• श्रीमन्ननारायण
राजनीतिलाई व्यापार मान्ने प्रवृत्ति मौलाउँदै जाँदा देखापर्ने विकृतिको रूप हेर्न नेपाली जनता बाध्य भएको छ । व्यक्तिगत लाभहानिको सूक्ष्म विश्लेषण अनि त्यसैका आधारमा लगानीको निर्णय व्यवसायमा चल्छ । राजनीतिमा व्यापारिक हरहिसाबको रणनीति हावी हुनुहुन्न तर जहाँ सन्न्यासी बन्न कोही राजनीतिमा आएको हुँदैन भन्ने मनोवृत्तिले काम गरिरहेको हुन्छ, त्यहाँ त जनता र नेता अथवा शासकबीचको सम्बन्ध ग्राहक र साहु–महाजनको जस्तो हुनु स्वाभाविक हुन्छ । अहिले राजनीतिमार्पmत पैसा कमाएर व्यापारमा लगानी गर्ने र व्यापारीहरूले राजनीतिमा पैसा लगाएर सांसद एवं मन्त्री पद हात पार्ने अभियान चलेको छ । जब दुवै खाले राजनीतिकर्मीको अभीष्ट ग्राहकलाई ठगेर पैसा कमाउनु नै हुन जान्छ अनि त्यहाँ हरेक किसिमको विकृति जन्म लिनुको विकल्प रहँदैन । नेपालमा देखिएको गरीबी, बेरोजगारी महँगी एवं अस्तव्यस्त जनजीवनको प्रमुख कारण ग्राहक र व्यापारीरूपी मानसिकता नै हो । नेपालमा तीनचौथाई जनता जाति, पैसा र व्यक्तिगत लाभहानिको हिसाबकिताब गरेर मतदान गर्दछन् । यस्तोमा शासन व्यवस्था जे जस्तो रहे पनि जनताको जनजीवनमा परिवर्तन आउनै सक्दैन ।
अहिले नेपालको राजनीतिको सूक्ष्म विश्लेषण गर्ने हो भने हाम्रो समाजले हेर्न चाहेका नेताको छवि भनेको जनतालाई समयसमयमा पैसा बाँड्न सक्ने हैसियत भएको व्यक्ति चाहिन्छ । को व्यक्ति ठेकेदार, म्यानपावरका मालिक, लघुवित्त कारोबार खोलेर जनतालाई ठगेका, मानव तस्करीमा लागेका, भ्रष्टाचार गरी अर्बाैं कमाएका कर्मचारी, बिचौलिया, दलाल, डन र तस्करकै पृष्ठभूमिको किन नहोस् १ अधिकांश जनताको परिचय र पहिचान दैनिक ज्यालादारीमा काम गर्ने मजदूरजस्तो भएको छ । कुनै पनि राजनीतिक दलको सभा, गोष्ठी, कार्यक्रम, विरोध प्रदर्शनमा बहुमत अथवा जनमत देखाउन प्रत्येक व्यक्तिलाई दैनिक ज्याला, आउजाउ गर्ने भाडा अथवा साधन र खाजानाश्ताको व्यवस्थापन गर्नैपर्ने हुन्छ । शायद त्यही भएर अहिले अधिकांश राजनीतिक दलहरूको प्रारम्भिक समितिमा तिनका नातेदार र पारिवारिक सदस्यहरू रहन्छन् । त्योभन्दा बाहिरका ९० प्रतिशत विभिन्न दलहरूमा सदस्यता लिएका हुन्छन् ।
विकास निर्माणको बजेट ल्याउने व्यक्तिलाई नेता मान्ने परिपाटी अहिले चलेको छ । उपभोक्ता समितिका अध्यक्ष, कोषाध्यक्ष र सचिव कार्यकर्ताको परिभाषामा आएका छन् । आम जनताको राजनीतिमा चासो नहुनुको प्रमुख कारण राजनीतिबाट जनसेवा, समाजसेवा र राष्ट्रसेवाको भावना समाप्त हुनु हो । देशका राजनीतिक दलका नेताहरूले जतिसुकै धम्की दिए पनि आन्दोलन गर्ने क्षमता अहिले कुनै पनि दलमा रहेको छैन । नेपालको संविधान २०७२ को निर्माणका बखत मधेसकेन्द्रित राजनीतिक दलहरूले आन्दोलन गरेका थिए । तर त्यसपछि आन्दोलन भएकै छैन । विगत आठ वर्षमा डा गोविन्द केसीको आन्दोलन र गुठी विधेयकको विरोधमा काठमाडौंका स्थानीयवासी स्वस्पूmर्त सडकमा आएका थिए तर देशका कुनै राजनीतिक दलहरूले आन्दोलन गर्न सकेनन् ।
