प्रस, वीरगंज, ३ चैत/
ग्लोबल इर्नजिङ लिडरले आयोजना गरेको तीन दिने ब्याटमिन्टन प्रतियोगिता शनिवार समापन भएको छ ।

जिल्ला खेलकूद विकास समिति पर्साको कबर्ड हलमा आयोजित प्रतियोगिताको फाइनलमा पुरुषतर्फ ग्लोबल बिजनेश क्लबका सत्यम मिश्र प्रथम र महिलातर्फ ठाकुर राम बहुमुखी क्याम्पसकी प्रीति साह प्रथम भएका थिए ।

यसैगरी, ठाराब क्याम्पसका धीरज गुप्ता र डिपिएसकी रिया झा पुरुष र महिलामा द्वितीय भए । राहुल पटेलको अध्यक्षतामा भएको समापन समारोहका प्रमुख अतिथि ट्राफिक प्रहरी निरीक्षक भाष्कर खतिवडाले विजयी र उपविजयी खेलाडीहरूलाई शिल्ड, मेडल, प्रमाणपत्र र नगद पुरस्कार वितरण गरेको एथलेटिक्सका प्रशिक्षक विश्वेश्वर पटेलले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here