इस्लामाबाद, १८ माघ/एएफपी
भ्रष्टाचारको आरोपमा बुधवार आप्mना पतिसँगै १४ वर्षको कारागार परेकी पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानकी पत्नी अधिकारीहरूले आप्mनो निवासलाई आधिकारिकरूपमा ‘उप–कारागार’ घोषणा गरेपछि घरमैं सजाय काटिरहेकी छन् ।
मुस्लिम आस्था चिकित्सक बुशरा बिबीले आप्mना पति प्रधानमन्त्री हुँदा प्राप्त विदेशी उपहारहरूको बिक्रीसँग सम्बन्धित मुद्दामा सजाय सुनाइएपछि तुरुन्तै बुधवार स्वयंलाई अधिकारीहरूसामु सुम्पिएकी थिइन् ।
मुलुकका गोपनीय कुराहरू चुहाएको दोषी पाइएको मुद्दामा मङ्गलवार १० वर्षको कारागार सजाय पाएका पूर्वप्रधानमन्त्री खान अहिले पनि मुद्दा चलाइएको रावलपिण्डीको अडियाला कारागारमा छन् । पूर्वअन्तर्राष्ट्रिय क्रिकेटर तथा उनको कानूनी टीमले सेनाको नेतृत्वमा स्थापित संस्थाले उनलाई आगामी साताको निर्वाचनमा सत्तामा फर्किनबाट रोक्नका लागि सजाय र असङ्ख्य अन्य आरोप लगाएको बताएका छन् ।
उनकी पत्नी बिबीलाई अडियाला कारागारबाट इस्लामाबादको बाहिरी क्षेत्रमा रहेको उनको घरमा स्थानान्तरण गरिएको बुधवार राति सरकारले बताएको छ । “मुख्य आयुक्त, इस्लामाबाद क्यापिटल टेरिटोरीकी दोषी बुशरा बिबीको निवासलाई सन् २०२४ जनवरी ३१ देखि अर्काे आदेश नभएसम्म उप–कारागारका रूपमा घोषणा गर्न पाउँदा खुशी हुनुहुन्छ”–अदालतको आदेशमा भनिएको छ ।
अग्लो कङ्क्रिटको पर्खालले घेरिएको ठूलो परिसरमा रहेको खानको घर राजधानीको आलिशान बानी गाला क्षेत्रमा छ ।
पहिले नै धाँधलीको आरोप लागिसकेको पाकिस्तानमा फेबु्रअरी ७ मा मतदान हुँदैछ । निर्वाचनमा खानलाई उम्मेदवारी दिन रोक लगाइएको छ र उनको पाकिस्तान तेहरिक–ए–इन्साफ (पिटिआई) माथि ठूलो कारबाई गरिएको छ ।
गत वर्ष खानको पहिलो गिरप्mतारीपछि दङ्गा भड्किंदा हजारौं समर्थकलाई हिरासतमा लिइएको थियो र तीमध्ये करीब एक सयजना गुप्त सैन्य अदालतमा मुद्दाको प्रतीक्षा गरिरहेका थिए ।
बिबीले खानसँग सन् २०१८ मा विवाह गरेकी हुन् । खान प्रधानमन्त्रीमा निर्वाचित हुनुभन्दा केही महीना पहिले सेनाले मुलुकलाई बदनाम र हैरान बनाएका थिए ।
अक्सफोर्डबाट शिक्षित खानले आप्mनो क्रिकेट खेल्ने दिनहरूमा प्लेब्वायका रूपमा ख्याति कमाएका थिए । प्रायः समाजका सुन्दरी र मोडेलहरूसँग उनको फोटो खिचिन्थ्यो । ब्रिटिश करोडपतिकी छोरी जेमिमा गोल्डस्मिथसँग उनको पहिलो विवाह सम्बन्धविच्छेद भएर टुङ्गिएको थियो ।
त्यसपछि उनले टेलिभिजन पत्रकार रेहम नैøयरसँग विवाह गरे । एक वर्षभित्र सम्बन्धविच्छेद भएपछि नैøयरले ‘किस–एन्ड–टेल’ संस्मरण प्रकाशित गरेकी थिइन् । तेस्री पत्नी बिबी सार्वजनिकरूपमा कमै देखिन्छिन् र बाहिर निस्कँदा अनुहार ढाक्ने हिजाब लगाउँछिन् । रासस