प्रस, निजगढ, १५ वैशाख/
यातायात क्षेत्रमा गर्नुुपर्ने आवश्यक सुुधारका लागि मधेस प्रदेश सरकार सकारात्मक रहेको मधेस प्रदेशका मुुख्यमन्त्री सरोज यादवले बताएका छन् । शुुक्रवार तराई यातायात व्यवसायी सङ्घ बाराको १७औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै मुुख्यमन्त्री यादवले लामो समयदेखि यातायातका क्षेत्रबाट समग्र मुुलुुकलाई सेवा पु-याउँदै आइरहेका निजी क्षेत्रका व्यवसायीहरूमाथि परेको समस्याले आफूलाई पनि मर्माहत बनाएको बताए । उनले ऐन, कानून, नीति, नियमलाई आवश्यक परिमार्जन गर्न आफू सदैव तत्पर रहने बताए । उनले मधेस प्रदेश सरकारले व्यावसायिक निजी यातायात क्षेत्रको विकासलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाए ।

उनले सडकमा प्रहरीले आवश्यकताभन्दा बढी स्थानमा चेकजाँच गर्दै आएको र यसबाट यातायात व्यवसायीका साथै यात्रुहरूलाई अनाहकमा सास्ती भोग्नुपरेको भन्दै यसमा सुधार गरिने आश्वासन दिए । केही दिन अघि मधेस प्रदेशको राजधानी जनकपुुरमा गृहमन्त्री रवि लामिछाने, गृह सचिवलगायतको सहभागितामा भएको सुरक्षा निकायको बैठकमा आफूले यो विषय उठान गरेको बताए ।

उनले पथलैयामा पटके सवारीकर कार्यालय स्थापना गरिसकेको बताए ।

उनले मधेस प्रदेशका आठवटै जिल्लामा चालक अनुमतिपत्र सहजरूपमा उपलब्ध गराउने व्यवस्था मिलाइने र अब केही जिल्ला मात्र बाँकी रहन गएको बताए । उनले देशकै प्रमुख नाका आर्थिक नगरी वीरगंज र औद्योगिक करिडोर पर्सा–बाराका कारण यातायातका साधनहरूको चाप अत्यधिक हुुने गरेकोले आउँदो आर्थिक वर्षमा पथलैयामा रोड परमिट, जाँचपास, नवीकरण गर्ने व्यवस्था मिलाउने बताए । उनले भारतीय मालवाहक सवारीसाधनहरूका कारण नेपाली ढुवानी व्यावसायीहरू वर्षाैंदेखि समस्याग्रस्त रहेको र सङ्घीय सरकारले स्वदेशी ढुवानी व्यवसायको प्रवद्र्धनमा अग्रसरता देखाउनुपर्ने सुझाए । उनले प्रदेश सरकार यातायात क्षेत्रको सुधारको पक्षमा रहेको बताए ।

सङ्घीय सांसद एवं पूर्वमन्त्री किसान श्रेष्ठले यातायातको क्षेत्रमा भएका समस्याहरू समाधान गर्नका लागि आफूले सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे ।

मधेस प्रदेशका श्रम तथा यातायात मन्त्री बेचुु लुङ्गेलीले प्रदेश सरकार यातायात व्यवसायीहरूको साथमा रहेको र उनीहरूको हकहितमा काम गर्ने बताइन् । उनले अहिले यातायात क्षेत्रले चरम आर्थिक सङ्कटको सामना गर्दै आएको र यसमा बढेको विकृति, विसङ्गति हटाउने काममा प्रदेश सरकार सक्रिय रहेको दाबी गरिन् । कार्यक्रममा पूर्वमन्त्री फर्मुल्लाह मन्सुुर, सांसद अच्युत मैनाली, नेपाल ट्रक यातायात व्यवसायी महासङ्घका हीरालाल श्रेष्ठ, तराई यातायात व्यवसायी सङ्घका संस्थापक अध्यक्ष उदयबहादुुर श्रेष्ठ, प्रदेशसभा सदस्य देवनारायण चौधरी, जीतपुुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोलाप्रसाद अधिकारीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

तराई यातायात व्यवसायी सङ्घ सिमरा, बाराका अध्यक्ष ओम कार्कीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण सुनील गाउँलेले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here