मधेसकेन्द्रित राजनीतिक दलहरूसित अब कुनै राजनीतिक एजेन्डा छैन । देशमा संविधानसभाको तीनचौथाई बहुमतबाट निर्मित नेपालको संविधान–२०७२ अहिले कार्यान्वयनमा छ । वैधानिकताको कसीमा यसमाथि प्रश्नचिह्न उठाउने साहस (नैतिक वा राजनीतिक) कसैको पनि हुन सक्दैन । देशमा सङ्घीयता, लोकतन्त्र र गणतन्त्र स्थापित भइसकेको छ । तसर्थ राजनीतिक मुद्दा पनि अब रहेन । मधेसी दलहरूले पनि देशका ठूला राजनीतिक दलहरूजस्तै नयाँनयाँ समीकरणको सरकारका लागि कसरत गर्नुबाहेक विकल्प छैन । आर्थिक र सामाजिक नीति पनि सबैको एक समान नै छ । नेपालको राजनीतिमा केही गर्छु भन्ने दाबीसहित राजनीतिमा आएका रवीन्द्र मिश्र राप्रपा जिन्दाबाद भन्दैछन्, रवि लामिछानेका एकपछि अर्काे घटनाहरू सार्वजनिक भइरहेका छन् । मधेसमा डा सीके राउतका परिवारबाट एकैचोटी तीनजना सदस्य राजनीतिक नियुक्ति अथवा राजनीतिक पदमा बहाल हुन पाए । केवल अराजकता मचाउनु र प्रतीकात्मक प्रचारात्मक र प्रतिक्रियात्मक क्रियाकलाप नै जनताको राजनीतिक अभीष्ट बन्न गएको छ । नेपालको राजनीतिमा केही नयाँ गर्छु भनेर आएका केवल ठूला दलका नेताहरूको चाकडी गर्नमा व्यस्त छन् । पद, कमिशन र सत्ताको लोभमा एक समान सबै गठित देखिन्छन् ।
राजनीति भनेको गणितीय दृष्टिकोणले व्यक्तिगत लाभ हुनेगरी प्रतिफलको अपेक्षा गर्ने साधन होइन । राजनीतिकले लगानी खोज्छ त्यो लगानी भनेको समय, श्रम, समर्पण, त्याग र बलिदान हो । आदर्श राजनीतिले समाजका लागि लाभको अपेक्षा गर्छ । व्यक्तिका लागि होइन । त्यसकारण राजनीति एक प्रकारले निष्काम कर्म गर्न सक्ने सच्चा महात्माका लागि मात्र उपयुक्त पेशा हो । तसर्थ राजनीति मुनाफा प्रेरित व्यवसाय हुन सक्दैन । नेपालमा कतिपय मधेसी दलका नेताहरू, महात्मा बन्न राजनीतिमा आएको होइन भन्थे अहिले पनि भनिरहेका छन् तर त्यस्ता नेताहरू आज जिउँदै मरेका छन्, अन्य भ्रष्टाचारी नेताहरू जस्तै । दक्षिणी छिमेकी भारतमा अहिले त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदी र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको सर्वाधिक चर्चा हुनुको कारण तिनको त्याग समर्पण र साधु मन नै हो । भ्रष्टाचार साबित भएकाहरू त अदालतको वरिपरि परिक्रमा गरिरहेका छन् ।
नेपाल आज राजनीतिक नाफामूलक व्यवसाय अवश्य पनि बनेको छ । यस्तो परिवेश र परिप्रेक्ष्यमा आदर्शका कुरा गर्नु शायद मूर्खता हुनेछ । यस्ता कुरा गर्नेलाई आध्यात्मिक पागल र अव्यावहारिक ठान्नेहरूको ठूलो जमात हाम्रै समाजमा पाउन सकिएला तर आज मुलुकमा व्याप्त अव्यवस्था र विकृतिको मूल कारण चाहिं राजनीतिको बदलिंदो परिभाषा नै हो । राजनीति गर्ने व्यक्तिले समाज हितका लागि निर्दिष्ट लक्ष्य हासिल गर्ने उद्देश्य राख्नुपर्नेमा आप्mनो वा परिवार अथवा सन्तानको हित गर्ने निश्चित उद्देश्य राख्ने र त्यस्तो उद्देश्य बोकेका व्यक्तिलाई समाजले पनि पछ्याउने र मान्यता दिने काम गरेपछि राष्ट्र अधोगतितर्पm नै लाग्ने हो । श्रीलङ्काली जनताले जबसम्म आप्mनो नेतालाई चिन्न सके तबसम्म धेरै ढिलो भइसकेको थियो र पैसा हुनेले पनि खाना पकाउने ग्याँस, बच्चाको दूध, औषधि र विद्यार्थीले जाँच दिने कागजसमेतको अभाव भएको थियो तसर्थ गलत व्यक्तिलाई खुलेर समर्थन गर्ने र मौन समर्थन गर्ने अथवा चुप लागेर बस्नेहरू पनि वर्तमान समस्याका लागि उत्तिकै जिम्मेवार छन् ।