प्रस, वीरगंज, १७ माघ/
पकाहामैनपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयशङ्कर चौधरीले रामचरित्र भगत माविको अनुगमन गरेका छन् ।

अनुगमनको क्रममा उनले विद्यालयमा पठनपाठन, शिक्षकहरूको उपस्थिति, शैक्षिक सामग्रीको पर्याप्तता आदि विषयमा जानकारी लिएका थिए । प्रमुख प्रशासकीय अधिकृत चौधरीले पठनपाठनको क्रममा आउने समस्याहरू, शिक्षक दरबन्दीको विषय, शैक्षिक सामग्रीहरूको पर्याप्तताका विषयमा पालिकाले आवश्यक सहयोग पु-याउने बताए ।

उनले विद्यालयबाट एसइईमा ‘ए’ ग्रेडमा उत्तीर्ण हुने विद्यार्थीहरूलाई पालिकाले पुरस्कृत गर्ने घोषणा गरे । उनले एसइईका लागि आवश्यक तयारीका लागि कोचिङ र अभ्यास परीक्षा सञ्चालन गर्न निर्देशन दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here