• सञ्जय साह मित्र

पोखराको एउटा वडा कार्यालयले बाँदर नियन्त्रण गर्न वरपरको रूख कटान गर्ने सूचना जारी गरेपछि एक किसिमको हल्लीखल्ली नै मच्चियो । महानगरपालिकाले सूचनामा रोक लगायो तर यसले एउटा बहसलाई भने बिराम दिन सकेन । बाँदरको आतङ्क जताततै भइरहेको खबर झन् आयो । रूख यदि काट्ने हो भने काठमाडौंको कुनै कुनामा बाँदर बिजुलीको तारैतार हिंड्ने गरेको र घरको छतमा रजाइँ गर्दै गरेको कुरोसम्म आयो । केही समय पहिले त बाँदरको आतङ्कले किसानहरूले बाली लगाउन नै छाडेको पनि समाचार आएको थियो, कतैको । जङ्गल नभएको ठाउँमा पनि बाँदरको उपस्थिति बाक्लो भएका केही क्षेत्रहरू छन् । रौतहटको गरुडा नगरपालिकाको गरुडा गाउँकै छेउमा रहेको एउटा बगैंचाको आसपासमा तीन चार सय बाँदरको समूह छ । वर्षौंदेखि यस समूहले बालीनाली तथा फलपूmल उत्पादनमा निकै असर पारिरहेको छ । यसलाई नियन्त्रण गर्न विभिन्न मन्त्री तथा वन कार्यालय र नगरपालिकालाई औपचारिक अनौपचारिक आग्रह गरिसकेको तर कतैबाट नियन्त्रणको उपाय नगरिंदा किसानहरू निकै निराश छन् । बाँदरले नखाने बाली त लगाउँछन् तर फलफूलको आस भने किसानलाई हुँदैन । यसै कारण त्यसको आसपासका किसानले फलपूmल खेती गर्न चाहँदैनन् । अर्को महŒवपूर्ण कुरो बाँदरको आतङ्क बढी भएको क्षेत्रमा भने खेत वा जमीनको भाउ अन्यत्रको भन्दा कम छ । सितिमिति कसैले जमीन किन्ने आँट गर्दैन । जमीनमा बाली लगाउन पनि सकिंदैन र चाहेको बेला बिक्री पनि गर्न सकिंदैन भने त्यस्तो जमीन के कामको ? यसरी किसानहरूले निराशा व्यक्त गर्न थालेका छन् । वास्तवमा बाँदरको उपस्थिति बढी भएको ठाउँमा सर्वसाधारणले यस्तै भोगाइ बेहोर्नुपर्छ । उनीहरू आजित भइसकेको हुनुपर्छ ।

हात्तीले घर भत्काउने, बाघले बस्ती नजीक आएर मानिस तथा पशुपक्षीमाथि आक्रमण गर्ने, नीलगाई (घोडगदहा)ले बालीनालीमा क्षति पु-याउने, बँदेल (बनैया सुगर)ले खेतीपाती बर्बाद पार्नेजस्ता समाचारहरू निरन्तर आइरहन्छन् । अनि, मानिसले पशुपक्षीको क्षेत्रमा अतिक्रमण बढाएको, मानिसले पशुपक्षीको हिंड्ने बाटो, खाने खाना तथा जीवनशैलीमाथि हस्तक्षेप गरेकोले मानिसमाथि पनि जङ्गली पशुपक्षीहरू आक्रामक भएका हुन् भन्ने विश्लेषण हुने गरेका छन् । यस्ता विश्लेषणहरूले सबै दोष पशुकै छ भन्ने देखाउन खोजिएको हुन्छ । तर, पर्साको एउटा समाचारमा यो पनि जनाइएको थियो कि मानिसले जङ्गल क्षेत्रलाई हड्पेर आप्mनो क्षेत्र बनाएको र खेती गरेको पाइएको थियो । गत वर्ष रौतहटमा पनि यस प्रकारको एउटा ठूलो समाचार आएको थियो कि जङ्गल क्षेत्र हड्पेर ठूलो पोखरी बनाइएको थियो र जङ्गलको क्षेत्रलाई आप्mनो खेतमा मिसाएर धेरै वर्षदेखि भोगचलन गरिरहेको थियो । यसरी सम्भव भएसम्म मानिसले जङ्गलको क्षेत्रमा अतिक्रमण गरेर जङ्गलको जीमन आप्mनो बनाई खेती वा अन्य प्रयोजनमा प्रयोग गरिरहेका छन् । जब मानिसले यसरी गर्न थाल्छ, तब जङ्गलको वास्तविक क्षेत्र साँघुरिन्छ ।

जहाँ पशुहरू हिंडडुल गर्न अभ्यस्त छन्, त्यहाँ त यस प्रकारको हस्तक्षेपले साँच्चीकै तिनको जीवनमा पनि हस्तक्षेपको वातावरण बन्दछ । यसरी जङ्गली जनावर यदि वर्षको एक दुईपटक आउँछन् वा एक दुई वर्षमा आउँछन् भने तिनले देखेको आप्mनो क्षेत्र उजाड पाउँदा, आप्mनो ठाउँ पुग्दा अझ अगाडिको बस्तीमा सजिलै प्रवेश गर्दछन् । वा आप्mनो क्षेत्र खाली भएर नयाँ किसिमको बाली लगाएको देख्दा त्यसलाई आप्mनो परम्परागत खाद्यपदार्थ ठानी उपभोग गर्न खोज्दा हुन्, जसले गर्दा मानिसले आफ्नो बालीनाली जङ्गली जनावरले खाएको आरोप लगाउन सजिलो भएको हुनुपर्छ ।

