प्रस, वीरगंज, १५ वैशाख/
विन्ध्यवासिनी गाउँपालिका–५ स्थित मसरुर पब्लिक आधारभूत विद्यालय प्रसौनीमा ‘सबैलाई प्रेम गर, कसैलाई घृणा नगर’ नाराका साथ अहमदिया सङ्घ नेपालले शनिवार निश्शुल्क आँखा तथा स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।

लायन्स क्लब अफ वीरगंज एन्ड क्युरिटी र माट्रिका आई केयर फाउन्डेशन वीरगंजको सहयोगमा सम्पन्न शिविरमा ६५५ जनाको स्वास्थ्य परीक्षण गरिएको संस्थाले जनाएको छ । आँखा परीक्षणमा १४५ जनामा मोतीबिन्दु फेला परेको थियो ।

शिविरमा डा आरपी खेतान, डा मनोरञ्जन यादव, डा नीरज सिंह, डा राधा भट्टराई, डा मनीषा पटेल, डा प्रगति कर्णलगायतले परीक्षण गरेका थिए ।

अहमदिया सङ्घ नेपालका कोषाध्यक्ष इसरायल अहमदको अध्यक्षता र गापाध्यक्ष प्रमोद तिवारीको प्रमुख आतिथ्यमा भएको शिविरमा लायन्स क्लबका बलिराम श्रेष्ठ, पवन मित्तललगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here