भोजपुरीका आदिकवि कबीर दासले भनेका छन्–“निंदक नियरे राखिए/आँगन कुटी छवाय/बिन पानी साबुन बिन/निर्मल करे सुभाय ।” अर्थात् आप्mनो आलोचना गर्ने मानिसलाई घर नजीकै छाप्रो बनाएर बसाउनुपर्छ किनभने उसले तपाईंको स्वभावलाई पानी र साबुनबेगर सफा गरिदिन्छ, फोहरहरू पखालिदिन्छ । गुनासो पनि एक प्रकारको सकारात्मक आलोचना नै हो । कसैले गुनासो गर्नु भनेको कमी–कमजोरी औंल्याउनु पनि हो । अभिभावकले विद्यालय समक्ष गर्ने गुनासो आप्mनो सन्तानमा सुधारका लागि गर्ने प्रयासको थालनी हो । सन्तानको प्रगतिका लागि यो प्रयास हुनु पनि पर्छ । गुनासोले मानिसलाई सतर्क र जागरुक बनाउँछ । भनिन्छ समस्या परेको बेला सही व्यक्तिको पहिचान हुन्छ । यस कारण गुनासो अवसर पनि हो । यसबाट गुनासो गर्ने, गुनासो सुन्ने र गुनासोको प्रतिभागीलाई समेत लाभ प्राप्त हुन्छ ।

अब प्रश्न उठ्छ गुनासो आइपुग्दा असल प्रधानाध्यापकले के गर्ने ? सबैभन्दा पहिले सहज वातावरण निर्माण गर्ने जहाँ अभिभावकले आप्mना मनका कुरा पोख्न सकून् । कुनै अभिभावकलाई लागोस् कि प्रधानाध्यापकले मलाई आप्mनो गुनासो व्यक्त गर्न प्रोत्साहन गरिराखेका छन् । मैले गुनासो पोखेपछि विद्यालयको तर्पmबाट त्यसको सक्दो समाधान खोजिन्छ भन्ने भरोसा अभिभावकमा देखा पर्नुपर्छ । संवादको पहिलो चरणमा प्रधानाध्यापकले त्यो सीप देखाउन सक्नुपर्छ । त्यसपछि आउँछ गुनासो पहिचान गर्नु । गुनासो कस्तो छ ? कुन स्तरको छ ? कहिलेकाहीं समस्या अभिभावकमा पनि हुन्छ र विद्यार्थीमा पनि । विद्यार्थीमा प्रयोगको समस्या हुन्छ भने अभिभावकमा बुझाइको समस्या । समस्याको पहिचान त्यसरी नै गर्नुपर्छ जसरी एउटा डाक्टरले रोगको गर्छ । रोगको पहिचान गरेपछि उपचार सम्भव हुन्छ । तर बिर्सनु के हुँदैन भने रोगका लक्षणहरूलाई नै रोगको कारण मान्नुहुँदैन । त्यसैले यो चरण अत्यन्त महŒवपूर्ण हो । गुनासोको विश्लेषण गर्ने, उपचारको बाटो पहिचान गर्न सक्ने, अभिभावकलाई ढुक्क बनाउन सक्ने र विद्यार्थीमा त्यसको असर देखाउन सक्ने मौका यही हुन्छ । यहाँ चुक्यो भने केही गर्न सकिंदैन ।

गुनासो सुनिरहँदा प्रधानाध्यापकले आपूmमा आत्मविश्वास प्रदर्शन गर्न सक्नुपर्छ । कतिपय सन्दर्भमा तुरून्त एक्शनमा जानुपर्छ । यसले अभिभावक हौंसिन्छन् । उनीहरू आउँदा अनेकौं तनाव लिएर आएका हुन्छन् तर फर्कंदा शान्त, विश्वस्त र विद्यालयको सहयोगी भएर फर्किराखेका हुन्छन् । मुख्य कुरो के हो भने विद्यालय र विद्यार्थीबीचको सम्बन्धलाई नै पूर्ण शिक्षण विधि मानिने गल्ती गरिन्छ । यहाँ के बिर्सिन्छ भने अभिभावक भन्ने पक्ष पनि महŒवपूर्ण हुन्छ । अभिभावकलाई विश्वासमा नलिई वा उसमार्पmत सहयोग प्राप्त नगरेसम्म बहुसङ्ख्यक विद्यार्थीले उत्कृष्टताको प्रदर्शन गर्न सक्दैनन् । यसैका लागि त अभिभावक भेला गरिन्छ, तर दुःख लाग्छ वीरगंजमा अभिभावक भेला प्रायः एउटा तमाशामा परिवर्तन भइसकेको छ । त्यहाँ चटक प्रदर्शन गरिन्छ र अभिभावकलाई ‘हिप्नोटाइज’ गर्ने कोशिश गरिन्छ । परिणामतः जब सम्मोहनबाट कुनै अभिभावक विशेष मुक्त हुन्छ, ऊ छट्पटिंदै गुनासोको पोको लिएर विद्यालयको ढोका ढकढकाउन पुग्छ ।

