प्रस, वीरगंज, ४ चैत/
तेस्रो परवानीपुर गोल्डकप फूटबल प्रतियोगिता अन्तर्गत आइतवार सम्पन्न दोस्रो दिनको खेलमा हेटौंडा फूटबल एकेडेमी मकवानपुर विजयी भएको छ ।

शक्ति युवा क्लबको आयोजनामा जारी प्रतियोगितामा चिडिया दह स्टार क्लब रौतहटलाई टाइबे्रकरमा दुईका विरुद्ध चार गोलअन्तरले पराजित गर्दै हेटौंडा विजयी भएको हो ।

परवानीपुर खेलमैदानमा पहिलो हाफको १९औं मिनेटमा चिडियादहले पहिलो गोल गरेको थियो । त्यसको तीन मिनेटपछि हेटौंडाले गोल गरेर खेल बराबरी पारेको थियो । त्यसपछि हेटौंडा अर्काे गोल गरी अग्रता बनायो । चिडियादहले थप एक गोल गर्दै खेल बराबरी बनायो । निर्धारित समयमा बराबरीमा भएपछि खेलको निर्णय टाइबे्रकरबाट गरिएको थियो । आजको खेलको ‘म्यान अफ दी म्याच’ हेटौंडाका गोलकीपर अस्बिर गुम्बा घोषित भए ।

भोलि सोमवार वीरगंज युनाइटेड क्लब र नवजनजागृति क्लब सिमराबीच हुने प्रेस संयोजक तिवारी यादवले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here