प्रस, वीरगंज, ३ चैत/
नेकपा एमाले पर्साको अधिवेशन आगामी २०८१ वैशाख १७ र १८ गते गर्ने निर्णय भएको छ । एमाले पर्सा सचिवालयको शनिवार बसेको बैठकले सो निर्णय गरेको हो ।

जिल्ला अधिवेशनका लागि सचिवालय कमिटीले विभिन्न समिति र उपसमितिहरू गठन गरेको छ । जिल्ला संयोजक डा विश्वम्भर शर्माको संयोजकत्वमा मूल व्यवस्थापन समिति गठन भएको छ । यसैगरी, शर्माकै संयोजकत्वमा शिवजी गुप्ता सहसंयोजक रहेको प्रतिनिधि व्यवस्थापन समिति गठन गरिएको छ ।

मनोज गुप्ताको संयोजकत्वमा जनपरिचालन उपसमिति, मानदेव हजराको संयोजकत्वमा मञ्च व्यवस्थापन उपसमिति, विमल पौडेलको संयोजकत्वमा स्वयंसेवक परिचालन उपसमिति र पवन तिवारीको संयोजकत्वमा प्रचारप्रसार उपसमिति गठन भएको छ ।

यसैगरी, प्रतिनिधि छनोट तथा निर्वाचन समितिको संयोजक विनोद गिरी, खाद्यान्न उपसमितिको संयोजक ओमप्रकाश गुप्ता, स्वास्थ्य व्यवस्थापनको संयोजक हनिफ अन्सारी र सांस्कृतिक उपसमितिको संयोजक गीता भण्डारीलाई तोकिएको छ ।

एमाले पार्टी कार्यालय मनमोहननगर रामगढवामा सम्पन्न बैठकमा पोलिटब्युरो सदस्य तथा पर्सा इन्चार्ज अच्युत मैनालीले अधिवेशन प्रतिनिधि छनोटको क्रममा अपनाउनुपर्ने मापदण्ड र विधिबारे प्रकाश पारेका थिए । कार्यक्रममा सांसद प्रभु हजरा र निर्मला देवकोटाले समसामयिक विषयमा प्रकाश पारेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here