सन् १०९७ मा नान्यदेवले स्थापना गरेको भनिएको र सन् १३२४ मा गयासुद्दीन तुगलकले विध्वंश गरेको मानिएको सिमरौनगढको इतिहासबारे धेरै कुरा अज्ञात नै रहेको छ । धरतीभित्रबाट हरेक वर्ष कुनै न कुनै पुराना मूर्ति फेला पर्ने काम भइरहेको छ । यहाँको धरतीमा के के छ र कहाँ कहाँ छ भन्ने कुरा सामान्यतया कसैले भन्न सक्ने अवस्था छैन ।

अहिले सिमरौनगढ बजारको क्षेत्र जत्रो छ, त्यसभन्दा निकै विशाल राजधानी सिमरौनगढको क्षेत्रफल हुनुपर्छ । नान्यदेवले राजधानी बनाउनुभन्दा पहिले पनि सिमरौनगढको अस्तित्व कुनै न कुनै किसिमले रहेको हुनुपर्छ । आखिर किन सिमरौनगढ नै राजधानी बनाउनका लागि नान्यदेवको रोजाइमा प¥यो ? नान्यदेव कर्नाटकबाट आएर बसेको सिमरौनगढमा त होइन ? उनी केही वर्ष नान्यपुरीमा बसेका थिए । उनी बसेको ठाउँको नाम नै नान्यपुरी रहन गएको थियो । नान्यपुरी अहिले भारत बिहारको सीतामढी जिल्लामा पर्दछ । आप्mनै नाउँमा बसेको बस्ती छाडेर सिमराँवलाई राजधानी बनाउनुका पछाडि केही सामरिक कारण हुनुपर्छ । यस विषयमा पनि अनुसन्धान हुनुपर्ने हो ।

मध्यकालमा सिमरौनगढ कति सम्पन्न भइसकेको थियो ? सिमरौनगढको सम्पन्नता कस्तो किसिमको थियो ? बजार क्षेत्र र आसपासका जमीन पोखरी खन्दा, उत्खनन गर्दा अझै पनि सम्पन्नताका प्रतीकहरू बरामद भइरहन्छन् । सिमरौनगढ र आसपासमा देखिने तथा भेटिने धार्मिक अवशेषहरूले तत्कालीन मध्ययुगीन समाजको धार्मिक सम्पन्नताको द्योतक त थियो नै, साथै तद्युगीन कला र संस्कृतिको पनि प्रदर्शन गर्दछ । साथै, कतै आध्यात्मिक चिन्तन, जता मानिसको ध्यान जान सकेको छैन, मा पनि यो क्षेत्र निकै महŒवपूर्ण थियो कि ?

जे जस्ता मूर्तिहरू धरणीको गर्भबाट प्रकाशवान भइरहेका छन्, ती सामान्य छैनन् । कठिन परिश्रमपूर्वक बनाइएका मूर्तिहरू हुन् । मूर्तिहरू कलात्मकताको दृष्टिकोणले अमूल्य त छन् नै, काल्पनिकता र आध्यात्मिकताको दृष्टिकोणले समेत अद्वितीय देखिन्छन् । जुन बेला यहाँका प्राचीन कहलिएका, सम्भवतः मध्यकालीन मूर्तिहरू निर्माण भएका होलान्, त्यस समयको समाजको आस्था पनि बोलेको हुनुपर्छ । मूर्तिहरू आस्थाका पनि प्रतीक हुन् । अहिले पनि हाम्रो समाजमा आस्थाको एउटा प्रतीकको रूपमा मूर्ति स्थापित छ । अल्पकालको लागि फोटो पनि आस्थाको प्रतीक बन्दछ । कुन मानिसको धार्मिक आस्था कस्तो छ, सामान्यरूपमा घरमा, तिनका पूजा कोठामा वा अन्यत्र पनि राखिएका फोटा वा मूर्तिले पनि आस्था प्रकट गरेका हुन्छन् । आस्थाको प्रतिविम्ब र प्रतिनिधित्व मूर्तिले मात्र गरेको हुन्छ भन्ने होइन तर तत्कालीन मानिसको कला, आस्था तथा आध्यात्मिक पक्षबारे जानकारी लिन भने सहयोग पु-याउँछ । आज विभिन्न देशमा प्राचीन मूर्ति तथा मन्दिरहरूबाट तद्युगीन आस्थाको विश्लेषण र सामाजिकताको प्रभावबारे विश्लेषण गरिन्छ । यसर्थ यस्ता धरोहरहरूलाई पछिको पुस्ताका लागि पनि सुरक्षित राख्नुपरेको छ ।

