काठमाडौं, ३ फागुन/रासस
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीवार ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १४ दशमलव ४६ अङ्कले ओरालो लागेर दुई हजार ६२ दशमलव शून्य तीनमा सीमित भएको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव ७१ अङ्कले ओरालो लागेर ३६८ दशमलव ५६ मा सीमित भएको छ । कारोबार भएका कुल १३ उपसमूहमध्ये आज १२ उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ भने एक उपसमूहको शेयर मूल्य भने उकालो लागेको छ ।

कुल एक करोड १४ लाख सात हजार २६४ कित्ता शेयर रु तीन अर्ब ८६ करोड ९१ लाख १८ हजार ७४१ मूल्यमा खरीद–बिक्री भए । कारोबारका आधारमा हिमालयन रिइन्स्योरेन्स शीर्ष स्थानमा छ । सो कम्पनीको रु २२ करोड ८५ लाख ७६ हजार २६७ बराबरको शेयर कारोबार भयो ।

सगरमाथा जलविद्युत् कम्पनी रु ११ करोड ५९ लाख ६५ हजार ६२१, जोशी हाइड्रोपावर रु १० करोड ७५ लाख ५८ हजार २८३, एनआइसी एशिया बैंक रु आठ करोड ७० लाख २३ हजार १८० र हिमालयन ऊर्जा विकास कम्पनी रु आठ करोड ५७ लाख ५१ हजार ९४५ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार बोटलर्स नेपाल बालाजु र समाज लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । छ्याङ्दी हाइड्रोपावर आठ दशमलव शून्य एक, जोशी हाइड्रोपावर सात दशमलव ४७ र बलेफी हाइड्रोपावरका लगानीकर्ताले पाँच दशमलव ३४ प्रतिशतले कमाएका छन् ।

त्यस्तै, मैलुङ खोला जलविद्युत् कम्पनी पाँच दशमलव ७०, प्रोगेसिभ फाइनान्स पाँच दशमलव ५८, माहुली लघुवित्त पाँच दशमलव ४२, रिभर फल्स पावर पाँच दशमलव १५ र हिमालयन पावर पार्टनरका लगानीकर्ताले चार दशमलव ९३ प्रतिशतले गुमाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here