प्रस, वीरगंज, ३ चैत/
शक्ति युवा क्लबको आयोजनामा शनिवारदेखि तेस्रो परवानीपुर गोल्डकप फूटबल प्रतियोगिता शुरू भएको छ । प्रतियोगिताको उद्घाटन गापाध्यक्ष रामक्षत्रीप्रसाद कुर्मीले गरेका थिए । उद्घाटन समारोह प्रतियोगिताका संयोजक सुबोध श्रीवास्तवको अध्यक्षतामा भएको र एमालेका नेता रामपाल यादव, मोबिन आलम, सोचन यादव, राजेन्द्र यादव, नेपाली काङ्ग्रेसका नेता विजय गुप्ता, हबिब मियाँलगायतको सहभागिता थियो ।

उद्घाटन खेलमा वीरगंज युथ एकेडेमी विजयी भएको छ । आयोजक शक्ति युवा क्लबलाई टाइब्रेकरमा वीरगंज एकेडेमीले पराजित गरेको थियो । निर्धारित समयमा दुवै टीमले दुई/दुई गोलको बराबरी गरेपछि टाइब्रेकरबाट निर्णय गरिएको थियो ।

भोलिको खेल हेटौंडा फूटबल एकेडेमी मकवानपुर र चिडिया दह स्टार क्लब रौतहटबीच हुने प्रतियोगिताका प्रेस संयोजक तिवारी यादवले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here