३३ जना महिलासहित ३१३ जनाद्वारा रक्तदान
प्रस, वीरगंज, ३ चैत/ पर्साका तीन र बाराका दुई स्थान गरी शनिवार पाँच स्थानमा भएको रक्तदान कार्यक्रममा ३३ जना महिलासहित ३१३ जनाले रक्तदान गरेकोे रक्तसञ्चार केन्द्र वीरगंजका प्राविधिक प्रमुख सौरभराज पाण्डेयले बताए । राउन्ड टेबल नेपालको आयोजनामा आज वीरगंज महानगर–१८ सुखचैना र वडा नं ६ माईस्थानमा आयोजित रक्तदान कार्यक्रममा १३ जना महिलासहित १२८ जनाले रक्तदान […]
जसपा पर्साको विवाद अन्त्यको प्रयास
प्रस, वीरगंज, ३ चैत/ जनता समाजवादी पार्टीका अध्यक्ष एवं उपप्रधानमन्त्री उपेन्द्र यादवले पर्सा जिल्लाको विवाद सुल्झाउन अग्रसरता देखाएका छन् । हिजो आकस्मिकरूपमा वीरगंज आएका अध्यक्ष यादवले पूजन होटलमा अबेर रातिसम्म दुवै पक्षलाई राखेर सहमतिको प्रयास गरेका थिए । पर्सा जिल्लामा केही महीनादेखि जसपामा चरम विवाद हुँदै आएको थियो । दुई समानान्तर कमिटी पनि गठन भएको […]
भोजपुरिया उडानको होलीमिलन
प्रस, वीरगंज, ३ चैत/ भोजपुरिया उडान, वीरगंजको आयोजनामा वीरगंज महानगरपालिका–४ स्थित सुन्दरमल रामकुमार कन्या माध्यमिक विद्यालयमा शनिवार होलीमिलन समारोह सम्पन्न भएको छ । कार्यक्रमका अध्यक्ष आमोद गुप्ताले “समय के किमत बितल, उमिरिया के बाद आवता, बचपन के होली बहुत हमारा याद आवता” कविता वाचन गरेका थिए । त्यसैगरी, राकेश यादव मितवा र प्रअ विनोद मेहताले […]
एमाले पर्साको अधिवेशन तोकियो
प्रस, वीरगंज, ३ चैत/ नेकपा एमाले पर्साको अधिवेशन आगामी २०८१ वैशाख १७ र १८ गते गर्ने निर्णय भएको छ । एमाले पर्सा सचिवालयको शनिवार बसेको बैठकले सो निर्णय गरेको हो । जिल्ला अधिवेशनका लागि सचिवालय कमिटीले विभिन्न समिति र उपसमितिहरू गठन गरेको छ । जिल्ला संयोजक डा विश्वम्भर शर्माको संयोजकत्वमा मूल व्यवस्थापन समिति गठन भएको […]
कुर्मी सशक्तीकरण मञ्चको अध्यक्षमा दीपक पटेल
प्रस, वीरगंज, ३ चैत/ कुर्मी सशक्तीकरण मञ्च पर्साको जिल्ला अधिवेशन कुर्मी सेवा सदन वीरगंज–२४ रामगढवामा शनिवार सम्पन्न भएको छ । मञ्च पर्साका अध्यक्ष विशेश्वरप्रसाद कुर्मीको अध्यक्षतामा भएको भेलाले दीपक पटेलको नेतृत्वमा ३१ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको छ । सङ्घीय सांसद बिना जैसवालको प्रमुख आतिथ्यमा भएको भेलामा प्रदेश सांसद श्याम पटेल, नेपाली काङ्ग्रेस पर्साका उपसभापति […]
एपेक्स इन्टरनेशनल स्कूलको वार्षिकोत्सव
