प्रस, वीरगंज, ३ वैशाख/
वीरगंज महानगर–२१ परवानीपुर वडा कार्यालय भवनको उद्घाटन भएको छ । सांसद प्रदीप यादवले सोमवार भवनको उद्घाटन गरेका हुन् । उनले वडा कार्यालयले आप्mनै नयाँ भवन बनाएपछि सेवाग्राहीहरूलाई सुविधा हुने बताए ।

पुरानो जीर्ण भवनबाट सेवाप्रवाहमा समस्या भइरहेको अवस्थामा अहिले नयाँ भवन निर्माण गरेर वडा कार्यालयले गतिलो काम गरेको सांसद यादवले बताए ।

वडाध्यक्ष राधाकृष्ण साह रौनियारले जीर्ण वडा कार्यालयको नयाँ भवन निर्माणमा एक करोड सात लाख रुपैयाँ खर्च भएको बताए । कार्यक्रममा एमाले महानगर अध्यक्ष राजेन्द्र यादव, जालन्धरराज कुर्मी, किशोरी ठाकुर, दिलीप उपाध्याय लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here