जाडोको मौसममा थुप्रै प्रकारको रोग र सङ्क्रमण बढ्ने गर्छ । चीसो मौसममा एउटा रोगको नाम तपाईंले सुन्नु नै भएको छैन होला, त्यो हो– शीत असहिष्णुता । चिकित्सकका अनुसार यदि कुनै व्यक्तिलाई निकै चीसो लाग्छ र ऊ चीसोप्रति निकै संवेदनशील छ भने यस स्थितिलाई शीत असहिष्णुता भन्न सकिन्छ । जाडो मौसममा मात्र होइन, यस्ता व्यक्तिलाई जुनसुकै बेला फ्रिज, एयर कन्डिशनरको हावा नजीक बस्दा पनि चीसो लाग्छ र कहिलेकाहीं चीसो सहन सक्दैन र चीसोसम्बन्धी अनेक समस्या हुन थाल्छ ।
शीत असहिष्णुताको समस्या कुन बेला उत्पन्न हुन्छः विशेषज्ञका अनुसार हाम्रो शरीरको तापमान विभिन्न प्रणालीद्वारा नियन्त्रित हुन्छ । मस्तिष्कमा मौजूद हाइपोथेलेमसले शरीरको तापमान नियन्त्रित गर्नको लागि थर्माेस्टेटसरह काम गर्दछ । यसले मस्तिष्कलाई सन्देश पठाउँछ । जसको मदतबाट शरीरमा गर्मी वा चीसोको उत्पादनलाई नियन्त्रित गर्न मदत मिल्छ ।
कसरी जोगिनेः जो व्यक्तिलाई बढी चीसो लाग्छ उसले हरेक बेला न्यानो कपडा लगाइरहनुपर्छ । यसको अलावा भित्रबाट पूरै शरीरलाई तातो कपडाले ढाक्ने र त्यसमाथि नियमित लगाउने कपडा पहिरिने । यदि तपाईंको छाला निकै संवेदनशील छ भने कोमल ऊनको कपडा प्रयोग गर्नुपर्छ । यस्ता व्यक्ति चीसो सहन नसक्दा छालाभरि राता–राता डामहरू आउने गर्छ ।