प्रस, वीरगंज, २१ माघ/
सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुण चौधरीलाई नेपाल प्रहरीका केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको घटनामा वीरगंज उद्योग वाणिज्य सङ्घले आइतवार विज्ञप्ति निकालेर रिहाइको माग गरेको छ ।

सङ्घका अध्यक्ष अनिल अग्रवालले विज्ञप्ति जारी गर्दै चौधरीको पक्राउप्रति सङ्घको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । उनले अनुसन्धानको नाममा व्यवसायी चौधरीलाई पक्राउ गरिनु उचित नभएको बताएका छन् । चौधरी पक्राउ परेपछि नेपालको निजी क्षेत्रमा निराशा छाएको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा गैरकानूनी विषयमा अध्ययन अनुसन्धान गरी कानूनी कारबाई गरिनु उचित भए पनि चौधरीको घटनामा यो काम नभएको भन्दै आपत्ति जनाएका छन् ।

उद्योगी व्यवसायीलाई अपराधीसरह गिरप्mतार गरिनु कुनै पनि दृष्टिकोणले न्यायोचित नभएको भन्दै विज्ञप्तिमार्पmत उनको अविलम्ब रिहाइको माग गरेका छन् । सिजी होल्डिङ्सका अध्यक्ष्F चौधरीलाई बाँसबारी जुत्ता उद्योग जग्गा प्रकरणमा केही दिन अगाडि पक्राउ गरिएपछि वीउवासङ्घले विज्ञप्तिमार्पmत घटनाको विरोध गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here