प्रस, वीरगंज, ३ चैत/ वीरगंज महानगरपालिका–१६ स्थित एपेक्स इन्टरनेशनल बोर्डिङ स्कूलको १२औं वार्षिकोत्सव शनिवार सम्पन्न भएको छ । स्कूलका निर्देशक निरञ्जन सिंहको अध्यक्षतामा भएको वार्षिकोत्सव समारोहको उद्घाटन वीरगंज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले गरेका थिए । सो अवसरमा उपप्रमुख आलमले निजी विद्यालयहरूको सङ्ख्यात्मक वृद्धिभन्दा पनि गुणस्तरीयतामा वृद्धि हुनुपर्ने बताए । कार्यक्रममा अध्यक्ष सिंहले विद्यालयले अभिभावकहरूसँग नियमित […]
प्रथम चैनपुर प्रिमियर लिग क्रिकेट प्रतियोगिता शुरू
दिनेशकुमार मिश्र, वीरगंज, ३ चैत/ चैनपुर परिवारको आयोजना र परवानीपुर गाउँपालिकाको सहयोगमा प्रथम चैनपुर प्रिमियर लिग क्रिकेट प्रतियोगिता–२०८० शनिवारदेखि शुरू भएको छ । प्रदीप महतोको अध्यक्षतामा भएको प्रतियोगिताको उद्घाटन गापाध्यक्ष रामक्षत्रीप्रसाद पटेलले गरेका थिए । गापाध्यक्ष पटेलले प्रतियोगितालाई आफ्नो कार्यकालमा निरन्तरता दिने घोषणा गरे । आगामी बजेटमा प्रतियोगिताका लागि आवश्यक बजेट विनियोजन गरिने उनले बताए […]
वडास्तरीय क्रिकेट प्रतियोगिताको उपाधि कोशी टीमलाई
प्रस, वीरगंज, ३ चैत/ वीरगंज महानगरपालिका–१० वडा कार्यालयको आयोजना र घडीअर्वा स्पोट्र्स क्लबको सहयोगमा जारी दोस्रो वडास्तरीय क्रिकेट प्रतियोगिताको उपाधि कोशी टीमले जितेको छ । शनिवार भएको फाइनल खेलमा बाग्मती टीमले निर्धारित २० ओभरको खेलमा सबै विकेट गुमाएर १४९ रन बनाएको थियो । यो लक्ष्यलाई कोशी टीमले एक विकेटको नोक्सानीमा पूरा गर्दै नौ विकेटअन्तरले जीत […]
परवानीपुर गोल्डकपः वीरगंज युथ विजयी
प्रस, वीरगंज, ३ चैत/ शक्ति युवा क्लबको आयोजनामा शनिवारदेखि तेस्रो परवानीपुर गोल्डकप फूटबल प्रतियोगिता शुरू भएको छ । प्रतियोगिताको उद्घाटन गापाध्यक्ष रामक्षत्रीप्रसाद कुर्मीले गरेका थिए । उद्घाटन समारोह प्रतियोगिताका संयोजक सुबोध श्रीवास्तवको अध्यक्षतामा भएको र एमालेका नेता रामपाल यादव, मोबिन आलम, सोचन यादव, राजेन्द्र यादव, नेपाली काङ्ग्रेसका नेता विजय गुप्ता, हबिब मियाँलगायतको सहभागिता थियो । […]
तीन दिने ब्याटमिन्टन प्रतियोगिता सम्पन्न
प्रस, वीरगंज, ३ चैत/ ग्लोबल इर्नजिङ लिडरले आयोजना गरेको तीन दिने ब्याटमिन्टन प्रतियोगिता शनिवार समापन भएको छ । जिल्ला खेलकूद विकास समिति पर्साको कबर्ड हलमा आयोजित प्रतियोगिताको फाइनलमा पुरुषतर्फ ग्लोबल बिजनेश क्लबका सत्यम मिश्र प्रथम र महिलातर्फ ठाकुर राम बहुमुखी क्याम्पसकी प्रीति साह प्रथम भएका थिए । यसैगरी, ठाराब क्याम्पसका धीरज गुप्ता र डिपिएसकी रिया […]