साँच्चीकै सिमरौनगढको जुन ऐतिहासिक परिचय समाजमा जानुपर्ने हो, त्यो अझै स्थापित हुन सकेको छैन । एउटा कुरा चाहिं स्पष्ट छ कि यहाँबाट राज्य सञ्चालन हुने गर्दथ्यो । यसमा विभिन्न आधारहरू पाइन्छन् तर पुराताŒिवक सम्पदाहरूबारे धेरै अनुसन्धान हुनुपर्ने हो, जुन अझै हुन सकेको छैन । खेत जोत्दा, खन्दा वा पोखरी खन्दा पनि इतिहास भेटिन्छ र ऐतिहासिक सामग्रीहरू भेटिन्छन् । कहाँ कस्तो र कहिलदेखि सामग्रीहरू रहेका छन्, कसैले बुझ्न सकेको छैन । सुनिन्छ, जमीनभित्र निश्चित दूरीसम्म एक्सरे गर्ने अर्थात् फोटो खिच्ने उपकरणहरूको विकास भइसकेको छ । यस्ता उपकरणहरूको प्रयोग गरेर यस क्षेत्रका धरतीको एक्सरे गर्दा राम्रो हुने थियो । एक्सरेले कुन ठाउँ उत्खनन गर्नुपर्नेछ वा कुन ठाउँमा ऐतिहासिक, पुराताŒिवक तथा सांस्कृतिक वा धार्मिक सम्पदाहरू रहेका छन्, भन्ने कुरा थाहा हुन पाउँछ । केही समयको अन्तरालमा जसरी धार्मिक महŒवका सामग्रीहरू भेटिएका छन्, भेटिंदै आएका छन्, तीबारे पहिले सर्वसाधारणलाई जानकारी नै नभएको भनिंदै आएको छ । मूर्तिहरू फेला पर्दा स्थानीयमा एक किसिमले उत्साह त भइरहन्छ नै साथै तद्युगीन आस्थासित वर्तमानको आस्था पनि जोडिन पुगिरहेको छ ।

सिमरौनगढको धरतीमा अझै पनि धेरै ऐतिहासिक तथा पुराताŒिवक सम्पदा हुन सक्ने अनुमान लगाइँदै छ । वर्तमानकै आधारमा अनुमानहरू लगाइँदै छ । यस प्रकारका अनुमानहरू निराधार वा पुष्टि हुन सक्ने नै छन् भन्न मिल्दैन । इतिहासप्रति सिमरौनगढ उदासीन भने होइन तर जति जागरुक हुनुपर्ने हो, त्यो मात्रामा हुन सकेको भने अवश्य नै हो । नेपाल सरकारको पुरातŒव विभागले चासो लिएको छ, पुनर्निर्माणमा ध्यान दिएको पनि छ तर स्थानीय सरकार भने अझै जागरुक हुनुपर्ने देखिन्छ । स्थानीय सरकार जति धेरै जागरुक हुन्छ, सिमरौनगढ त्यत्तिकै ऐतिहासिक, पुराताŒिवक तथा धार्मिक आकर्षणको केन्द्र बन्न सक्छ । स्थानीय सरकार र स्थानीयवासीको आयको स्रोत बढ्ने तथा ऐतिहासिक र धार्मिक पर्यटनको आधार बन्न सक्ने सम्भावना रहेको छ । फेरि पनि आप्mनो इतिहासको संरक्षण र ऐतिहासिक तथा पुराताŒिवक सम्पदाको प्रचारप्रसार गर्न केही समय लगानी गर्नुपर्छ, केही अर्थ लगानी गर्नुपर्छ र केही श्रम पनि लगानी गर्न सक्नुपर्छ । आम्दानी गर्न चाहनेले लगानी नगरी हुँदैन ।

सिमरौनगढ परिचित नाम हो । यो यहाँका बासिन्दाका लागि मात्र नभएर यस प्रदेशकै लागि एउटा गौरवको भूमि हो । यस गौरवको गरिमा अझ वर्तमानले बढाउनुपर्छ । सिमरौनगढमा भेटिंदै गरेका पुराताŒिवक सम्पदाहरूको संरक्षण र पुनस्र्थापित हुन नसकेसम्म कम्तीमा एउटा सङ्ग्रहालयको व्यवस्थापन गर्न सकियो भने देश र विदेशबाट यस प्रकारका पर्यटकहरू आउने सम्भावना बलियो हुन्छ । वर्तमान सिमरौनगढले भविष्यको लागि इतिहासको संरक्षण गर्नुपरेको छ । अहिलेदेखि नै सिमरौनगढ अत्यन्त सजग र सचेत हुनुपरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here