प्रस, वीरगंज, ३ वैशाख/
वीरगंज महानगरपालिका–१३ शिवनगरस्थित घण्टाघर सबरेमिट प्रालिमा चोरी भएको छ ।

आइतवार साँझ ७ बजे सबरेमिटमा कार्यरत श्वेता आलेमगरका पति विनोद आलेमगरले चोरी गरेको अनुसन्धानबाट खुलेको छ ।

हिजो साँझ विनोद आलेमगर सबरेमिट कार्यालयमा पुगेर त्यही सँगै रहेको सुहानी मेडिकल हल सञ्चालकलाई सबरेमिट कार्यालयको साँचो हराएको र सोको ताला काट्नुपर्ने भनेर बताएका थिए । उनले दुईजना मिस्त्री लगेर ताला काटेका थिए ।

कार्यालयमा रहेको नगद दुई लाख २२ हजार चोरी भएको रेमिट सञ्चालक सत्येन्द्रकुमार गुप्ताले बताए । उनले कर्मचारी श्वेताका पति लागूऔषध प्रयोगकर्ता भएको र निजले पत्नीलाई कार्यालयमा पु-याउने, ल्याउने गर्दा आसपासका मानिसले चिनेकै कारण उनलाई ताला काट्न दिएको बताए ।

घटनाबारे वडा प्रहरी कार्यालय श्रीपुरमा लिखित उजूरी गरेको गुप्ताले बताएका छन् । विनोदले
भने आपूm भारत गइरहेको पत्नीलाई भनेका र त्यसपछि सम्पर्कविहीन भएका विनोदलाई प्रहरीले पक्राउ गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here