बिहारका मुख्यमन्त्री नितिश कुमारद्वारा पदबाट राजीनामा

0
45

पटना, १४ माघ/एएनआई
बिहारका मुख्यमन्त्री तथा जनता दल (युनाइटेड)का अध्यक्ष नितिश कुमारले आइतवार पटनास्थित राजभवन पुगेर राज्यपाल राजेन्द्र अर्लेकरलाई आफ्नो राजीनामा बुझाएका छन् ।

राजभवनमा राज्यपाललाई भेटेर नितिशले भने, “हामीले राज्यमा महागठबन्धनसँग सम्बन्ध तोड्ने निर्णय गरेका छौं । नितिशले भाजपा नेतृत्वको राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडिए) मा पुनः सामेल हुने र राज्यमा ‘महागठबन्धन’ शासनको अन्त्य गर्ने चर्चा चलिरहेकै बेला यो घटना भएको हो ।

पूर्वमुख्यमन्त्री तथा राष्ट्रिय जनता दल (आरजेडी) प्रमुख तथा पूर्वमुख्यमन्त्री लालु यादवकी छोरी रोहिणी आचार्यले सामाजिक सञ्जालमार्पmत जारी एक पोस्टमा उनले जेडियूमाथि कटाक्ष गर्दै भनिन्, “समाजवादी पार्टीले आफूलाई प्रगतिशील समूहको रूपमा प्रस्तुत गर्छ, तर यसको विचारधारा बदलिंदो वायुको ढाँचासँग परिवर्तन हुन्छ । नितिशको यो निर्णयले उहाँको सत्ता समीकरणका लागि चौथो अभ्यास (गठबन्धन) हुनेछ ।”

कुल २४३ सदस्यीय बिहार विधानसभामा आरजेडीसँग ७९ विधायक छन् भने भाजपासँग ७८ विधायक छन् ।

विधानसभामा जेडियू ४५, काङ्ग्रेस १९, भाकपा (एम–एल) १२, हिन्दुस्तानी अवाम मोर्चा (सेक्युलर)को चार र सिपिआई (एम) र भाकपाको एक/एक सदस्य छन् । एआइएमआइएम अन्य दुई सिट र एक स्वतन्त्र सदस्य रहेका छन् । आचार्यले एक नयाँ पोस्टमा साम्प्रदायिक शक्तिविरुद्ध आफ्नो सङ्घर्ष मृत्युपर्यन्त जारी रहने बताएकी छन् ।

“साम्प्रदायिक शक्तिविरुद्ध हाम्रो लडाइँ सास रहेसम्म जारी रहनेछ,” उनले ट्वीटरमा लेखेकी छन् । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here