स्वयं विद्यालयले पनि गुनासो पोख्ने संयन्त्र विकसित गर्नुपर्छ । त्यसका लागि विभिन्न प्रक्रिया अवलम्बन गर्न सकिन्छ जसबारे अबका दिनमा वीरगंजमा विशेष छलफल हुनु जरूरी छ । प्रत्येक विद्यालयको आधारभूत मान्यता हुनुप-यो कि “हामी गुनासो आउने कार्यलाई प्रोत्साहित गर्छौं र यसरी गुनासो आउनुसँग विद्यालयको भविष्य जोडिएको छ ।” अब हामी विचार गरौं गुनासो आउने कार्यलाई कसरी फस्टाउने वातावरण बनाउने र यसरी आइपुगेका गुनासोको जगमा विद्यालयमैत्री वातावरण कसरी बनाउने ? यो कुरा दुई कोणबाट चिन्तन–मनन भयो भने कुनै पनि विद्यालयले आइपुगेको गुनासोलाई झंझटिलो मान्दैन, दिकदार महसूस गर्दैन, अटेर र अलमल गर्दैन । यसका लागि सबैभन्दा पहिलो शर्त हो अभिभावकहरूमा अग्रीम रूपमैं “तपाईंले गुनासो गर्नुपर्छ” भन्ने भाव बोध गराउन सक्नु । कुनै पनि अभिभावकले आप्mनो घरेलू परिवेशको दबाबमा आएर गुनासो लिएर पुग्ने वातावरण निर्माण हुनुभन्दा पनि विद्यार्थीको नामाङ्कन भएकै दिनमा विद्यालयले विशेष ताकेता गरेर भन्नुपर्छ– “तपाईं समयसमयमा गुनासो गर्नु होला है । बाँकी काम हाम्रो हो ।”

विद्यालयको चिनारीपत्र वा विज्ञापनमा भनिएका सबै सेवा सुविधा र गुणस्तरबारे ढुक्क रहन पनि त्यतिकै विश्वासिलो वचन पहिलो दिन अभिभावकलाई दिनुपर्छ । विद्यालयले भन्न सक्नुपर्छ–“हामी आप्mनो बारे जे भनेका छौं, त्यसमा ढुक्क बस्नुस् । तपाईं हामीमाथि भर पर्नुभएको छ भने हामी तपाईंको विश्वासको रक्षा गर्छौं ।” यति भन्दा भन्दै पनि विद्यालयले अभिभावकहरूलाई के भनेर प्रोत्साहित गर्नुपर्छ भने–“तपाईंले बेलामौकामा भन्नुपर्छ–“सर १ मेरो पनि गुनासो छ ।” यो गुनासो गर्न किन भनिएको हो, त्यसको कारण पनि अभिभावकलाई बताइदिनुपर्छ । त्यो कारण भनेको अभिभावकको तर्पmबाट गुनासो आएन भने विद्यालयको परिवेश यथास्थितिवादी हुन जान्छ । विद्यालयमा केही नवीनता, केही अग्रगमन, केही मौलिकता, अनेकौं सिर्जनात्मकता, परिष्कार र परिवर्तनतिर विद्यालयले ध्यान नै दिंदैनन् । गुनासो आइराख्यो भने नयाँनयाँ प्रविधि र प्रयोग गर्न विद्यालय बाध्य हुन्छ ।

