• अनन्तकुमार लाल दास
लोकको शक्तिलाई बलियो बनाउन, मुलुकको सार्वभौमिकता र स्वतन्त्रतालाई अक्षुण्ण राख्न, सामाजिक सद्भाव र मेलजोलको संस्कृतिलाई प्रोत्साहित गर्न र समृद्ध नेपालको परिकल्पना साकार पार्न आज असल शिक्षकको खाँचो छ । आज हामी शिक्षकहरूले शिक्षारूपी धर्म धारण त गरेका छौं तर यसको साथसाथै वर्तमान परिवेशमा अनेक कर्महरू पनि जोडेका छौं जसले गर्दा शिक्षाको दिनानुदिन दुर्गति हुन थालेको छ र हाम्रा सन्ततिहरूको भविष्य चौपट हुने अवस्थामा पुगेको छ । आजको सबैभन्दा ठूलो चुनौती भनेकै शिक्षकले आपूmलाई शिक्षकको रूपमा हेर्न नसक्नु हो । पछिल्लो लेखमा विद्यार्थी शिक्षाका साथै समुन्नत राष्ट्रको परिकल्पना साकार पार्न शिक्षकहरूले आआप्mनो भूमिका बुझ्नुपर्ने वर्तमानको आवश्यक रहेको कुरा औंल्याएको थिएँ । यिनै कुरालाई जोड्दै यो लेख असल शिक्षक बन्ने सूत्रहरूका साथ अघि बढेको छ ।
विश्व इतिहास हेर्दा वा कुनै राम्रो पुस्तक पढ्दा वा गुगलमा सर्च गर्दा के जानकारी प्राप्त हुन्छ भने सफल व्यक्तित्वको सफलताको एकमात्र कारण आआप्mनो भूमिकालाई राम्ररी प्रदर्शित गर्नु हो । सोचनीय कुरो के हो भने आजका शिक्षकहरूसँग विभिन्न विषयको ज्ञान त छ, तर पद अनुरूप जिम्मेवारी बोध छैन । यदि तपाईं पद अनुरूप भूमिका निर्वाह गर्न सक्षम हुनुहुन्न भने तपाईं कहिल्यै पनि असल शिक्षक बन्न सक्नुहुन्न । उदाहरणका लागि सुकरातलाई दिइएको जहर खाँदा छेउमैं उभिएका एकजनाले–“तपाईं मर्नुहुन्छ” भन्दा उनले भनेका थिए–“मेरो जीवन लामो छ । मेरो जीवन मैले गर्ने उपकार हो, मेरो सोच हो, मैले भनेको कुरो हो जो कहिल्यै मर्दैन ।” सुकरातले त्यसबेला भनेको कुरो आज पनि पढाइन्छ । आज सुकरातबेगर दर्शनशास्त्रको डिग्री हासिल गर्न सकिंदैन । यस कारण एउटा राम्रो शिक्षकले सधैं आप्mनो भूमिका इमानदारीसाथ निर्वाह गर्नुपर्छ ।
मैले धेरै शिक्षक र प्रअहरूसँग काम गर्ने मौका पाएको छु । कैयन विद्यालयमा गएर आज पनि एउटा सहयोगी शिक्षकको रूपमा पढाउने गर्छु । हाम्रो देशमा डिग्रीको कमी छैन । थुप्रै डिग्रीधारी शिक्षकहरू छन्, तर जब उनीहरूमा पढाउने सीपको खोजी गरिन्छ वा उनीहरू अप–टू–डेट छन् वा छैनन् भन्ने खोज गरिन्छ, निराशा हात लाग्छ । उनीहरू बी.एड गरेका छन्, स्नातकोत्तरको डिग्री पनि हासिल गरेका छन् तर पढाउने सही तरीकाको ज्ञान छैन किनभने उनीहरूमा अध्ययन गर्ने बानीको अभाव छ । कल्पना गर्नुहोस् तपाईं त्यस डुङ्गामा बस्नुहुन्छ जहाँ नाविकले तपाईंलाई भन्छ म नाविक त हुँ तर मलाई डुङ्गा कसरी चलाउने थाहा छैन ? तपाईं एउटा आलमारी बनाउन चाहनुहुन्छ तर बढईले भन्छ म बढई त हुँ तर मलाई आलमारी बनाउन आउँदैन । हाम्रो शिक्षकलाई के थाहा छैन भने विभिन्न समूहबाट आएका विद्यार्थीहरूलाई कसरी पढाउने, उनीहरूलाई कसरी प्रोत्साहित गर्ने, उनीहरूलाई आपूmले भन्न खोजेको कुरो कसरी पस्कने, पढाउँदा कस्तो बडी ल्याङ्ग्युज हुनुपर्ने, कस्तो पोशाक लगाउने, उनीहरूलाई कसरी व्यस्त