अरू पनि किसिसमका समस्याहरू जङ्गली जनावरले गर्दा भइरहेको समाचारमा आइरहेका हुन्छन् । यसको विकल्पमा मानिसले रातभर जाग्राम बस्ने, बाजा बजाएर जनावर धपाउने, आगो बाल्ने आदि पनि गर्ने गरेका छन् । अझ, कतिपय ठाउँका मानिसले खेतीपाती नै छाड्ने, घर नै छाड्ने गरेको पनि सुनिएको छ । मानिस नै विस्थापित हुने अवस्था आउनु निकै दुःखपूर्ण अवस्था हो । यसै गरी जङ्गली जनावरले मानिसमाथि आक्रमण गर्नु, अङ्गभङ्ग गर्नु तथा क्षति पु¥याउनु पनि त्रासद नै हो । जङ्गली जनावरले मानिसलाई यदि सताएको हो भने अर्थात् जङ्गलको जमीनमा वा जङ्गली जनावरको जीवनमा मानिसले हस्तक्षेप नगरेको हो भने फरक किसिमले सोच्नुपर्ने भएको छ । जङ्गली जनावरविनाको जङ्गल त कल्पना पनि गर्न सकिंदैन र मानव बस्तीलाई पनि एकैचोटि कतै सारिहाल्न मिल्दैन । यस अवस्थामा जङ्गल र मानव बस्तीबीच एउटा दूरी कायम गर्नुपर्ने देखिन्छ । मानिसको बस्ती पनि जहाँको तहीं रहने तथा जङ्गल पनि जहाँको तहीं रहने अवस्थामा जङ्गल र मानव बस्तीबीच दूरी कायम गर्ने उपाय भनेको जङ्गल छेउमा पर्खाल लगाउने हो, तारबार लगाउने हो । तार र पर्खालमा जुन चाहिं सजिलो पर्छ वा जुन चाहिं अनुकूल पर्छ, त्यो गर्नुपर्छ ।

यसकारण गर्नुपर्छ कि मानिस जङ्गल प्रवेश नगरून् र जङ्गलको छेउमैं मानवको बस्ती रहे पनि सामान्यतया कुनै जनावरलाई तार वा पर्खाल पार गरेर जान सजिलो नहोस् । तार वा पर्खाल देखावटी वा औपचारिक हुनुभएन । वास्तवमा यो यस्तो होस् कि यसलाई भत्काउन वा हटाउन सजिलो नहोस् । अझ मानिस र जनावर दुवैलाई लागोस् कि यहाँबाट उता आप्mनो सिमाना छैन । अर्थात्, दुवैलाई एक किसिमको सीमामा बाँध्न सक्ने बलियो मानसिक पर्खाल पनि बनोस् ।

जङ्गली पशु मानिसको लागि वा बस्तीको लागि समस्या भएको हुन सक्छ वा जङ्गली जनावरको लागि मानिस वा मानिसको बस्ती पनि समस्या भएको हुन सक्छ । मानिसले जङ्गलमाथि अनावश्यक हस्तक्षेप गरिरहेको हुन सक्छ र जङ्गली जनावरबाट मानिस पनि प्रभावित भइरहेको हुन सक्छ । यदि बलियो गरी दोहोरोतेहोरो तार लगाउने वा दुईचार हात्तीले पनि भत्काउन नसक्ने र सयौं वर्ष टिक्ने किसिमको पर्खाल पनि बनाउन सकियो भने यस किसिमको हस्तक्षेपलाई सदाको लागि अन्त्य गर्न सकिन्छ । यति मात्र होइन, यसले त वन विनाशमाथि पनि विजय प्राप्त हुने देखिन्छ । यो प्रक्रिया केही झन्झटिलो र केही आलोचनात्मक पनि हुन सक्छ तर यसले वनलाई चारैतिरबाट भइरहने अतिक्रमण् रोक्न सक्छ । साथै जैविक विविधता संरक्षण, पर्यावरण संरक्षण र वातावरणमा यस कार्यले अत्यन्तै बहुमूल्य योगदान दिन सक्छ । यस किसिमको प्रयास नेपालमा हुँदै नभएको होइन ।

कतिपय ठाउँमा सामुदायिक वनले वनको सीमा घेराबेरा गरी छुट्याएर अलग्गै पारेको देखिएको छ । चारैतिरबाट जनावरको पनि प्रवेश रोकिएपछि यस किसिमले सुरक्षित र संरक्षित वनले साँच्चीकै अकल्पनीय वा अतुलनीय विकास पाएको पनि छ । त्यसपछि वनलाई हानि वा नोक्सानी नहुने गरी समूहले फाइदा लिन सक्छ, लिएको पाइएको पनि छ । वन संरक्षण गर्नेहरू पुरस्कृत तथा सम्मानित पनि भएका छन् । हाम्रो देशले वन संरक्षणबाट फाइदा पनि लिएको पाइएको छ ।

अब समय आइसकेको छ कि सबै किसिमका जङ्गली जनावरलाई जङ्गलमै रोकेर तिनको जीवनयापन सरल बनाउने र मानव बस्तीलाई जङ्गली जनावरको डरबाट मुक्त पारी दुवै पक्षलाई आप्mनो सीमामा बस्न अनुकूल वातावरण बनाउने । यदि यस प्रकारले काम गर्न सकियो भने यसलाई देशको लागि वरदान नै मान्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here