प्रत्येक विद्यार्थी आपैंmमा विद्यालयका लागि एउटा नयाँ अवसर र चुनौती पनि हो । प्रत्येक विद्यार्थीमार्पmत विद्यालयले आपूmलाई जीवन्त महसूस गर्छ । आप्mना तौरतरीकामा केही नयाँपन ल्याउन ऊर्जा प्राप्त गर्छ । विद्यालयले यसरी भन्न सक्यो भने अभिभावकमा दुईटा सन्देश जान्छ– पहिलो, उसले विद्यालयले दिएको प्रतिबद्धताप्रति भरोसा गर्छ । दोस्रो, विद्यालयलाई थप गतिशील हुन आप्mनो पनि जिम्मेवारी हो भन्ने महसूस गर्छ । यसबाट आखिरमा विद्यालयलाई नै सहयोग प्राप्त हुन्छ ।

विद्यालयले मासिकरूपमा एउटा गुनासो प्रश्नावली राख्नुपर्छ । प्रत्येक महीना विद्यार्थीमार्पmत त्यो प्रश्नावली पठाउनुपर्छ किनभने अभिभावक भेलाहरूमा अहिलेको व्यस्ततम समयमा अभिभावकहरू पुगिराखेका हुँदैनन् र विद्यालयले चाहेको अन्तक्र्रिया हुन
सकिरहेको हुँदैन । त्यसैले यस्तो प्रश्नावली पठायो भने अभिभावकहरू सुविधा अनुसार जवाफ लेखेर पठाउँछन् । यसबाट के फाइदा हुन्छ भने विद्यालयले प्राप्त हुन आएको ‘फिडबैक’को आधारमा कक्षा शिक्षकको मूल्याङ्कन गर्छ, विषयगत शिक्षकहरूको लेखाजोखा गर्छ, विद्यालयका अतिरिक्त क्रियाकलापबारे केही दृष्टिकोण पाउँछ र स्वयं पनि विद्यार्थीबारे जानकारी पाउँछ जसको आधारमा विद्यालयमा विद्यार्थीसँग गरिने ध्यानाकर्षण वा जिम्मेवारी वहन गर्न सघाउ पुग्छ । यसरी प्रश्नावली प्रक्रियाको अर्को महŒवपूर्ण पक्ष के हो भने एकै पटक विस्फोटक भएर आउने गुनासाहरू स्वयमेव मत्थर भएर जान्छ । एउटा नियमित प्रक्रियाले प्रत्येक पक्षलाई मर्यादित र जिम्मेवार बनाउँछ ।

.तेस्रो तरीका हो ‘तत्क्षण गुनासो’ । विद्यालय परिसरमा यस्तो एउटा लेटर बक्सको व्यवस्था हुनुपर्छ जहाँ विद्यार्थीलाई आपूmलाई लागेको गुनासो लेखेर त्यसमा खसाल्न सकोस् । यस्तो गुनासो सङ्कलन गर्ने प्रक्रियामा सम्बन्धित विद्यार्थीले आप्mनो नाम लेख्नुपर्ने बाध्यता रहँदैन । विद्यालय परिसरका प्रत्येक गतिविधिबारे कुनै पनि विद्यार्थीको मनमा केही कुरा आयो भने उसले तत्काल लेखेर त्यो लेटर बक्समा खसाल्न सक्छ । त्यो लेटर बक्सको बन्दोबस्ती केही ओझेल ठाउँमा राख्नुपर्छ । यसले के हुन्छ भने आपूmलाई चिनाउन नचाहने तर गुनासो वा सुझाव दिन चाहने विद्यार्थीले त्यसलाई एउटा अवसरको रूपमा लिन्छ र यसरी दैनिक विद्यालयले गुनासो सङ्कलन गर्ने संयन्त्र निर्माण गर्न सक्छ । यस कारण आजको परिवेशमा गुनासो सङ्कलन संयन्त्र निर्माण गर्नु प्रत्येक विद्यालयको कार्यभार हो । विद्यार्थीप्रति उत्तरदायी कुनै पनि विद्यालयले गुनासो संयन्त्र निर्माण गर्न आप्mनो तरीकाले प्रयत्न गर्नैपर्छ । प्रतिदिन विद्यार्थीको तहबाट देखापर्ने गुनासाहरू हल गर्न सकियो, व्यवस्थापन गर्न सकियो भने कोही अभिभावक विद्यालय चहार्दै आउँदैन र भन्दैन–“सर १ मेरो पनि गुनासो छ ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here