राख्ने । यस्तोमा कसरी उनीहरूले विद्यार्थीहरूलाई उत्प्रेरित गर्न सक्छन् ? उनीहरूलाई कसरी सम्झाउने भन्ने कुरो थाहा छैन भने एउटा शिक्षकले घण्टौं कक्षामा भाषण दिंदा पनि त्यो विद्यार्थीहरूका लागि मिनेटको प्रमाणित हुन्छ । पढाउने सीपको ज्ञान नभएको शिक्षकको कक्षामा विद्यार्थीहरूले कानाखुसी गर्न थाल्छन्, निदाउन थाल्छन्, भौतिकरूपले कक्षामा उपस्थित भए तापनि ध्यान कतै अर्कै ठाउँमा हुन्छ । यस कारण राम्रो शिक्षकले पढाउनुबाहेक अन्य सीपमाथि पनि ध्यान पु-याउनुपर्छ ।
शिक्षण राष्ट्र निर्माण गर्ने एउटा औजार हो । त्यस औजारलाई राम्ररी प्रयोग गर्ने एउटा असल शिक्षक बन्नको लागि भिजन अर्थात् कल्पनाशक्ति, सपना वा समय सुहाउँदो नयाँ सोच हुनु अति आवश्यक हुन्छ । यहाँ ध्यान दिनुपर्ने कुरो के हो भने यदि शिक्षक दूरदर्शी छैन भने उसले दिएको ज्ञानबाट धेरैको जीवन बर्बाद हुन सक्छ । आज शिक्षकलाई आप्mनो परिश्रममाथि विश्वास छैन । उसलाई के अनुमान छैन भने उसको एउटा सानो गल्तीले केटाकेटीहरूको भविष्य चौपट हुन सक्छ । यस कारण आजको शिक्षकले विद्यार्थीलाई घोक्न लगाउँछ, पुस्तकमा चिनो लगाएर याद गर्न भन्छ, अर्थको लोभमा आपूmकहाँ ट्यूशन पढ्न आउने प्रेरणा दिन्छ, तर उसलाई कक्षामा, विद्यालय समयभित्र वा अलिकति बढी समय खर्चेर राम्ररी बुझाउने प्रयास गर्दैन । अर्थात् विषयभन्दा बाहिर गएर विद्यार्थीहरूलाई सम्झाउने कोशिश गर्दैन । न उसको आँखामा कुनै चमक हुन्छ, न उसले विद्यार्थीहरूको आँखा चम्किलो बनाउने प्रयास गर्छ । यस्ता शिक्षकसँग कुनै रङ्ग हँदैन । यस कारण उसले विद्यार्थीहरूलाई रङ्गीन बनाउने कल्पना नै गर्दैन । कक्षामा प्रवेश गर्नु, किताबमा लेखेको कुरा हुबहु पढिदिनु र समय सकिनासाथ घर फर्कने शिक्षक कहिल्यै पनि असल शिक्षक बन्न सक्दैन । एउटा असल शिक्षक सधैं आप्mनो विद्यार्थीलाई आकर्षित गर्ने प्रयास गर्छ, उसको कमी–कमजोरी हटाउने प्रयास गर्छ । आपूmमा भएको गुण वा सीप टीममा बाँड्ने कोशिश गर्छ, ऊ आपूm नै सबैथोक हुँ भन्ने नठानेर टीम भावनामा विश्वास गर्छ । आजका शिक्षकहरूले विद्यार्थीहरूलाई के पस्किरहेका छन् भन्ने कुरा सोचनीय छ । विद्यार्थीलाई हप्काउनु, डराउनु, बोल्ने मौका नदिनु, भयलाई अनुशासनको रूपमा प्रस्तुत गर्नु, अरूको कुरा नसुन्नु, ‘तिमी यो गर्न सक्छौ’ नभन्नु भनेको आप्mनो तनाव, आप्mनो कमीकमजोरी विद्यार्थीहरूमा बाँड्नु हो । आपूm दुःखित भएको कारण अरूलाई पनि दुःखित बनाउने स्वभाव हो । भन्न के खोजिएको हो भने आज राष्ट्रमा विद्यमान समस्याको मुहान नै विद्यालय शिक्षा हो । यसतर्पm सबैले बेलैमा ध्यान दिनुपर्ने खाँचो छ ।
