमेत गर्न सक्छ । यसमा ज्वरो आउँदैन र रोगी होशमा नै हुन्छ । १५ देखि ३६ घण्टामा यसको असर शुरू हुन्छ र चारदेखि आठ दिनमा फोक्सो र मुटु फेल भएर मृत्यु हुन्छ । जो रोगी ठीक हुन्छ, उसको शरीरमा कुनै एन्टिटक्सिनको निर्माण हुँदैन, जसले फेरि सङ्क्रमण भयो भने उपचारको असर हुँदैन । यस कारण बोटुलिज्मको जुन इलाकामा प्रकोप हुन्छ, त्यहाँका प्रत्येक व्यक्तिलाई ५० हजार देखि एक लाख युनिटको कृत्रिम विष अर्थात् टाक्सवायड नसाबाट दिइन्छ । तर विष स्नायुमा फिक्स भएपछि त्यसले काम गर्दैन । त्यसको लागि ग्वानिडिन हाइड्रोक्लोराइड १५ देखि ४० मिलीग्राम प्रतिकिलोको हिसाबले मुखबाट दिइन्छ, जसले मांसपेशी र स्नायुको जोडमा पुगेर बोटुलिनम ब्याक्टेरियाको कार्य रोकिदिन्छ । यदि अस्पतालको राम्रो हेरचाहमा राखेर यो दिइयो भने नतीजा राम्रो आउन सक्छ, अन्यथा मृत्यु अनिवार्य छ । यसको विष केही मिनेट १०० डिग्री सेन्टिग्रेडमा असरदार रहँदैन । अतः तताएर खाना खानु सुरक्षात्मक मानिन्छ । खतरनाक भएपनि यसले गर्दा फूड प्वायजनिड्ढा घटना धेरै न्यून देखिएका छन् ।
४. क्लोस्ट्रेडियम परफ्रिजेन्स फूड प्वायजनिङ भने क्लोस्ट्रेडियम बेल्चाई नामक ब्याक्टेरियाको सङ्क्रमणले गर्दा हुन्छ । यो मान्छे र जनावरको मलमा पाइन्छ, जसले गर्दा माटो, पानी र हावा दूषित हुन पुग्छ । हुन्छ के भने २४ घण्टा पहिले पकाएर राखिएको खाना खानुभन्दा पहिले तताइन्छ । त्यही तताउने क्रिया यसको सङ्क्रमणको कारण बन्छ । यसको स्पोर ३० देखि ३५ डिग्रीमा वृद्धि हुन्छ । अलिकति तदाउँदा स्पोरको वृद्धि झन् बढ्छ । अतः यस्तो खाना बनाएपछि बिस्तारै होइन, शीघ्र सेलाएर मात्र राख्नुपर्छ । यसले गर्दा स्पोर मर्छ । स्लो सेलाउँदा स्पोर मर्दैन र तताउँदा झन् वृद्धि हुन्छ तथा अल्फा र थिटा आदि विभिन्न प्रकारका टक्सिन छोड्छ । यसको इन्क्युवेशन पिरियड छदेखि २४ घण्टा हुन्छ र यसको उच्चतम प्रभाव १० देखि १४ घण्टामा देखिन्छ । यसको वृद्धि ३० देखि ५० डिग्रीभित्रमा हुन्छ । यसलाई रोक्ने उत्तम विधि यही हो कि खाना तात्तातै खाने र पछिको लागि नछोड्ने । यसको लक्षण हो– पखाला आउनु, पेट बटारिनु र हलुका ज्वरो देखिनु । वाकवाकी र बान्ता कमै हुन्छ । बिमारी एक दिन वा त्यसभन्दा पनि कम हुन्छ र मृत्यु हुँदैन ।
५. सिरस पूmड प्वायजनिङ, सिरस एउटा एरोबिक ब्याक्टेरिया हो । मतलब यसको वृद्धि अक्सिजनको उपस्थितिमा हुन्छ । यो पनि माटो, काँचो खाना तथा तयारी खानामा स्पोरसहित प्रचुर मात्रामा हुन्छ । प्रोसेस्ड पूmडमा हुने भएकोले आजकाल यसको घटना बढिरहेको छ । खाना तताए पनि यसको वृद्धिमा कुनै असर पर्दैन र खाना राखेपछि अनुकूल तापक्रममा बढ्छ । यसका दुईटा टक्सिन हुन्छ । त्यस कारण यसको रूप पनि दुई प्रकारको हुन्छ : इमेटिक र डायरियल । इमेटिक रूपले अपर आन्द्राको लक्षण पैदा गर्छ भने डायरियलले तलको आन्द्राको लक्षण पैदा गर्छ । पहिलोको असर एकदेखि छ घण्टामा देखा पर्छ भने दोस्रोको १२ देखि २४ घण्टामा । दोस्रोमा क्लोस्ट्रेडियम बेल्चाई जस्तो लक्षण अर्थात् डायरिया र पेट दुख्छ । वाकवाकी र ज्वरो हुँदैन, जबकि पहिलोमा हुन्छ । २४ घण्टामा यो ठीक हुन्छ र खाली लक्षणको उपचार गरे पुग्छ ।
