• बैद्यनाथ ठाकुर
भोजपुरीमा एउटा उखान छ – “सियरा उहे ह, पोंछ रंगैले बा” । अर्थात् पुरानै रक्सी बोतल मात्र नयाँ भनेजस्तै आजसम्म नेपालमा परिवर्तनको नाममा जतिचोटी व्यवस्थाहरू फेरिए पनि ती सबै झूट साबित भए । निरङ्कुश राणा शासनदेखि सङ्घीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्दा अनेकौं शासन व्यवस्था फेरिएको घोषणा गर्दै यतिबेला एउटा सङ्घीय सरकार, सातवटा प्रदेश सरकार र ७५३ वटा स्थानीय सरकार गरी ७६१ वटा सरकारसहितको सङ्घीय लोकतान्त्रिक गणतन्त्र नामक व्यवस्थामा छौं, जहाँ राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र प्रदेशमा मुख्यमन्त्रीलगायत मन्त्रीहरू गरी सरकारमा ६८ जना मन्त्री छन् । सङ्घ र प्रदेशमा गरी ८८४ सांसद, स्थानीय तहमा ३,०६,६३९ जनप्रतिनिधि छन् ।
त्यसैगरी १५० हजार सरकारी कर्मचारी, १,०५,००० को हाराहारीमा नेपाली सेना, ४० हजार सशस्त्र प्रहरी, ७५ हजार जनपथ प्रहरी देश र जनताको सेवामा सक्रिय छन् । त्यति मात्र होइन, करीब १,५३,००० स्थायी शिक्षक र ४० हजार अस्थायी करारका शिक्षक पनि छन् । यसरी अहिले करीब ६ लाख कर्मचारी राज्य कोषबाट सेवासुविधा लिएर काम गरिरहेका छन् । देश र जनताको माया गर्ने कसम खाएर निर्वाचन आयोगमा दर्ता भएर गठन भएका विभिन्न राजनीतिक दल र तिनका कार्यकर्ता, भ्रातृ सङ्गठन र लाखौं शुभेच्छुकहरू पनि देश विकास र पुनर्निर्माणमा लागेका छन् । जनताको करबाट तलब–भत्ता खाने राष्ट्र प्रमुख, प्रधानमन्त्री, मन्त्री, सांसदबाहेक पनि ५० हजारको हाराहारीमा खुलेका सरकारी र गैरसरकारी सङ्घ–संस्थाहरू क्रियाशील छन् । सरकारलाई प्रत्यक्ष /अप्रत्यक्ष सहयोग गर्ने कैयौं राष्ट्रिय–अन्तर्राष्ट्रिय दातृ राष्ट्र र सङ्घ–संस्था पनि छन् । त्यति मात्र कहाँ हो र, हजारौंको सङ्ख्यामा रहेका स्थानीय क्लब, सङ्घ–संस्थादेखि टोल विकास समितिसम्म नेपालको उज्ज्वल भविष्यका लागि काम गरिरहेका तिनका घोषणापत्रहरूमा उल्लेख छ ।
देश र जनताको मुहार फेर्न लागिपरेका कैयौं नागरिक समाज, अभियन्ता, बुद्धिजीवी, सङ्गठित /असङ्गठित गैरआवासीय नेपाली, समाजसेवी, पेशाकर्मी, कलाकर्मीलगायत सबै देशको उत्थानका लागि समर्पित छन् । तर यति हुँदाहुँदै पनि देशभित्रका कलकारखाना बन्द भएको कारण बेरोजगारीले गर्दा झन्डै एक करोडको सङ्ख्यामा नेपालीहरू विदेशिन बाध्य छन्, किन ? दिन प्रतिदिन गरीबी बढिरहेको छ, किन ? अर्थात् जतिचोटी व्यवस्था फेरिए पनि नेपाली जनताको आर्थिक अवस्था किन फेरिएन ? यहाँ इमान मरेका नेताहरूको मात्र दिन दुई गुणा रात चौगुना आर्थिक वृद्धि हुनुको कारण के हो ?
