नवजान र खनाल स्मृति पुरस्कार प्रदान गर्ने निर्णय

प्रस, वीरगंज, १७ माघ/ बाराबाट प्रकाशित कृपा दैनिक पत्रिकाले स्थापना गरेको नवजान स्मृति पुरस्कार तथा चन्द्रप्रसाद खनाल स्मृति पत्रकारिता पुरस्कार रौतहटका पत्रकार फणी महत तथा सर्लाहीका पत्रकार ओमप्रकाश ठाकुरलाई प्रदान गर्ने निर्णय गरेको छ । रु ५० हजार राशिको यो पुरस्कार पत्रकार महत र ठाकुरलाई जनही रु २५ हजार प्रदान गरिने कृपा दैनिकका कार्यकारी सम्पादक […]

बजार व्यवस्थापनबारे व्यापारीहरूसँग अन्तरक्रिया

प्रस, सिम्रौनगढ, १७ माघ/ घरेलु तथा सना उद्योग कार्यालय, बाराको आयोजनामा बुधवार उद्योग वाणिज्य सङ्घ सिम्रौनगढ नगरपालिकाको सभाहलमा बजार विस्तारबारेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । उद्योग वाणिज्य सङ्घ सिम्रौनगढका अध्यक्ष लालबाबूप्रसाद कुशवाहाको अध्यक्षतामा भएको अन्तर्कियामा सहभागी स्थानीय व्यापारीहरूलाई बजार व्यवस्थापनमा नगरपालिकाको भूमिका, व्यापारी, उपभोक्ता अधिकार र कर्तव्य, विभिन्न प्रकारका कर एवं घरेलु उद्योगधन्धाका बारेमा […]

काफ्ला बाबाहरूको बिदाइ

नरेश यादव, पर्सागढी, १७ माघ/ बहुदरमाई नगरपालिका–६ गम्हरियामा माघी महाकुम्भ कवरथुवा काफ्ला विटोर महायज्ञ सम्पन्न भएको छ । वडाध्यक्ष प्रमोद साहले आयोजना गरेको मघानी विटोर महायज्ञमा भवानीपुर काफ्ला सङ्घ सहभागी थियो । हिजोदेखि शुरू महायज्ञमा करीब पाँच सय बाबा सहभागी थिए । उनीहरूका लागि हिजो रातभर भजनकीर्तनको आयोजना गरिएको थियो । वडाध्यक्ष साहले बुधवार बाबाहरूलाई […]

प्रशासकीय अधिकृतद्वारा विद्यालय अनुगमन

प्रस, वीरगंज, १७ माघ/ पकाहामैनपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयशङ्कर चौधरीले रामचरित्र भगत माविको अनुगमन गरेका छन् । अनुगमनको क्रममा उनले विद्यालयमा पठनपाठन, शिक्षकहरूको उपस्थिति, शैक्षिक सामग्रीको पर्याप्तता आदि विषयमा जानकारी लिएका थिए । प्रमुख प्रशासकीय अधिकृत चौधरीले पठनपाठनको क्रममा आउने समस्याहरू, शिक्षक दरबन्दीको विषय, शैक्षिक सामग्रीहरूको पर्याप्तताका विषयमा पालिकाले आवश्यक सहयोग पु-याउने बताए । […]

प्याब्सन जुनियर फूटबलको उपाधि साउथजोनले जित्यो

प्रस, वीरगंज, १७, माघ/ प्याब्सन अन्तरविद्यालय जुनियर फूटबल प्रतियोगिताको उपाधि साउथजोन माविले जितेको छ । प्याब्सन वीरगंज महानगरको आयोजनामा मधेस प्रदेश विपद् व्यवस्थापन गुल्मको खेलमैदानमा बुधवार सम्पन्न फाइनल खेलमा लिटिल फ्लावर माविलाई एकका विरुद्ध दुई गोलअन्तरले पराजित गर्दै साउथजोनले उपाधि जितेको हो । साउथजोनका कप्तान रितिक चौधरी र आयुष चौरसियाले एक/एक गोल गरेका थिए । […]

जङ्गली पशु यदि समस्या भएको हो भने…

• सञ्जय साह मित्र पोखराको एउटा वडा कार्यालयले बाँदर नियन्त्रण गर्न वरपरको रूख कटान गर्ने सूचना जारी गरेपछि एक किसिमको हल्लीखल्ली नै मच्चियो । महानगरपालिकाले सूचनामा रोक लगायो तर यसले एउटा बहसलाई भने बिराम दिन सकेन । बाँदरको आतङ्क जताततै भइरहेको खबर झन् आयो । रूख यदि काट्ने हो भने काठमाडौंको कुनै कुनामा बाँदर बिजुलीको […]

संयोग हो कि नियोजित

नेशनल मेडिकल कलेज शिक्षण अस्पताल वीरगंजमा अध्ययनरत विद्यार्थीहरू अहिले आन्दोलनमा छन् । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धनप्राप्त यो कलेजका विद्यार्थीहरूको माग त्रिविविको मापदण्ड अनुसार कलेज सञ्चालन होस् भन्ने छ । कलेजमा एमबिबिएस पाँच सेमेस्टर, पिजी र इन्टर्नशिपका गरी करीब साढे छ सय विद्यार्थीले विगत चार दिनदेखि आन्दोलन गर्दै आएका छन् । उनीहरूले कलेज त्रिविविको मापदण्ड बमोजिम सञ्चालन […]

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।