प्रस, वीरगंज, २५ फागुन/
‘महिला हिंसामा शून्य सहनशीलता’ नाराका साथ समग्र उद्योग ट्रेड युनियन नेपाल, मधेस प्रदेश महिला कमिटीले सिमरामा महिला भेला सम्पन्न गरेको छ ।
जिफन्ट उपाध्यक्ष तथा मधेस प्रदेश लेखा समितिकी सभापति मञ्जुकुमारी थापामगरले श्रमिक महिलाका आन्दोलनको पृष्ठभूमि र चुनौतीका बारेमा जानकारी गराएकी थिइन् । समग्र उद्योग ट्रेड युनियन नेपालका अध्यक्ष आनन्द थामीले श्रम कानूनमा श्रमिक महिलाको हकहितका बारेमा बताएका थिए ।
गीता भण्डारीको अध्यक्षतामा भएको भेलामा समग्र उद्योग ट्रेड युनियन नेपालका मनोज चौधरी, सम्झना लामालगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा सरीता नेपालले स्वागत र सरस्वती उप्रेतीले सहजीकरण गरेका थिए ।