हामी सबैलाई थाहा छ, नेपाली जनताको मुहारमा मुस्कान विपनामा त के कुरा, सपनामा पनि दुर्लभ हुन पुगेको छ । चिन्तैचिन्ताको खातभित्र नेपाली मन रुन विवश छ । देशको आर्थिक विकासले गति लिन सकेको छैन । ४० प्रतिशत नेपाली जनता गरीबीको रेखामुनि अझै बाFँचिरहनुपरेको छ । रोग, भोक, अभाव र शोकले कत्ति पनि छोडेको छैन । सामान्य स्वास्थ्य सुविधाबाट वञ्चित, आधारभूत आवाश्यकता पूर्तिबाट पछाडि, शिक्षाको कमी, रोजगारको कमी, आर्थिक उपार्जनका क्षेत्रको कमी नेपालीहरूले अझै कहिलेसम्म खप्नुपर्ने हो ? तर यी प्रश्नहरूको उत्तर संसद्वादी कुनै नेता वा सरकारमा पदासीन मन्त्रीहरू र कुनै अमुक पार्टीसँग छैन । उनीहरू भूmटको खेती गर्न मस्त छन् । प्रत्येक पार्टीले सरकारमा आए देश र जनताको कायापलट गर्ने चुनावी घोषणापत्र लेख्छन् तर सरकारमा गएपछि भ्रष्टाचारको संरक्षण र संवद्र्धनबाहेक केही गरेको देखिएको छैन । यस्तो पनि छैन कि नेपालीहरू कामचोर वा अल्छी छन्, विश्वकै बढी मेहनती र सक्रिय जनशक्तिको रूपमा नेपालीहरू संसारभरि चिनिन्छन् ।
प्राकृतिक सौन्दर्य र सम्पदाले भरिपूर्ण नेपाली समाजमा अन्तर्राष्ट्रिय सहयोग भारी मात्रामा भित्रिइरहे तापनि सधैं पछाडिको पछाडि पर्नुमा देशमा विद्यमान दलाल पूँजीवादी व्यवस्था नै मुख्य जिम्मेवार हो । हामीसँग उपलब्ध स्रोत र साधनको यथोचित उपयोग विवेकसम्मत ढङ्गले गर्न दलाल पूँजीवादी व्यवस्थाले सक्दैन । त्यसैले हामी सबैले अब यो बुझ्न जरूरी छ कि हाम्रो ठाउँको विकास हामी आफैले गर्नुपर्छ । संसदीय धारका कुनै पनि पार्टीमा विवेक, इमान र जिम्मेवारीबोध नभएको कुरा बुझ्न अब ढिलो गर्नुहुँदैन । तर, हामी काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर जस्तो गरेर बुझ पचाइरहेका छौं । हामी कहिलेसम्म आप्mनो व्यक्तिगत स्वार्थपूर्तितर्फ आकर्षित भइरहन्छौं ?
हाम्रा नेताहरूको स्वभाव र दिनचर्या आलोचनामा सीमित छ । नेताहरू स्वमूल्याङ्कन गर्न बिर्सिरहेका छन् । एउटा भनाइ छ नि १ एउटा औंला अरूतिर तेर्साउँदा अरू चारवटा औंला आपूmतिर तेर्सिन्छ । यो कुरा बुझेर पनि अबुझझै व्यवहार गर्छन् नेताहरू । एकातिर भ्रष्टाचार बढ्यो, देश सखाप हुने भो भन्छन्, अर्कोतिर सबै नेता पालैपालो सत्तासीन हुँदा जनताले सरकारी कार्यालयमा घूस न दिएसम्म कुनै काम हुन सक्दैन । जबसम्म हामी यो व्यवस्था भत्काएर वैज्ञानिक समाजवाद लागू गर्न लागिपर्दैनौं तबसम्म नेताको अवस्था फेरिने तर जनता समस्याको भुङ्ग्रोमा सल्किइरहने छ अवस्था हट्न सक्दैन । अब भ्रष्टाचारीलाई सामाजिक बहिष्कार गर्न तत्पर हुन जरूरी छ । त्यति मात्र होइन, उच्च ओहोदामा हुने हाकिम साबहरूले सानोतिनो काम गर्नुहुँदैन भन्ने सङ्गीर्ण मानसिकताबाट कहिले माथि उठ्ने ?
आजको सूचना र प्रविधिको युगमा सबैको हात र टेबलमा कम्प्युटर र मोबाइल, इन्टरनेट छ । तर, हामी सानोभन्दा सानो पत्र टाइप गर्न कम्प्युटर अपरेटरको मुख ताक्छौं । विभिन्न सङ्घ–संस्थामा कार्यरत हामी सकेसम्म आप्mनो भागको काम अरूलाई पन्छाउनतिर लागेका छौं । कसैबाट कामको सिलसिलामा गल्ती भयो भने गल्ति महसूस गरेर सुधार्ने भन्दा कसरी अरूको टाउकोमा गल्ती थुपारौं भन्ने ध्येय लिएर बसेका देखिन्छन् । त्यसैले हामीले माथिका सबै गलत परिपाटीको अन्त्य गर्दै एउटा कुशल र विकासप्रेमी सोचको मार्ग प्रशस्त गर्नलाई वैज्ञानिक समाजवादमा जानुबाहेक अर्को कुनै विकल्प छैन । हामीले आत्मनिर्भर बन्न आप्mनै उत्पादन, आआप्mनै बजार, आप्mनै वितरण तथा आप्mनै उपभोग गर्ने सामुदायिक नीति अवलम्बन नगरेसम्म व्यवस्था जति फेरेपनि अवस्था कहिले फेरिने छैन भन्ने कुरा सबैले आत्मसात् गर्न जरूरी छ ।