बोइलर कुखुराको मासु नष्ट

प्रस, वीरगंज, २५ फागुन/
सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट श्रीसियाले हिजो भारतबाट भित्रिएको सय किलो बोइलर कुखुराको मासु नष्ट गरेको छ । सशस्त्र प्रहरीले वीरगंज महानगरपालिका–१ मौजेपुलबाट भारतबाट भिœयाइएको सय किलो बोइलर कुखुराको मासु नियन्त्रणमा लिएर सरोकारवालाको रोहबरमा गाडेर नष्ट गरेको जनाएको छ ।

पर्सा जिल्लामा बोइलर कुखुराको मासु महँगो छ । छिमेकी भारतमा भने यहाँभन्दा निकै सस्तो भएकोले व्यापारीदेखि स्थानीयहरूले भारतबाट बोइलर कुखुरा र मासु ल्याउने गर्छन् । अहिले बिहेको मौसममा त झनै भारतीय बजारबाट बोइलर कुखुरा र मासु भित्रिंदैछन् ।

छिमेकी भारतीय बजारमा बोइलर कुखुरा प्रतिकिलो नेरु दुई सय तल छ । तर पर्सा जिल्लामा बोइलर कुखुराको मासु प्रतिकिलो साढे तीन सय रुपैयाँमा बिक्री भइरहेको छ । डेढ सय रुपैयाँको अन्तरले गर्दा ठूलो परिमाणमा बोइलर कुखुरा र मासु भारतबाट तस्करीको माध्यमले नेपाल भित्रिरहेको छ ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्