फूड प्वायजनिङ हैजा, रगतमासी र आर्सेनिक प्वायजनिङसँग मेल खान्छ । अतः त्यसबाट फूड प्वायजनिङलाई छुट्याउनुपर्छ । जुन रोगीको इतिहास, बान्ता र पखालाको ल्याब जाँचले हुन्छ । फूड प्वायजनिड्ढो रोकथामका लागि तीन बुँदामा विचार पु-याइन्छ :
१. फूड सेनिटेशन, २. रेफ्रिजरेशन, र
३. सर्भिलेन्स
पहिलो फूड सेनिटेशनमा मिट इन्स्पेक्शन, पर्सनल हाइजिन, फूड हैन्डलरको सरसफाइ, पूmड हैन्डलिङ टेक्निक, किचेन सेनिटेशन, भाँडाको सफाइ, हेल्थ एजुकेशन पर्छन् । मासु बिक्री गर्ने पसलको समयसमयमा निरीक्षण अनिवार्य हुन्छ अन्यथा फूड प्वायजनिङ निश्चित हुन्छ । त्यस्तै, भान्सा र खाने ठाउँको सरसफाइका साथै जसले खाना पकाउँछ र खाना पस्कन्छ, उसको सरसफाइ पनि उत्तिकै जरुरी हुन्छ । हाम्रोमा हातले खाना खाइन्छ । वास्तवमा खानका लागि सफा काँटा–चम्चा नै उत्तम हुन्छ । हातैले खानु छ भने खानुभन्दा पहिले साबुनले राम्ररी हात सफा गर्नुपर्छ । त्यस्तै, सार्वजनिकरूपमा स्वास्थ्य शिक्षाको प्रसार गरिराख्नु सबैभन्दा जरुरी हुन्छ । दोस्रो रेफ्रिजरेशनमा यही भन्न सकिन्छ कि जुन बेला पाक्यो, त्यति नै बेला खानु सर्वोत्कृष्ट उपाय हो । तर पछि खाने बानी छ भने खाना रेफ्रिजरेटरको चार डिग्री सेन्टिग्रेट तापक्रममा राख्नुपर्छ । यदि खाना १० देखि ४९ डिग्रीमा राखियो भने त्यो ब्याक्टेरिया वृद्धिको खतरनाक क्षेत्र हो । यसमा ब्याक्टेरिया तीव्ररूपले वृद्धि गर्छ । चार डिग्रीले ब्याक्टेरियोस्टेटिकको काम गर्छ । तर फ्रिजमा राखेको खाना पनि २४ घण्टाभन्दा बढी राख्न मिल्दैन । तेस्रो सर्भिलेन्समा विभिन्न खानेकुराका सैम्पल लिएर प्रयोगशालामा जाँच्न पठाएर समयसमयमा निगरानी गरिराख्नुपर्छ । विभिन्न होटल र मिठाइपसल आदिमा अनुगमन गरिएन भने पूmड प्वायजनिङ विस्फोट हुने डर रहन्छ ।
उपचार
रोगीलाई जीवनरक्षक स्लाइनमा राखेर अक्सिजन तयार राखेर आवश्यक परे तुरुन्त दिनुपर्छ । कृत्रिम श्वासको आवश्यकता भयो दिनुपर्छ । उचित एन्टिबायोटिक अति आवश्यक हुन्छ, जसले ब्याक्टेरिया मरोस् । यदि बोटुलिज्म निदान भएको छ भने ५० हजारदेखि एक लाख युनिट एन्टिबोटुलिनम सिरम नसाबाट दिनुपर्छ । आमाशयको लभाज गरी बाँकी खाना बाहिर निकाल्नु फूड प्वायजनिड्ढो उपचार हो । धेरै चिकित्सकको यो पनि भनाइ छ कि बोटुलिज्मबाहेक अन्य फूड प्वायजनिड्ढो हलुका र मध्यम रूपलाई उसको कोर्स मुताबिक नै चल्न दिनुपर्छ र ब्राट डाइट मात्र खाए पुग्छ । ब्राट डाइटको मतलब हो– ब्लेन्ड डाइट अर्थात् केरा, जाउलो, बार्ली, स्याउको जुस, उसिनेको आलु आदि । तर बच्चा र गर्भवतीको विशेष ध्यान राख्नुपर्छ किनभने जीवन जाने खतरा हुन्छ । बच्चामा ब्याक्टेरियल वा भाइरल मेनिन्जाइटिस हुने तथा गर्भवतीमा गर्भ तुहिने सम्भावना बढी हुन्छ । अस्तु ।