मानौं तपाईंलाई एउटा केक चाहिएको छ । यसको लागि तपाईं कुनै बेकरीमा जानुहुन्छ । तपाईं केकको स्वाद पछि लिनुहुन्छ, तर त्यहाँ गएर कुन केक हेर्दा राम्रो छ त्यो हेर्नुहुन्छ । सबैभन्दा पहिले केकको बनोटले तपाईंको ध्यान आकर्षित गर्छ । अर्थात् सबभन्दा पहिले हाम्रो आँखाले त्यो केक राम्रो छ वा छैन भन्ने कुरा हेर्छ । हेर्दा राम्रो छ भने तपाईं त्यो केक अवश्य किन्नुहुन्छ । वर्तमानको बदलिंदो परिवेशमा बजारमा बेचिने सामानजस्तै आजका शिक्षकहरूको हुलिया, परिधान, हेयर–स्टाइल, व्यवहार, घडी, उठबस गर्ने तरीका, खाना खाने तरीका, बोल्ने तरीका, सोचविचार गर्ने तरीका हेर्दा आकर्षित गर्ने खालको देखिंदैन । यदि यी कुराहरूलाई शिक्षकले आप्mनो जीवनमा लागू गर्छन् भने उनीहरू विद्यार्थीसँगसँगै अरूका लागि पनि आकर्षणका केन्द्र हुन जान्छन् । विद्यार्थीसँगसँगै अरू पनि तपाईंसँग कुरा गर्न रुचाउँछन्, तपाईंको साथ बस्न खोज्छन्, तपाईंसँग समय व्यतीत गर्न खोज्छन् । आजको शिक्षकको विडम्बना के छ भने उसले लगाउने लुगाको रङ्ग एक अर्कासँग म्याच गरिरहेको हुँदैन । यदि कोही शिक्षक जस्तो देखिंदैन भने विद्यार्थीहरूले पनि उसमाथि कसरी विश्वास गर्ने ? विद्यार्थीहरूले शिक्षकले पढाउने विषयमा पछि ध्यान दिन्छन्, उसमा भएको आत्मविश्वासलाई पछि निर्णय गर्छन् तर सबैभन्दा पहिले शिक्षकलाई हेर्छन् । यी ससाना कुराहरूमा शिक्षक यदि निपुण छन् भने विद्यार्थीहरूले ध्यान दिएर उसको कुरा सुन्छन् । धेरै पछिसम्म त्यस्ता शिक्षकलाई विद्यार्थीहरूले स्मरण गरिरहन्छन् र जहाँ भेटे पनि सम्मान गर्छन् ।
अन्त्यमा एउटा राम्रो शिक्षकलाई कक्षाको पहिलो बेंचदेखि अन्तिम बेंचमा बस्ने विद्यार्थीहरूको नाउँ याद हुनुपर्छ । एउटा असल शिक्षकले किताबले होइन मनले विद्यार्थीहरूलाई पढाउने अभ्यास गर्नुपर्छ । कक्षाको कुनै कुनामा चुपचाप बस्ने विद्यार्थीसँग पनि जवाफ हासिल गर्नु एउटा असल शिक्षकको विशेषता हो । नबोल्ने विद्यार्थीलाई पनि स्टेजमा उभेर बोल्न लगाउनु एउटा असल शिक्षकको पहिचान हो । उदास अनुहार फेला पर्नासाथ उसको उदासीको कारण पत्ता लगाउनु र उसको अनुहार हँसिलो बनाउनु एउटा असल शिक्षकको अभिभावकीय कर्तव्य हो । गल्ती गरेपछि रातो गोलो घेरा नलगाएर त्यसलाई सच्याइदिने असल शिक्षकको सबैभन्दा ठूलो गुण हो । कहिलेकाहीं केटाकेटीहरूसँगै खेल्नु, उसको काँधमा हात राखेर कुरा गर्नु, खाजा खाँदा घरपरिवारको कुरा गर्नु, उसलाई सिर्जनात्मक क्रियाकलाप गर्न लगाउनु आदिले विद्यार्थीहरूलाई त्यस शिक्षकको नजीक ल्याउन सघाउ पु¥याउँछ । जब शिक्षक र विद्यार्थीबीच मैत्री सम्बन्ध स्थापित हुन्छ स्वाभाविकरूपमा यसको फाइदा ‘मूल’ भन्दा ‘ब्याज’ लाई नै बढी हुन्छ । पुस्तान्तर यस्तो उर्लंदो बाढी हो जसलाई दूरदर्शिताका साथ नियन्त्रण गरियो भने डुङ्गा किनार लाग्न सक्छ नभए शिक्षक र विद्यार्थीबीच बढ्दो दूरीको कारण सबै सखाप भएको उदाहरण खोज्न टाढा जानुपर्दैन । आँखा भए छरछिमेक वा आप्mनै विद्यालयभित्र पनि त्यो फेला पर्न सक्छ । यस कारण एउटा असल शिक्षकले ध्यानदिनुपर्ने कुरो के हो भने शिक्षा दिनुको अर्थ मात्र किताबी ज्ञान दिनु होइन, विद्यार्थीहरूमा मानवीय गुण पनि विकसित गर्नु हो । यदि यसो गर्न सकियो भने एक दशकमैं समृद्ध नेपालको परिकल्पना साकार हुनेछ ।